युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण
Tuesday, 01.02.2018, 01:35pm (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण  रहेको बताउनुभएको छ । 
त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय रहेको छ ।”
मुलुकको कला, संस्कृति र परम्पराको संरक्षण गर्न तथा ज्ञान विज्ञान र प्रविधिका क्षेत्रमा समसामयिक अध्ययन अनुसन्धानमा त्रिविबाट निकै ठूलो काम भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकको राजनीति र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश राजनीतिक–सामाजिक एवं प्रशासनिक व्यक्तित्व यसै विश्वविद्यालयका उत्पादन हुन् ।”
प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा देखिएको असमानता हटाई समतामूलक र सबै वर्ग समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ बनाउन राज्यले पहल गरिरहेको बताउँदै उहाँले विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणीत गर्नेतर्फ आवश्यक ध्यान दिन निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउन विश्वबजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम को आवश्यकता भएकाले त्यसका लागि सामूहिक प्रयत्नको थालनी त्रिविबाटै होस् भन्नुभयो ।
विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री श्रेष्ठले विश्व विद्यालयको उन्नति, विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने सो अवसरमा प्रतिबद्धता जनाउनुभयो ।
भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति एवं समारोहका प्रमुख अतिथि जगदीश कुमारले हाम्रो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा  पनि प्रतिस्पर्धा गर्नसक्ने गरी पाठ्यक्रम तयार गर्नुपर्ने को आवश्यकता भएको बताउनुभयो ।
त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले मुलुकमा उच्च शिक्षाको ५८ वर्षको इतिहासमा अनेकौ चुनौतीको सामना गर्दै राष्ट्रको सर्वाङ्गीण विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले निकै ठूलो भूमिका निर्वाह गरेको छ भन्नुभयो  ।
त्रिचालीसौँ दीक्षान्त समारोहमा २०७३ असार ३ देखि २०७४ जेठ १७ सम्म उक्त विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र संकाय अन्तर्गतका ६० आङ्गिक र एक हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि  तह उतीर्ण   गरेकामध्ये आठ हजार २६७ जना सहभागी भएको  सो अवसरमा जानकारी दिइयो ।
त्यसमध्ये विभिन्न संकायबाट विद्यावारिधि उपाधि प्राप्त गर्ने ६२ जना तथा विश्व विद्यालयका विभिन्न संकायतर्फ एमफिल, स्नातकोत्तर र स्नातक तहमा उच्चतम अंक ल्याउने  ३१ जना छात्रछात्रालाई विभिन्न पदक तथा पुरस्कार प्रदान गरियो । मुलुकको उच्च शिक्षामा ८३ प्रतिशतभन्दा बढी योगदान त्रिविबाट हुँदै आएको र अहिले पनि जेहन्दार विद्यार्थीको रोजाइको आकर्षण पनि सोही विश्वविद्यालय नै रहेको दाबी गरिएको छ ।
नेपाल सरकारको प्रत्यक्ष लगानीमा दक्षिण एशियामा नै पहिलो र उपयोगी व्याचलर अफ माउन्टेनियरिङ स्टडिज (बिएमएस), विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत एमएस इन माउन्टेन स्टडिज्, वन विज्ञान अध्ययन संस्थानअन्तर्गत एमएस्सी वाइल्ड लाइफ एण्ड वायोडाइभर्सिटी कन्जर्भेशन, मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ मास्टर इन स्पोर्टस् साइन्स र योग विज्ञानमा एकबर्षे डिप्लोमा कार्यक्रम थालनी गरेका पनि सो अवसरमा जानकारी दिइयो । त्रिविमा हाल तीन लाख ५० हजार भन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत रहेको बताइएको छ ।
त्रिविले ४३ औँ दीक्षान्त समारोह सञ्चालन गरिरहँदा देशमा स्वरोजगारमूलक शिक्षा र दक्ष जनशक्तिको प्रश्न घनिभूत ढंगबाट उठिरहने गरेको छ । दीक्षान्त समारोहमा दुई हजार २००  विद्यार्थीका अभिभावक र एक हजार २०० भन्दा बढी त्रिवि कर्मचारीको सहभागिता थियो ।

एकै व्यक्तिले प्राप्त गरे तीन पदक
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन् । स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक प्राप्त गर्नुभएको हो । 
स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उहाँले उक्त तीन वटा पदक प्राप्त गर्नुभएको त्रिविको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताउनुभयो । 
उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–३ का तामाङले स्नातकोत्तर तहमा गणित विषयमा केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट उत्तीर्ण गर्नुभएको हो । उहाँले आफूले तीनबाट पदक पाएकामा खुशी व्यक्त गर्नुभयो । ‘‘मिहनेतको फल प्राप्त भएको अनुभव भएको छ”, उहाँले भन्नुभयो, ‘‘पदकले मलाई थप हौसला प्रदान गरेको छ ।”
तामाङले गणित विषयमा विद्यावारीधि गर्नका लागि अमेरिका जाने तयारीमा रहेको बताउँदै विद्यावारीधि गरेसकेपछि पुनः नेपालमा फर्की विश्वविद्यालयमा शिक्षण पेशा गर्ने धारणा व्यक्त गर्नुभयो । 
यसैगरी समारोहमा त्रिवि प्राध्यापक संघद्वारा स्थापित शहीद हरिराज अधिकारी स्वर्ण पदकबाट व्यवस्थापन संकायमा एमफिलतर्फ सर्वोकृष्ट अंक ल्याउने डम्बर सुवेदीलाई सम्मान गरिएको छ । उहाँ जनप्रशासन क्याम्पस बल्खुबाट एमफिल गर्नुभएको हो । 
त्यस्तै समारोहमा स्नातकोत्तरतर्फ २० र स्नातकतर्फ ११ जनालाई समेत विभिन्न पुरस्कार प्रदान गरिएको छ । सबैलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवा र भारतस्थित जवारलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राडा एम जगदीश कुमारले पुरस्कार तथा पदक प्रदान गर्नुभएको हो । 
समारोहमा विभिन्न संकायबाट ६२ जनालाई  विद्यावारीधि उपाधि प्रदान गरिएको छ । पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा भएको दीक्षान्त समारोहमा ६ हजार २६७ विद्यार्थी दीक्षित भएका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पार्टीभित्र अनुशासनसहितको मेलमिलाप आवश्यक (01.02.2018)
प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति (12.26.2017)
वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर (12.19.2017)
जनताको मन जित्ने न मधेशी र न पहाडी (12.19.2017)
भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक (12.19.2017)
भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि (12.12.2017)
जसले आफूलाई नै मतदान गर्न पाएनन् (12.12.2017)
औसतमा ६८.६३ प्रतिशत मतदान (12.12.2017)
गौचन हत्याका मुख्य योजनाकार पक्राउ (12.05.2017)
मुलुकभर ६५ प्रतिशत मतदान (11.28.2017)
प्रकाश दाहालको आकस्मिक मृत्यु (11.24.2017)
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन (11.24.2017)
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान (09.12.2017)
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र (09.06.2017)
राप्रपाद्वारा रिट निवेदन दर्ता (08.29.2017)
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन (08.29.2017)



 
::| Latest News

 
[Page Top]