युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:19am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
चिसो पीडितलाई तातो दिने कसले ?
Tuesday, 01.09.2018, 01:13pm (GMT+5.5)

केही दिनयता देशभरको मौसममा आएको परिवर्तनसंगै अत्यधिक चिसो बढेको छ । चिसोका कारण दर्जन बढीको ज्यान गैसके पनि उनीहरूलाई तातोको बन्दोबस्त गर्न सरकारले चासो देखाएको छैन । राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर र चिसोबाट प्रभावित सर्वसाधारणको मानव अधिकारको रक्षा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
मौसम परिवर्तनसँगै तराई मधेश, उच्च पहाडी तथा हिमाली भेगलगायत देशका विभिन्न भागमा केही दिनयता चिसो बढ्न गई सर्वसाधारणको मृत्युसमेत भएको तथा दैनिक जीवनमा हुन गएको कष्टकर अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
शीतलहर, हिमपात तथा चिसोका कारण हुम्ला, जाजरकोट, सप्तरी, सिराहा, रौतहट, कपिलवस्तु लगायतका जिल्लामा दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको आयोगको अनुगमनबाट पाइएको छ । 
लामो समयदेखि त्रिपालमा बस्दै आएका बाढीपीडित तथा भूकम्पपीडित, मुसहर बस्तीका बासिन्दा एवम् न्यून आयस्रोत भएका समुदायका बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी एवम् बिरामी व्यक्ति उच्च जोखिममा रहेको अनुगमनबाट बुझिएको आयोगले जनाएको छ । 
चिसो बढेसँगै रूघाखोकी, ज्वरो, निमोनिया, दम, कोल्ड डाइरियाजस्ता रोगको प्रकोप बढ्न गई जनजीवन कष्टकर बन्दै गएको, स्थानीय स्वास्थ्यचौकी तथा अस्पतालमा बिरामीको चाप बढिरहेको तर औषधि र स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचारबाट वञ्चित हुनु परेको, सिटामोललगायत सामान्य औषधिको अभावमा रूघाखोकी, ज्वरो र कोल्ड डाइरियाबाट व्यक्तिको ज्यानसमेत गएको अवस्था छ ।
चिसो बढेसंगै तराईका विभिन्न क्षेत्रमा नेपाली सेना तथाा सशस्त्र प्रहरीलेठाउँठाउँमा दाउरा बालेर र तातो चिया खुवाएर सहयोग गर्दैआएको छ ।
यसैबीच चिसोका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा शनिबारदेखि दाउरा वितरण गर्न शुरू गरेको छ । 
यस क्षेत्रमा लगातार एक सातायता बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्नेलगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेको छ । उपमहानगरपालिकाले बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै त्यसबाट प्रभावितलाई राहतस्वरूप बजारका चोकचोकमा दाउरा वितरण गरिएकोे जनाएको छ ।
नगर प्रमुख नृपबहादुर वडले शीतलहर सँगै चल्ने चिसो हावाका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि शनिबार बजारका मुख्य मुख्य चोकमा दाउरा वितरण गरिए पनि आइतबारदेखि भित्री बस्ती तथा चोकमा समेत दाउरा वितरण गरिने जानकारी दिनुभयो  ।
वितरणका लागि आवश्यक पर्ने दाउराको व्यवस्थाका लागि जिल्ला वन कार्यालयसँग कुराकानी भइसकेकाले नगरपालिकाको टिपरमार्फत दाउरा संकलन गरी वितरण गर्ने योजनामा रहेको नगर प्रमुख वडले बताउनुभयो । शीतलहरसँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नाम चलेका अस्पतालहरुबाट गैरकानूनीरूपमा सेवाशुल्क असुल (01.02.2018)
सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण (01.02.2018)
पार्टीभित्र अनुशासनसहितको मेलमिलाप आवश्यक (01.02.2018)
प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति (12.26.2017)
वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर (12.19.2017)
जनताको मन जित्ने न मधेशी र न पहाडी (12.19.2017)
भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक (12.19.2017)
भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि (12.12.2017)
जसले आफूलाई नै मतदान गर्न पाएनन् (12.12.2017)
औसतमा ६८.६३ प्रतिशत मतदान (12.12.2017)
गौचन हत्याका मुख्य योजनाकार पक्राउ (12.05.2017)
मुलुकभर ६५ प्रतिशत मतदान (11.28.2017)
प्रकाश दाहालको आकस्मिक मृत्यु (11.24.2017)
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन (11.24.2017)
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान (09.12.2017)
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र (09.06.2017)



 
::| Latest News

 
[Page Top]