युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 06:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन
Tuesday, 08.29.2017, 11:46am (GMT+5.5)

काठमाडौं । आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।
आयोगले तोकेको समयसीमा आइतबार साँझ ६ बजेसम्म ९५ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 
प्रवक्ता शर्माले आयोगमा दल दर्ताका लागि निवेदन दिएका दलले आयोगमा बुझाएका कागजातमाथि छानबिन गरी संविधान र कानूनअनुसार भएमा दल दर्ता गरिने जानकारी दिनुभयो । हरेक निर्वाचनमा भाग लिने राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सम्बन्धित कर्मचारीलाई भदौ २५ गतेभित्र दलको कागजात छानबिन पूरा गरी आयोगमा पेश गर्न निर्देशन दिनुभएको आयोगले जनाएको छ । दर्ता भएका ९५ राजनीतिक दलमध्ये पाँचवटा राजनीतिक दलले एकल निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ ।
संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा हाल १२२ दल दर्ता रहेका छन् । यसअघि स्थानीय तह निर्वाचनका लागि आयोगमा ८० राजनीतिक दलले दर्ता गराएकामा ६३ वटा दलले मात्र भाग लिएका थिए । निर्वाचन आयोगमा वार्षिक खर्चको हिसाब बुझाउने दलको सङ्ख्या भने १०२ रहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बाढीपहिरो पीडित कुपोषणको शिकार (08.29.2017)
घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा (08.15.2017)
भदौ ४ र ५ गते महासङ्घको महाधिवेशन (08.15.2017)
अनशन अन्त्य गर्न वार्ता समितिको अपिल (08.15.2017)
रेणुको विजय : नियोजित कि यथार्थ ? (08.08.2017)
सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने (08.08.2017)
चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान (08.08.2017)
‘काठमाडौँका सडक पासोमा परिणत भए’ (07.26.2017)
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)



 
::| Latest News

 
[Page Top]