युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 03:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि
Tuesday, 12.12.2017, 02:45pm (GMT+5.5)

काठमाडौं । आमनिर्वाचन सम्पन्न भएको छ र मतगणना पनि अन्तिम चणमा छ । अब समानुपातिकको नतिजा आउन बाँकी छ । जनताले उत्साहपूर्ण मतदान गरे र उनीहरुको आशाा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मात्र देखिएको छ । मतदानमार्फत देश विकासको ढोका खोल्ने ढोका सबैको देखियो । त्यसैले उनीहरुउत्साहपूर्ण रुपमा सहभागी भए ।
कीर्तिपुर–९ का ८२ वर्षिया प्रेममाया महर्जन खुसी हुँदै मतदान केन्द्रबाट बाहिरिनुभयो । “पहिलेभन्दा सजिलो लाग्यो, आफँैले भोट हाले मैले त” उहाँले भन्नुभयो । 
स्थानीय तहको निर्वाचनमा नातीलाई मतदान गर्न लगाउनुभएको महर्जनले यसपटक आफैँ आफ्नो मत आफूलाई मन परेको उम्मेदवारलाई दिनुभयो । लाक्षीचोक मतदान केन्द्रमा मतदानपछि उहाँले भन्नुभयो “मेरो आर्शिवाद छ, मेरो भोट खेर नजाओस् ।” 
किन सजिलो भयो त यसपटक भन्ने जिज्ञासामा उहाँले भन्नुभयो “भोट दिने कागज सानो रहेछ, चिन्ह पनि सजिलो देखिने ।”
कीर्तिपुर मावि कीर्तिपुर मतदान केन्द्रमा मतदानपछि बाहिरिनुभएका मोहन श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता रहेको बताउनुहुन्छ । प्रतिनिधिसभा र प्रदेशसभामा कम चिह्न भएका कारण पनि सजिलो भएको उहाँको भनाइ छ । 
समानुपातिकतर्फको मतपत्रमा अशिक्षित मतदातालाई समस्या पर्न सक्ने देखिएपनि अरु मतपत्रमा भने कोही पनि नझुक्किएको उहाँ बताउनुहुन्छ । मतदान केन्द्रहरुमा मतदाताको उल्लेख्य सहभागिता छ । संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा लिइएको यसपटकको निर्वाचनमा धेरै मतदाताले चासोका साथ सहभागिता जनाएका छन् । 
एकै पटक प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन भएका कारण आफूले मत दिएका उम्मेदवारले जितुन् भन्ने चाहना मतदातामा देखिएको छ । “राजनीतिक स्थिरता हुन्छ, आर्थिक समृद्धि हुन्छ, नेपाली जनताले अब भने दुःखका दिन देख्नु र भोग्नु पर्दैन भन्ने थाहा पाएको छु हेरौ कस्तो हुन्छ,” कीर्तिपुर पाँगा दोबाटोमा रहेको विद्याश्रम मावि मतदान केन्द्रमा लाइनमा बस्नुभएका प्रेम कार्कीले भन्नुभयो, “उत्साहपूर्ण रुपले मतदान भइरहेको छ, देखिहाल्नुभयो, लाइन यति लामो छ ”
सोही मतदान केन्द्र बाहिर मतदातासँग भेटिनुभएका मजदुर किसान पार्टीका काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं १० का उम्मेदवार हरिकुमार महर्जन मतदातामा उल्लेख्य उत्साह आफूले पाएको बताउनुहुन्छ ।  
“नयाँ तवरको निर्वाचन भएकाले पनि होला मतदाता उल्लेख्य रुपमा सहभागी भएका छन्, राम्रा एजेण्डा बोकेका उम्ेमदवार विजयी हुन्छन् भन्ने मेरो विश्वास छ” उहाँले भन्नुभयो, “नेपालको संविधान कार्यान्वयन गर्न यो निर्वाचन महत्वपूर्ण छ ।”
वृद्धवृद्धादेखि अर्धवैशे उमेरका मतदातादेखि पहिलो पटक सहभागि मतदाता उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् । केही मतदाताले त राजनीतिक दलहरुबीच भएको गठबन्धनले समेत सहज बनाएको बताएका छन् । 
स्थानीय तहको निर्वाचनभन्दा मतदान गर्न सजिलो भएको कीर्तिपुर वैष्णवी मावि मतदान केन्द्रमा मत दिनुभएका प्रकाशसिंह महर्जनले बताउनुभयो । कीर्तिपुर नगरपालिका– ७ वडासदस्य उहाँले मतदाताको उत्साह देख्दा खुसी लागेको बताउनुभयो ।  
काठमाडौँ क्षेत्र नं– ९ कलंकीका सुन्दर शर्माले भन्नुभयो, “हामी मतदाताले आफ्नो दायित्व पूरा गरेका छौँ । अब राजनीतिक दलले हामीप्रतिको दायित्व पूरा गरे मुलुक आर्थिक समृद्धिको शिखरमा चढ्न सक्छ ।” 
कीर्तिपुरका अर्का मतदाता धर्मेन्द्र बस्नेत विगतका निर्वाचनमा भन्दा सहजरुपमा मतदाता उत्साहित भएर मतदानमा सहभागी भएको बताउनुहुन्छ । “स्थानीय तहको निर्वाचनमा मतपत्र पनि ठूलो थियो, धेरैले मत दिन पनि असजिलो भएको गुनासो गरेका थिए । यस पटक सहज देखिएको छ”–  उहाँले भन्नुभयो । 
ललितपुर जावलाखेल मतदान केन्द्रमा पहिलो पटक मतदान गर्न आउनुभएकी सीमा उपाध्याय आफ्नो अधिकार प्रयोग गर्न आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मलाई त असाध्यै खुसी लागेको छ । राजनीतिक स्थिरता होस् देशभित्रै रोजगारी पाइयोस् ।”
कीर्तिपुरमा भेटिनुभएका नेकपा (माओवादी केन्द्र) का तर्फबाट काठमाडौँ क्षेत्र नं १० प्रदेश ‘क’ का उम्मेदवार दिलीप मर्हजन उत्साहपूर्ण तवरले मतदानमा सहभागी भएको र वाम गठबन्धनका पक्षमा उत्साह देखिएको बताउनुुहुन्छ । यो राजनीतिक स्थायित्वतर्फको यात्रामा जनताको सक्रिय सहभागिता भएको उहाँको भनाइ छ ।  
निर्वाचन पर्यवेक्षणमा खटिनुभएका मानवअधिकारवादी नेता पद्यमरत्न तुलाधरले निर्वाचन शान्तिपूर्ण र मर्यादित भएकोमा खुसी व्यक्त गर्नुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “मतदाताको उल्लेख्य सहभागिता रहेको पाइएको छ । एकै वर्षमा तीन तीनवटा निर्वाचन भएपनि जनता सहजरुपमा सहभागी भएका छन् ।”
यस्तै निर्वाचन पर्यवेक्षणमा खटिनुभएका नागरिक समाजका अगुवा वीरेन्द्र मिश्रले मतदाताको उत्साह देख्दा आफूलाई असाध्यै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,  “मतदाता निर्भयताका साथ मतदानमा सहभागी भएका छन् ।” 
राजधानीका विभिन्न मतदान केन्द्रमा मतदानका लागि लाइनमा लामबद्ध मतदाताले आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिएको बताए । उनीहरुले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि मत दिएको समेत प्रतिक्रिया दिएका छन् ।  

