युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
गौचन हत्याका मुख्य योजनाकार पक्राउ
Tuesday, 12.05.2017, 03:44pm (GMT+5.5)

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिबार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो । 
ब्युरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या, दावा लामामाथिको गोली प्रहार र निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार बन्स्यातलाई पक्राउ गरको जानकारी दिएको हो । 
सम्मेलनमा ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ (घैँटे) र समिरमानसिंह दुवैको शेयर रहेको र घैँटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो । 
गौचनले घैँटेसँग दुई करोड ५० लाख रकम लिएको र उक्त रकममध्ये बस्न्यातले आफ्नो रु एक करोड भएको दाबी गरेका थिए । यस्तै वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन दुई प्रतिशत मागेकामा गौचनले बेवास्ता गरेपछि हत्या गरिएको अनुसन्धानबाट  खुलेको कार्कीले बताउनुभयो । 
तिवारीको हत्या २०७३ पुस ४ भएको थियो र लामालाई २०७३ चैत २९ गोली हानिएको थियो । गौचनको हत्या यही असोज २३ गते गरिएको थियो । 
गौचनको हत्या आरोपमा अहिलेसम्म प्रहरीले मुख्य योजनाकार बस्न्यातसहित वसन्त थेवे, राजिव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरिसकेको छ भने मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मुलुकभर ६५ प्रतिशत मतदान (11.28.2017)
प्रकाश दाहालको आकस्मिक मृत्यु (11.24.2017)
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन (11.24.2017)
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान (09.12.2017)
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र (09.06.2017)
राप्रपाद्वारा रिट निवेदन दर्ता (08.29.2017)
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन (08.29.2017)
बाढीपहिरो पीडित कुपोषणको शिकार (08.29.2017)
घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा (08.15.2017)
भदौ ४ र ५ गते महासङ्घको महाधिवेशन (08.15.2017)
अनशन अन्त्य गर्न वार्ता समितिको अपिल (08.15.2017)
रेणुको विजय : नियोजित कि यथार्थ ? (08.08.2017)
सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने (08.08.2017)
चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान (08.08.2017)
‘काठमाडौँका सडक पासोमा परिणत भए’ (07.26.2017)
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)



 
::| Latest News

 
[Page Top]