युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन
Friday, 11.24.2017, 12:50pm (GMT+5.5)

मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको मुटुमा रहेको पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर  दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको  छ । काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिँडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ ।
खुलामञ्चको केही भागलाई टिनको वारलगाई अस्थायी वसपार्कका रुपमा सञ्चालन गरिएको थियो । स्थानान्तरणसंगै उपत्यका भित्र र वाहिर  समेत  आवतजावत गर्ने प्रमुखस्थलका रुपमा रहेको  सो स्थान अव्यवस्थित बन्न पुगेको थियो । 
विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्च पुरानो बसपार्क क्षेत्रबाट ढल फुटेर सडकमा बग्दा  महानगर लगायत सम्बद्ध कुनै  सरोकार निकायको चासो जान सकेको छैन ।
सडक र पैदलमार्ग माथिबाट ढलको कालो न कालो लेदो बग्दा सो माथि टेक्दै हिँड्नुपरेको  भक्तपुर सूर्यविनायककी राममाया कोजुले गुनासो गर्नुभयो । बसपार्कको खुलामञ्च, सैनिक मञ्चतिरको भागबाट ढल बगिरहेको देखिन्छ ।
त्यसैगरी वीर अस्पतालको आवासीय भवनअघिको पैदलमार्गमा पनि ढल फुटेर हिँडडुल गर्न नसकिने भएको उपचारका लागि मकवानपुरबाट आउनुभएका रञ्जित तामाङले बताउनुभयो ।
“मानिस बिरामी भएर उपचारका लागि अस्पताल आउँछन्, उपचार गर्ने अस्पतालको आँगनमा ढल फुट्दा किटाणुले बिरामीलाई थप संक्रमण गर्ने अवस्था छ, फुटेको ढल नबनाउँदा अस्पताल आएका बिरामीलाई बढी असर पर्ने देखिन्छ । ” उहाँले भन्नुभयो ।
महानगरपालिकाले चार दिनअघि नै फुटेको ढल पुनःनिर्माणका लागि लगत अनुमान गरे पनि काम शुरु नभएको  स्थानीयवासी बताउँछन् ।  महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ १० दिनभित्र ढल व्यवस्थित गरिने जानकारी दिनुभयो ।
“पाँच दिनअघि रत्नपार्क क्षेत्रलाई धुलो मुक्त गर्न के गर्नुपर्छ भनी स्थलगतरुपमा अध्ययन गर्न जाने क्रममा मैले बसपार्कअघि ढल बगेको देखेँ, भोलिपल्ट नै महानगर निर्माण विभागलाई लगत अनुमान तयार गरी ढल बन्द गर्न निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो ।
सो क्षेत्रमा ढल फुटेर आएको समस्याका बारेमा कुनै निकायबाट सूचना नआएको स्पष्ट पार्दै उपप्रमुख श्रेष्ठले ढलको समस्या छिटोभन्दा छिटो समाधान गरिने जानकारी दिनुभयो ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान (09.12.2017)
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र (09.06.2017)
राप्रपाद्वारा रिट निवेदन दर्ता (08.29.2017)
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन (08.29.2017)
बाढीपहिरो पीडित कुपोषणको शिकार (08.29.2017)
भदौ ४ र ५ गते महासङ्घको महाधिवेशन (08.15.2017)
घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा (08.15.2017)
अनशन अन्त्य गर्न वार्ता समितिको अपिल (08.15.2017)
रेणुको विजय : नियोजित कि यथार्थ ? (08.08.2017)
सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने (08.08.2017)
चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान (08.08.2017)
‘काठमाडौँका सडक पासोमा परिणत भए’ (07.26.2017)
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)



 
::| Latest News

 
[Page Top]