युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 05.27.2018, 01:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा
Tuesday, 05.08.2018, 10:54am (GMT+5.5)

काठमाडौं । यातायात क्षेत्रमा एकाधिकार अन्त्य गर्ने सरकारको निर्णयमा सहयोग गर्ने तथा यातायात बन्दका आन्दोलनका कार्यक्रम नगर्ने लिखित प्रतिबद्धता जनाएपछि यातायात व्यवसायी महासंघका प्रतिनिधि रिहा भएका छन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा ‘सिण्डकेट अन्त्य गर्ने सरकारको निर्णयमा स्वागत गर्ने तथा अब उप्रान्त यातायात व्यवसायलाई प्रचलित कानूनबमोजिम दर्ता गराई सरकारको कानून नीति अनुकूल सञ्चालन गर्ने’ कागजमा महासंघका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।
यस्तै कागजमा त्यसविरुद्ध गएमा हाम्रो नाममा दर्ता भएका सवारी साधनको रुट इजाजतपत्र खारेज गर्न तथा प्रचलित कानूनबमोजिम जस्तोसुकै कारबाही भोग्न तयार रहेको उल्लेख छ । रिहा हुनेहरुमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव पुण्यप्रसाद सिटौला, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालगायत छन् ।
आइतबार बिहान गृहमन्त्री रामबहादुर थापाले सरकारको निर्णयमा समर्थन गर्न सहमत भए पक्राउ व्यवसायी रिहा गर्न र अन्यथा उनीहरुलाई अत्यावश्यक सेवा ऐन, २०१४ अनुसार कारबाही अघि बढाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो ।
सिण्डिकेट हटाउने निर्णयविरुद्ध शुक्रबार देशभर यातायात बन्द गरी आन्दोलनमा उत्रिएका करिब १०० जना र शनिबार महासंघका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)
यो समाचार सत्य सावित भए ! (03.06.2018)
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण (03.06.2018)
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर (02.20.2018)
२१ गते संसद्को प्रथम अधिवेशन आह्वान (02.20.2018)
भोटेकोशी र खिम्तीको बाटोमा माथिल्लो त्रिशूली १ (01.30.2018)
रानीपोखरी मल्लकालीन शैलीमै बन्नुपर्ने (01.25.2018)
वर्षेनी सात हजारको मृत्यु, एकदिनमा एक सय २० नयाँ क्षयरोगी (01.25.2018)
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता (01.09.2018)
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने (01.09.2018)
चिसो पीडितलाई तातो दिने कसले ? (01.09.2018)
नाम चलेका अस्पतालहरुबाट गैरकानूनीरूपमा सेवाशुल्क असुल (01.02.2018)
सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण (01.02.2018)



 
::| Latest News

 
[Page Top]