युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 03:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति
Tuesday, 12.26.2017, 11:23am (GMT+5.5)

काठमाडौं । प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति पत्रकारितासंग सम्बन्धित संगठनले आपत्ति जनाएका छ् ।
नेपाल पत्रकार महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको जनाएको छ ।  
“यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ”– विज्ञप्तिमा भनिएको छ– “महासंघ यस किसिमका घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।”
यसै गरी प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ । 
प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताउनुभएको छ । 
“प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत हो”,विज्ञप्तिमा भनिएको छ, “प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानूनी व्यवस्थाको समेत धज्जी उडाएको छ ।”
चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैैधानिक व्यवस्था विरोधी यस्तो कदम तत्काल सच्चाउन आग्रह गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग गरेको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौँले रोशन खड्का (काठमाडौँपाटी डटकम), रवि धामी (मूलधारन्यूज डटकम) मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिक÷अपराध खबर डटकम) लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको बताइएको छ । 
काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुक र मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेलाई पाँचै पत्रकारको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन दिइएको थाहा भएको छ । 
त्यसै गरी प्रेस सेन्टर नेपालले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेससम्बन्धी मौलिक हक र प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रमाथि नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । 
प्रेस सेन्टर नेपालका महासचिव विष्णु सापकोटाले आइतबार विज्ञप्तिमार्फत प्रहरीले संविधानको मर्म र भावनाविपरीत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध पाँच सञ्चारमाध्यम र ती सञ्चारमाध्यमका सम्पादकलाई समाचारको स्रोत खोल्न काटेको पत्रप्रति आपत्ति जनाएको हो । 
पूर्वप्रहरी नायब महानिरीक्षक एवं नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई महानगरीय प्रहरी परिसर काठमाडौँले आदेशको शैलीमा काटेकोमा सेन्टरले आपत्ति जनाएको हो । 
सम्बन्धित समाचारको स्रोत माग्दै पत्रचार गर्नु निन्दनीय र खेदजनक भएको भन्दै महासचिव सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा प्रेस विरोधी गर्ने दोषीलाई छानविन गरी कारबाही गर्न माग गरेको छ । सेन्टरले स्वतन्त्र र भयरहित पत्रकारिता गर्नसक्ने वातावारण बनाउन सरकारलगायत सम्बन्धित सबैसँग माग गरेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर (12.19.2017)
जनताको मन जित्ने न मधेशी र न पहाडी (12.19.2017)
भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक (12.19.2017)
भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि (12.12.2017)
जसले आफूलाई नै मतदान गर्न पाएनन् (12.12.2017)
औसतमा ६८.६३ प्रतिशत मतदान (12.12.2017)
गौचन हत्याका मुख्य योजनाकार पक्राउ (12.05.2017)
मुलुकभर ६५ प्रतिशत मतदान (11.28.2017)
प्रकाश दाहालको आकस्मिक मृत्यु (11.24.2017)
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन (11.24.2017)
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान (09.12.2017)
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र (09.06.2017)
राप्रपाद्वारा रिट निवेदन दर्ता (08.29.2017)
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन (08.29.2017)
बाढीपहिरो पीडित कुपोषणको शिकार (08.29.2017)
घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा (08.15.2017)



 
::| Latest News

 
[Page Top]