सय वर्ष कटेकाबाट मतदान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उहाँले घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गर्नुभयो ।
उहाँका नाति जितबहादुर चौधरीले बोकेर उहाँलाई मतदान केन्द्रसम्म पु¥याई मतदान गराउनुभएको छ । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताउनुभयो । “देशमा शान्ति आउनुपर्छ गरिब जनतालाई हेर्ने उम्मेदवारलाई मतदान गरेको छु”, उहाँले भन्नुभयो, “कसैको दबाबमा नपरी मतदान गरेको छु ।” 
उहाँ जस्तै १०५ वर्षको उमेरमा मतदान गर्न मतदान केन्द्रमा आइपुग्नुभएका तुलसीदेवी ऐरले विकास गरी देशलाई समृद्धिमा पु¥याउने उम्मेदवारलाई मतदान गरेको बताउनुभयो । शुक्लाफाँटा नगरपालिका–११ को सरस्वती माविमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।
उहाँका नाति वीरेन्द्र ऐरले बज्यैले अन्तिम पटक मतदान गरी देशलाई गति दिने उम्मेदवारलाई मतदान गर्छु भन्ने हठ गरेपछि मतदान केन्द्रमा मोटरसाइकलमा बोकेर ल्याई मतदान गराएको बताउनुभयो । सोही मतदान केन्द्रमा ११० वर्षीया जसुदेवी ऐरले समेत मतदान गर्नुभएको छ ।
मतदान गर्न आइपुग्नुभएका वृद्ध ऐरले वृद्ध भत्ता दोब्बर बनाउने अश्वासन दिएका उम्मेदवारलाई मतदान गरेको बताउनुभयो । उहाँका बुहारी बिष्नादेवी ऐरले मतदान गर्न धेरै कर गरेपछि उहाँलाई मतदान गराउन ल्याइएको बताउनुभयो । नगरपालिकाकै वडा नं १० मा रहेको श्रीकृष्ण माविमा रहेको मतदान केन्द्रमा दृष्टीविहीन ७० वर्षीय फक्का डगौराले समेत मतदान गर्नुभएको छ । उहाँलगायत तीनजना दृष्टीविहीनले मतदान गरेको मतदान अधिकृत हिक्मतराज जोशीले बताउनुभयो । सोही केन्द्रमा क्रियापुत्री नेत्रराज जोशीले समेत मतदान गर्नुभएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
जसले आफूलाई नै मतदान गर्न पाएनन् (12.12.2017)
औसतमा ६८.६३ प्रतिशत मतदान (12.12.2017)
गौचन हत्याका मुख्य योजनाकार पक्राउ (12.05.2017)
मुलुकभर ६५ प्रतिशत मतदान (11.28.2017)
प्रकाश दाहालको आकस्मिक मृत्यु (11.24.2017)
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन (11.24.2017)
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान (09.12.2017)
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र (09.06.2017)
राप्रपाद्वारा रिट निवेदन दर्ता (08.29.2017)
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन (08.29.2017)
बाढीपहिरो पीडित कुपोषणको शिकार (08.29.2017)
भदौ ४ र ५ गते महासङ्घको महाधिवेशन (08.15.2017)
घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा (08.15.2017)
अनशन अन्त्य गर्न वार्ता समितिको अपिल (08.15.2017)
रेणुको विजय : नियोजित कि यथार्थ ? (08.08.2017)
सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने (08.08.2017)



 
::| Latest News

 
[Page Top]