युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
बाम आन्दोलनका दुई धरोहरुको निधन
Thursday, 04.12.2018, 11:16am (GMT+5.5)

काठमाडौ । मुलुकको वामपन्थी आन्दोलनका धरोहर राजनीतिज्ञ कमलराज रेग्मी र जागृतप्रसाद भेटवालको एक दिनको फरकमा निधन भएको छ । रेग्मीको बिहीबार ९१ वर्षको उमेरमा निधन भयो भने भेटवालको बुधबार ।
नेपालको कम्यूनिष्ट आन्दोलनका पुराना नेतामध्येका रेग्मी २०१५ सालको संसदीय निर्वाचनमा विजयी केवल चार कम्यूनिष्ट सांसदमध्ये एक हुनुहुन्थ्यो । त्यतिबेला उहाँ आफ्नै थलो पाल्पाबाट निर्वाचित हुनुभएको थियो ।
२००४ सालमै जयतु संस्कृतम आन्दोलनबाट राजनीतिक जीवनको थालनी गर्नुभएका रेग्मीले पछिगएर भने आफूलाई पञ्चायती ब्यवस्थाको हितमा समर्पित गर्नुभएको थियो ।
२०१७ सालमा राजा महेन्द्रको कू लगत्तै पक्राउ परेर पाँच वर्ष जेल जीवन बिताउनुभएका रेग्मी त्यसपछि २०२४ सालमा पञ्चायत प्रवेश गर्नुभएको थियो । पञ्चायत प्रवेशसँगै राष्ट्रिय पञ्चायतको सदस्य हुनुभएका उहाँ गाउँफर्क राष्ट्रिय अभियानको अध्यक्षदेखि पञ्चायत निकाय तथा जाँचबुझ समितिका सदस्यसम्म हुनुभएको थियो ।
त्यस्तै वामपन्थी आन्दोलनका अर्का सशक्त योद्धा नेता जागृतप्रसाद भेटवालको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसंग संघर्ष गर्दै आउनुभएका नेता भेटवालको वीर अस्पतालमा बुधबार दिउसो निधन भएको थियो । 
२०४३ को राष्ट्रिय पंचायत निर्वाचनमा चितवनबाट जनपक्षीय उम्मेदवारका रुपमा अत्याधिक मतका साथ निर्वाचित भएपछि राष्ट्रिय पञ्चायतमा खेलेको भूमिकाले उहाँलाई राष्ट्रिय राजनीतिमा चर्चित बनाएको थियो । पदमरत्न तुलाधर काठमाडौं, द्रोणाचार्य क्षेत्री –झापा), नोबेल केमी राई (इलाम), सोमनाथ अधिकारी प्यासी र भेटवाल लगागत जनपक्षीय समूहले राष्ट्रिय पञ्चायतभित्रै बसेर पञ्चायत विरुद्ध संघर्ष गर्ने गरेका थिए ।
२०४३ को राष्ट्रिय पञ्चायतका अलावा २०४८ र ०५१ को प्रतिनधि सभामा समेत भेटवालले चितवनबाटै विजय हाँसिल गर्नुभएको थियो । तर ०५६ को निर्वाचनमा पराजित भएपछि उहाँ राजनीतिबाट किनारामा पारिनुभयो ।
०६४ को संविधान सभा निर्वाचनमा चितवन–१ बाट उम्मेदवारीका दावेदार भएपनि टिकट नपाउनुभएका उहाँलाई त्यसको केही समयपछि क्यान्सरले समात्यो । त्यसपछि उहाँ राजनीतिमा निस्क्रिय हुनुभयो । 
काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर पूर्वी चितवनलाई कर्मथलो बनाउनुभएका भेटवाल तत्कालीन अवस्थामा जमीनदारको थिचोमिचो, कुशासन र पञ्चायतविरुद्ध विसं २०२८ को झापा विद्रोहपछि राजनीतिक आन्दोलनमा होमिनुभएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)
यो समाचार सत्य सावित भए ! (03.06.2018)
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण (03.06.2018)
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर (02.20.2018)
२१ गते संसद्को प्रथम अधिवेशन आह्वान (02.20.2018)
भोटेकोशी र खिम्तीको बाटोमा माथिल्लो त्रिशूली १ (01.30.2018)
रानीपोखरी मल्लकालीन शैलीमै बन्नुपर्ने (01.25.2018)
वर्षेनी सात हजारको मृत्यु, एकदिनमा एक सय २० नयाँ क्षयरोगी (01.25.2018)
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता (01.09.2018)
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने (01.09.2018)
चिसो पीडितलाई तातो दिने कसले ? (01.09.2018)
नाम चलेका अस्पतालहरुबाट गैरकानूनीरूपमा सेवाशुल्क असुल (01.02.2018)
सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण (01.02.2018)
पार्टीभित्र अनुशासनसहितको मेलमिलाप आवश्यक (01.02.2018)
प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति (12.26.2017)



 
::| Latest News

 
[Page Top]