युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 08:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने
Tuesday, 06.12.2018, 03:13pm (GMT+5.5)

काठमाडौं । सामाजिक कार्य गर्ने नाममा धर्म परिवर्तन, जातीय विद्वेष बढाउने जस्ता अवाञ्छित गतिविधि गर्ने राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीचको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमनलाई तीव्रता दिने निर्णय गरेको हो ।
हालको नियमनमा केहि कमजोरी देखिएकाले अब उपरान्त जिल्ला प्रशासन कार्यालयले पनि नियमन गरी रिपोर्ट पठाउने निर्णय बैठकले गरेको छ । यसैगरी बैठकले एनजिओ र आइएनजिओका पदाधिकारीको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको जनाएको छ ।
पछिल्लो तीन वर्षदेखि दर्ता नवीकरण नभएका एनजिओ र आइएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधिमा दर्ता नभए स्वतः खारेज गर्नेसमेत बैठकको निर्णय छ ।
मुलुकमा हाल ४७ हजार एनजिओ र २०० भन्दा बढी आइएनजिओ दर्ता छन् । तीमध्ये धेरै एनजिओहरुले वर्षौँदेखि नवीकरण गराएका छैनन् । यस्तै भ्रष्टचार र राजनीतिक गतिविधिमा संलग्न हुने तथा धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आइएनजिओको समेत दर्ता नवीकरण नगर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले ७७ वटै जिल्लाबाट ती जिल्लामा सञ्चालित एनजिओ र आइएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । यस्तै समाजकल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरिरहेका सबै संघसंस्थाको विवरण पठाउन परिषद्लाई पनि निर्देशन दिने निर्णय बैठकको छ । 
बैठकमा महिला बेचविखन रोक्नका लागि दुवै मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । यस्तै समाज कल्याण परिषद्को भृकुटीमण्डपलगायत क्षेत्रमा रहेको भवन तथा जग्गामा वर्षौंदेखि बसेका केही व्यवसायी एवं संघसंस्थाले भाडाबापतको रकम नतिरेको जानकारी परिषद्का पदाधिकारीले बैठकमा गराएपछि भाडा नतिर्नेलाई हटाउन गृह मन्त्रालयले सहयोग गर्ने निर्णय भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा (05.08.2018)
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)
यो समाचार सत्य सावित भए ! (03.06.2018)
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण (03.06.2018)
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर (02.20.2018)
२१ गते संसद्को प्रथम अधिवेशन आह्वान (02.20.2018)
भोटेकोशी र खिम्तीको बाटोमा माथिल्लो त्रिशूली १ (01.30.2018)
रानीपोखरी मल्लकालीन शैलीमै बन्नुपर्ने (01.25.2018)
वर्षेनी सात हजारको मृत्यु, एकदिनमा एक सय २० नयाँ क्षयरोगी (01.25.2018)
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता (01.09.2018)
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने (01.09.2018)
चिसो पीडितलाई तातो दिने कसले ? (01.09.2018)



 
::| Latest News

 
[Page Top]