युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 05:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने
Tuesday, 01.09.2018, 01:14pm (GMT+5.5)

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएको छ । 
लामो समयदेखि नेपाली भाषा, साहित्यको विकास र विस्तारमा काम गर्दै आएको प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन मूल समारोह समिति गठन गरेको जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि आफ्नो संयोजकत्वमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समितिलगायत सदस्य रहने गरी मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो । 
यस्तै नेपाल इतिहास संघ, गोरखा सेवा समाज, लायन्स क्लब अन्तर्राष्ट्रिय बहु जिल्ला ३२५ नेपाल, उज्यालो नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको उप्रेतीले बताउनुभयो । 
प्रतिष्ठानले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा राष्ट्रियतासम्बन्धी प्राज्ञिक बहससमेत गराउँदै राष्ट्रव्यापी रूपमा मनाउन व्यवस्था मिलाउन सरकारलाई अनुरोध गर्ने भएको छ । यसैगरी सोमबार अपराह्न १ बजे ‘आजको सन्दर्भ र पृथ्वीनारायण शाह’ विषयको विचार गोष्ठी आयोजना गर्ने, २५ र २६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट चित्रकला प्रदर्शन गरिने प्रतिष्ठानले जनाएको छ । 
पुुस २७ गते बिहान १० बजे प्रतिष्ठान परिसरबाट ब्याण्डबाजा र पञ्चेबाजासहित सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकसम्म प्रभातफेरिको कार्यक्रमको आयोजना गरिने र अपराह्न २ बजे विभिन्न राजनीतिक दलका नेता एवं बौद्धिक व्यक्तित्वको प्रवचन कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चिसो पीडितलाई तातो दिने कसले ? (01.09.2018)
नाम चलेका अस्पतालहरुबाट गैरकानूनीरूपमा सेवाशुल्क असुल (01.02.2018)
सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण (01.02.2018)
पार्टीभित्र अनुशासनसहितको मेलमिलाप आवश्यक (01.02.2018)
प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति (12.26.2017)
वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर (12.19.2017)
जनताको मन जित्ने न मधेशी र न पहाडी (12.19.2017)
भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक (12.19.2017)
भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि (12.12.2017)
जसले आफूलाई नै मतदान गर्न पाएनन् (12.12.2017)
औसतमा ६८.६३ प्रतिशत मतदान (12.12.2017)
गौचन हत्याका मुख्य योजनाकार पक्राउ (12.05.2017)
मुलुकभर ६५ प्रतिशत मतदान (11.28.2017)
प्रकाश दाहालको आकस्मिक मृत्यु (11.24.2017)
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन (11.24.2017)
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान (09.12.2017)



 
::| Latest News

 
[Page Top]