युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 11:29pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
बाढीपहिरो पीडित कुपोषणको शिकार
Tuesday, 08.29.2017, 11:44am (GMT+5.5)

हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।  
बाढीले घरमा रहेको अन्नपात बगाएको, तरकारी तथा फलफूल पानीमा डुबेर नष्ट भएको र घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा कमी गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ६१२ व्यक्ति गम्भीर कुपोषणको शिकार भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गरिएको सर्वेक्षणअनुसार सप्तरीका ५८ गाविसमा कुपोषण अत्यधिक देखिएको बताइएको छ ।  
प्राप्त सर्वेक्षणअनुसार दिघवा, लोनिया, तिलाठी, सकरपुरा, विषहरिया, डुमरी, मैनाकडेरी, देउरी भरुवा, हरिपुर, मुसहरनिया, फर्सेठ, कोइलाडी, बसाइन, बर्दाही, बनैनिया लगायतका बाढीपीडित ग्रामीण क्षेत्रमा कुपोषणका रोगी पाइएको छ । 
खासगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धामा स्वच्छ खानेपानी र पौष्टिक आहार र गुणस्तरीय खाद्यन्नबाट वञ्चित हँुदा सो रोगको समस्या देखिएको हो  ।  
बाढीपीडितका लागि सरकारी तथा गैरसरकारी तर्फबाट आउने राहतमा पौष्टिक तत्व नहुने र जीवन धान्ने खालको मात्र राहत आउने गरेको बताइएको छ । सप्तरीका बाढीपीडितको खाद्य सुरक्षासम्बन्धी जिल्ला कृषि विकास कार्यालयमा आयोजित खाद्य सुरक्षा कार्यदल बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारीले कुपोषणको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।  
बैठकमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले बाढीपहिरोले सप्तरी जिल्लामा करिब रु १८ करोड मूल्य बराबरको धानबाली, माछा र तरकारी नष्ट भएको जानकारी गराउनुभयो । उहाँका अनुसार सप्तरीको कुल खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टर जमिन क्षतिग्रस्त भएको, अधिकांश बालुवाले पुरिएको, खेत बगरमा परिणत भएको र नहरहरू क्षतिग्रस्त भएको बताइएको छ ।  
बैठकमा डब्लुएफपीका क्षेत्रीय संयोजक लक्ष्मीप्रसाद चौधरी, कृषि विभागका वरिष्ठ कृषि बजार विज्ञ कृष्णप्रसाद पौडेल, राससका सगरमाथा अञ्चल प्रमुख सुरेश झा, डब्लुएफपीका जिल्ला संयोजक उमेशप्रसाद उपाध्यायले सप्तरी जिल्लाको खाद्य सुरक्षा र समस्याबारे जानकारी लिनाका साथै विचार व्यक्त गर्नु भएको थियो ।  
यसैबीच, पूर्वाञ्चल क्षेत्रीय प्रशासक रवीन्द्रमान श्रेष्ठको नेतृत्वमा पूर्वाञ्चलका सुरक्षा निकायका प्रमुखले बाढीपीडितको अवस्थाबारे सरोकारवालासँग जानकारी लिनाका साथै स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।  
सो निरीक्षणका क्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले हालै आएको बाढीले सप्तरीमा पाँचजनाको मृत्यु, २० हजार घरपरिवार डुबानमा परेको र एक लाख मानिस प्रभावित भएको बताउँदै राहत र उद्धारको काम सरकारी तथा गैरसरकारी निकायका तर्फबाट भइरहेको जानकारी गराउनुभएको थियो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
भदौ ४ र ५ गते महासङ्घको महाधिवेशन (08.15.2017)
घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा (08.15.2017)
अनशन अन्त्य गर्न वार्ता समितिको अपिल (08.15.2017)
रेणुको विजय : नियोजित कि यथार्थ ? (08.08.2017)
सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने (08.08.2017)
चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान (08.08.2017)
‘काठमाडौँका सडक पासोमा परिणत भए’ (07.26.2017)
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)



 
::| Latest News

 
[Page Top]