युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 05.27.2018, 01:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
कांग्रेस नेता खड्काको निधन
Tuesday, 04.03.2018, 01:34pm (GMT+5.5)

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित हुनुहुन्थ्यो । नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार राति काठमाडौँ ल्याइएको थियो । 
सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको भयो  श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उहाँले केही समयअघि खड्कासँग नियमित भेटघाट तथा कुराकानी हुँदै आएकामा पछिल्लो पटक एक महिनाअघि मात्रै भेटघाट भएको उल्लेख गर्दै सभामुख महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताउनुभयो ।
श्रद्धाञ्जलि दिन निवास पुग्नुभएका काँग्रेस नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पु¥याउन सभामुख महराले आग्रहसमेत गर्नुभएको थियो । 
विहान खड्काको शव उहाँकै निवासमा राखिएको थियो भने दिउँसो नेपाली कांग्रेसको कार्यालयमा । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरे । सभापति देउवालेसानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । 
आइतबार बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । 
नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उहाँको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो । उहाँको पार्थिव शरीर आइतबार अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको र त्यसपछि पशुपति आर्यघाटमा दासंस्कार गरिएको थियो ।
दाङलाई कर्मथलो बनाएर नेपालको राजनीतिमा निकै चर्चिच नेता खड्कालाई दाङमा विकासप्रेमीका रूपमा चिनिन्छ । नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ । दंगालीहरूले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् । खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उहाँको उच्च सम्मान गरेका छन् । “खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्धा अनि जुधारू नेता पनि हुनुहुन्थ्यो, उहाँलाई गुमाउनुपर्दा धेरै दुःख लागेको छ”– बयोवृद्ध दलबहादुर वलीले भन्नुभयो । 
प्रजातन्त्रका सेनानी तिलक डांगीले स्व खड्का निःस्वार्थ विकासप्रेमी नेता भएको बताउनुभयो, “जिल्लाको विकास, निर्माण र समृद्धिको काम गरेर कुशल संगठकका रूपमा पनि प्रजातन्त्रको कुशल नेतृत्व गुमाएका छौँ, प्रजातन्त्रका लागि अहोरात्र खट्ने, कुशल संगठनकर्ता, विकासप्रेमी नेता खड्काको निधनले एउटा विकासको नक्षत्र हो ।” ।
विगतमा उहाँको नाम सुन्दा खुशीले प्रफुल्ल हुने स्थानीयवासीमा मृत्युको खबर सुन्दा अप्रत्यासित लागि रहेको स्व। खड्काका अभिभावक समेत रहनुभएका स्थानीयवासी सुरवीरसिंह वली बताउनुभयो । “खुमबहादुरको उपचारको क्रममा मृत्यु भएको सबैले सुनाउँछन्, तर मलाई विश्वासै लाग्दैन”, खड्कासँगै बाल्यकाल बिताउनुभएका उहाँले भन्नुभयो । 
“पहिले गाउँमा सडक थिएन, खानेपानीका लागि एक घण्टा हिँडेर जानुपथ्र्यो, तर खुमबहादुर मन्त्री भएको बेलामा गाउँमा कुवा बनाइदिनुभयोे, बिजुली बत्ती ल्याइदिनुभयो, सडक र सिँचाइको व्यवस्थासमेत गरिदिनुभयो” स्थानीय केशरबहादुर केसीले भन्नुभयो । त्यस्तै खड्काको निधनसँगै उहाँको गृह गाउँ लमही नगरपालिका–८ सतवरिया शोकमा डुबेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)
यो समाचार सत्य सावित भए ! (03.06.2018)
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण (03.06.2018)
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर (02.20.2018)
२१ गते संसद्को प्रथम अधिवेशन आह्वान (02.20.2018)
भोटेकोशी र खिम्तीको बाटोमा माथिल्लो त्रिशूली १ (01.30.2018)
रानीपोखरी मल्लकालीन शैलीमै बन्नुपर्ने (01.25.2018)
वर्षेनी सात हजारको मृत्यु, एकदिनमा एक सय २० नयाँ क्षयरोगी (01.25.2018)
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता (01.09.2018)
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने (01.09.2018)
चिसो पीडितलाई तातो दिने कसले ? (01.09.2018)
नाम चलेका अस्पतालहरुबाट गैरकानूनीरूपमा सेवाशुल्क असुल (01.02.2018)
सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण (01.02.2018)
पार्टीभित्र अनुशासनसहितको मेलमिलाप आवश्यक (01.02.2018)
प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति (12.26.2017)
वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर (12.19.2017)
जनताको मन जित्ने न मधेशी र न पहाडी (12.19.2017)
भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक (12.19.2017)



 
::| Latest News

 
[Page Top]