युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 04:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
देउवामाथि खनिए कांग्रेस नेता
Tuesday, 03.27.2018, 12:13pm (GMT+5.5)

काठमाडौं । गत शुक्रबारदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई पार्टीका नेताहरूले गम्भीर आरोप लगाउँदै उहाँकै कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेका छन् ।
बैठकमा सभापति देउवा पक्षधर नेताहरूले पार्टीभित्रका गुटउपगुट, असहयोगको प्रभाव र वाम गठबन्धनको असरले पार्टीलाई निर्वाचनको गणितीय परिणाममा धक्का लागे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समानुपातिक निर्वाचनको परिणामलाई विश्लेषण गर्दा अहिले नै आत्तिइहाल्नुपर्ने र नेतृत्वबारे नकारात्मक टिप्पणी गर्नुपर्ने स्थिति नरहेको धारणा व्यक्त गर्नुभएको थियो ।  
बैठक जारी रहेका कारण बैठकको अन्तिम निष्कर्ष के हुन्छ भन्ने यक्किन नभए पनि सभापति देउवामाथि अधिकांश नेताले नाकाबन्दीमा नबोलेको, ओली सरकार ढालेको, ६४ जनाको मन्त्रिमण्डल बनाएर इतिहासमै जग हँसाउने प्रधानमन्त्री बनेको भन्दै व्यंग्य समेत गर्नुभयो ।
स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयकाा समीक्षा गर्न आयोजित बैठकमा नेता सिंहले नौपृष्ठको प्रतिवेदन पेश गर्दै ‘नेपालको इतिहासमा नै लोक हसाँउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमानी कायम गरेर इतिहासमा नाम लेख्नु भएको छ । सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नु भयो तर यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नु प¥यो ? यस विषयमा गंभीर भएर कहिल्यै सोच्नु भएको छ ?’ भनेर प्रश्न समेत गर्नुभयो ।
नेता सिंहको प्रतिवेदनमा सभापतिका रूपमा देउवामा राजनीतिक सुझबुझ नहुँदा बाम गठबन्धनले निर्वाचन जितेको भन्दै भन्नुभएको छ, ‘हाम्रो सभापतिजीले राजनीतिक धैर्यता सुझबुझ नदेखाएकोले त्यही पृष्ठभूमीमा टेकेर कथित वाम गठबन्धनले निर्वाचनमा सफलता प्राप्त गरिहँदा हामीले दुःखद पराजय भोग्नुपरेको यथार्थलाई भुल्नु हुँदैन’।
त्यस्तै देउवा नेतृत्व सरकारको आलोचना गर्दै प्रजातन्त्र र स्वतन्त्र न्यायविरूद्ध हुने गरी प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको आरोप लगाउँदै पार्टीको आदर्श र सिद्धान्त विपरीत काम गर्दा पार्टीको लोकप्रियतामा धक्का लागेको विश्लेषण गर्नुभएको छ ।
सिंहले साझा सवाललाई प्रधानमन्त्रीका रूपमा देउवाले दिएको अन्तरवार्ता, सप्तरिका बाढीपिडितलाई सम्बोधन गर्दाको त्रुटि र प्रहरी महानिरीक्षक प्रकरण लगायतको स्मरण गर्दै आलोचना गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाका हुस्सुपन एकपटक हैन पटकपटक देखिएको उल्लेख गर्दै सिंहको प्रतिवेदनमा लेखिएको छ, ‘अत्यन्त फितलो प्रस्तुति आदिले सामाजिक सञ्जालहरूमा व्यापक रूपमा भाइरल भएको र आममिडियामा पारेको नकारात्मक प्रभाव, लगायतका कार्यबाट प्रधानमन्त्रीको मात्र नभएर प्रधानमन्त्रीका रूपमा नेपाली काँग्रेसका नेताको कार्य कौशलता र क्षमतामाथि आम जनतामा प्रश्न उठ्यो, पराजयको कारण यही हो ।’
त्यस्तै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनको माग गर्दै त्यसो नगर्ने हो भने उहाँले पार्टी त कब्जा गर्नुहोला, तर देश अर्कैले कब्जा गर्छ भन्दै सभापति देउवासंगै वष्ठि नेता रामचन्द्र पौडेल लगायतका नेताहरूको चर्को आलोचना गर्नुभयो ।
निर्वाचन सम्पन्न भएदेखि नै पार्टी नेतृत्व फेरिनुपर्ने आवाज उठिरहे पनि देउवाको बहुमतले त्यस्तो सम्भावना देखिएको छैन । कांग्रेस महामन्त्री तथा वीपी पुत्र सशांक कोइरालाले नयाँ नेतृत्वका लागि तयार भएको संकेत दिए पनि उहाँलाई साथ दिने कोही देखिएका छैनन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)
यो समाचार सत्य सावित भए ! (03.06.2018)
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण (03.06.2018)
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर (02.20.2018)
२१ गते संसद्को प्रथम अधिवेशन आह्वान (02.20.2018)
भोटेकोशी र खिम्तीको बाटोमा माथिल्लो त्रिशूली १ (01.30.2018)
रानीपोखरी मल्लकालीन शैलीमै बन्नुपर्ने (01.25.2018)
वर्षेनी सात हजारको मृत्यु, एकदिनमा एक सय २० नयाँ क्षयरोगी (01.25.2018)
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता (01.09.2018)
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने (01.09.2018)
चिसो पीडितलाई तातो दिने कसले ? (01.09.2018)
नाम चलेका अस्पतालहरुबाट गैरकानूनीरूपमा सेवाशुल्क असुल (01.02.2018)
सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण (01.02.2018)
पार्टीभित्र अनुशासनसहितको मेलमिलाप आवश्यक (01.02.2018)
प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति (12.26.2017)
वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर (12.19.2017)
जनताको मन जित्ने न मधेशी र न पहाडी (12.19.2017)
भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक (12.19.2017)
भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि (12.12.2017)



 
::| Latest News

 
[Page Top]