युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:04pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान
Tuesday, 09.12.2017, 11:35am (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान मन्त्रिमण्डल इतिहासमै सबैभन्दा ठूलो बनेको छ । उहाँले आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का चारजनालाई मन्त्रिमण्डलमा सामेल गर्नुभएपछि मन्त्रिमण्डल ५४ सदस्यीय पुगेको छ । प्रधानमन्त्री देउवाले पाँचौंपटक मन्त्रीमण्डल विस्तार गरी राप्रपा (प्रजातान्त्रिक)बाट ३ मन्त्री र १ राज्यमन्त्री थप्नुभएको हो । उहाँहरुले सोमबार शपथ भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ । 
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालसंग पार्टी एकता भएको ८ महिनामै विभाजित भएर पशुपति शमशेर जबराको नेतृत्वमा गठन भएको राप्रजा (प्र)को व्यवस्थापिका–संसद्मा १८ सांसद रहेका छन् । सो पार्टीले दीपक बोहराको नेतृत्वमा सरकारमा गएको हो । पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको छ । सरकारमा अहिले प्रधानमन्त्री नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसहितका दलहरु सहभागी छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र (09.06.2017)
राप्रपाद्वारा रिट निवेदन दर्ता (08.29.2017)
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन (08.29.2017)
बाढीपहिरो पीडित कुपोषणको शिकार (08.29.2017)
घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा (08.15.2017)
भदौ ४ र ५ गते महासङ्घको महाधिवेशन (08.15.2017)
अनशन अन्त्य गर्न वार्ता समितिको अपिल (08.15.2017)
रेणुको विजय : नियोजित कि यथार्थ ? (08.08.2017)
सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने (08.08.2017)
चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान (08.08.2017)
‘काठमाडौँका सडक पासोमा परिणत भए’ (07.26.2017)
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)



 
::| Latest News

 
[Page Top]