युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 01.16.2018, 03:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता
Tuesday, 01.09.2018, 01:16pm (GMT+5.5)

काठमाडौं । लामो समयको प्रतिक्षापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अध्यक्षबीच आइतबार साँझ भएको भेटवाताले पार्टी एकताका विषयमा उत्पन्न आशंका दूर गरेको छ । 
अध्यक्ष ओली र प्रचण्डबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पु¥याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ ।
अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पु¥याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनेबारे दुई अध्यक्षबीच सहमति भएको जानकारी दिनुभयो ।
अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । आज एकता संयोजन समितिको बैठक बस्दैछ ।
पार्टी एकता हुने निश्चित जस्तै भएको र एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ भन्नेमा स्पष्ट भइसकेका छैनन् । 
दुई पार्टीका अन्य नेताहरू एकता प्रक्रियामा सामेल भए पनि उहाँहरू यसको भित्री पक्षबारे प्रतिक्रिया दिन अग्रसर नदेखिनुले दुई अध्यक्षको वार्ता र सहमति नै निर्णायक हुने देखिन्छ । एमालेको यही पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार गठन र पार्टी एकतालाई तीव्रता दिने निर्णय गरेको थियो भने केन्द्रको यही पुस १८ गतेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको विषय जनअनुमोदित भइसकेकाले यसलाई द्रुत गतिमा अघि बढाउने निर्णय लिएको थियो । 
पार्टी एकता महाधिवेशनअघि एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष हुने वा दुवै अध्यक्षको संयुक्त नेतृत्वमा पार्टी सञ्चालन हुने भन्ने विषयमा ठोस निर्णयको नभएकाले अन्य प्रक्रिया अघि नबढेको नेताहरूले जनाएका छन् । राष्ट्रियसभाको निर्वाचनपछि मात्र नयाँ सरकार बन्ने भएकाले पनि पार्टी एकताका लागि नेतामा हतारो नदेखिएको देखिन्छ ।  
एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले दुई अध्यक्ष निरन्तर सम्पर्कमा रहनुभएको र प्रत्यक्ष वार्तापछि एकता संयोजन समितिको बैठकबाट एकता प्रक्रियाले गति लिने बताउनुभयो । कहिले हुन्छ त एकता भन्ने प्रश्नमा नेता नेम्वाङ भन्नुहुन्छ, “ढुक्क हुनुस् यसले चाँडै मूर्तरूप लिनेछ ।”
केन्द्रका नेता गिरिराजमणि पोखरेलले आफूहरूको एकतालाई जनताले अनुमोदन गरिसकेकाले कुनै नेताले एकता गर्दिनभन्दा पनि सुख नपाउने दाबी गर्नुभयो । उहाँले गठबन्धन टुट्ने कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभयो । 
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापा पनि दुई पार्टीबीच अनौपचारिकरूपमा छलफल जारी रहेको तर कसरी एकता प्रक्रिया अघि बढाउने भन्नेमा ठोस निष्कर्ष नआइसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाल क्रियाशील पार्टी एकता संयोजन समितिलाई नै निरन्तरता दिई त्यसलाई नै सबै विषय मिलाउन जिम्मा दिने कि भन्ने पनि विकल्प आएको छ ।”
थापाले बाहिर चर्चामा आएजस्तो आफूहरूबीच विवाद नरहेको र एकता नहुने हो कि भन्ने आशङ्का गर्नु नपर्ने दाबी गर्नुभयो । 
एमालेका सचिव पृथ्वीसुब्बा गुरूङले शीर्ष तहमा छलफल चलिरहे पनि सांगठनिक स्वरूप र खाकाबारे स्पष्ट भइनसकेको जानकारी दिनुभयो । 
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअघि पार्टी एकताको घोषणासहित गठबन्धनमा सामेल यी दुई दलले सरकार गठन र एकताको कार्यलाई सँगसँगै अघि बढाउने जनाउँदै आए पनि यसबीचमा भएको प्रगति बाहिर आएको छैन । दुवै दलका नेताले गठबन्धन नटुट्ने, पार्टी एकता चाँडै हुने र स्थिरता तथा समृद्धिको यात्रा भने नरोकिने अभिव्यक्ति पटक पटक दिँदै आएका छन् । 
सम्मानजनक र भावनात्मक पक्षलाई आत्मसात् गरी एकताको प्रक्रियामा जुटेका यी दलले एमालेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले आत्मसात् गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’को सैद्धान्तिक विचारबीचको मिलनमा पनि समस्या नभएको औँल्याउँदै आएका छन् । 
मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र आर्थिक समृद्धिको मार्गप्रशस्त गर्न एउटै कम्युनिष्ट पार्टी बनाउन अन्य साना वामपन्थी शक्तिलाई पनि समेट्न एमाले र केन्द्रले कसरत गरिरहेका छन् ।
राजनीतिक, सांगठनिक तथा तत्कालीन कार्ययोजना बनाएर एकता महाधिवेशनमार्फत हाल बाँकी रहेका विषय हल गर्ने तयारी दुवै पार्टीले गरे पनि दुई अध्यक्षसँगको वार्तापछि मात्रै यी विषयले मूर्तरूप लिनेछन् ।
निर्वाचनपूर्व गत असोज १७ मा दुई पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको घोषणादेखि नै एकता प्रक्रिया शुरू भएको नेताहरूले जनाउँदै आएका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने (01.09.2018)
चिसो पीडितलाई तातो दिने कसले ? (01.09.2018)
नाम चलेका अस्पतालहरुबाट गैरकानूनीरूपमा सेवाशुल्क असुल (01.02.2018)
सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण (01.02.2018)
पार्टीभित्र अनुशासनसहितको मेलमिलाप आवश्यक (01.02.2018)
प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति (12.26.2017)
वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर (12.19.2017)
जनताको मन जित्ने न मधेशी र न पहाडी (12.19.2017)
भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक (12.19.2017)
भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि (12.12.2017)
जसले आफूलाई नै मतदान गर्न पाएनन् (12.12.2017)
औसतमा ६८.६३ प्रतिशत मतदान (12.12.2017)
गौचन हत्याका मुख्य योजनाकार पक्राउ (12.05.2017)
मुलुकभर ६५ प्रतिशत मतदान (11.28.2017)
प्रकाश दाहालको आकस्मिक मृत्यु (11.24.2017)
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन (11.24.2017)
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)



 
::| Latest News

 
[Page Top]