युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 09.20.2018, 07:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक
Tuesday, 07.10.2018, 02:26pm (GMT+5.5)

काठमाडौं । चिकित्सा शिक्षा विधेयकको बिरोध गर्दै कर्णालीको जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य विग्रदै गएको छ । उहाँ प्रतिदिन कमजोर बन्दै जानुभएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुले दिएको जानकारी अनुसार आइतबार आमरण अनश्न बसेको नवौ दिनसम्म पुग्दा डा. केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । हाल डा केसीको शरिरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोषहरु क्रमिक रुपमा घटेको र पिसावमा किटोन बढी भएको चिकित्सहरुले दैनिकस्वास्थ्य प्रतिवेदनमा उल्लेख गरेका छन् ।
अहिले पिसावमा किटोन बढी देखिएकाले आईभी फ्ल्यूड दिइराखेको उपचारमा खटिएका चिकित्सक टोलिका संयोजक डा. प्रविण गिरीले बताउनुभएको छ । उहाँका अनुसार डा. केसीको ःवाःथ्य अवःथा बिग्रिँदै गएकाले जतिखेर जे पनि हुनसक्छ । हामीले सक्ने जतिको उपचार गरिरहेका छौं तर उहाँलाई पाँच दिनसम्म कैदीबन्दी सरह फोहोर कभडहलमा राखिएकाले पछि असर परेको हुनसक्छ ।
यसैबीच अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्षको टोली आइतबार जुम्ला पुगेको छ । चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा. ढुण्डिराज पौडेल र सह कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनसनरत डा. गोविन्द केसीलाई भेटी आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइसकेको । त्यस अवधिभित्र सरकारले सुनुवाइ गरेन भने कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी संघको छ । त्यसै गरी डा. केसीको आन्दोलनलाई कुनै पनि राजनीतिक रंग नदिन पनि चिकित्सक संघको टोलीले अनुरोध गरेको छ ।
उता राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले हालै जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्योपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भई तत्काल डा केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ ।
विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न नगराउनसमेत आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । 
डा केसी जुम्लामा यही असार १६ गतेदेखि अनशनरत हुनुहुन्छ । आयोगले डा केसीलाई अनशनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचारको व्यवस्था गर्न आयोगले यही  असार १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्राचारसमेत गरेको छ । 
त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरि अर्यालले एक प्रेस विज्ञप्ति जारी गरी डा केसीको माग पूरा गरी जीवनरक्षा गर्न माग गर्नुभएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा (05.08.2018)
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)
यो समाचार सत्य सावित भए ! (03.06.2018)
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण (03.06.2018)
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर (02.20.2018)
२१ गते संसद्को प्रथम अधिवेशन आह्वान (02.20.2018)
भोटेकोशी र खिम्तीको बाटोमा माथिल्लो त्रिशूली १ (01.30.2018)
रानीपोखरी मल्लकालीन शैलीमै बन्नुपर्ने (01.25.2018)
वर्षेनी सात हजारको मृत्यु, एकदिनमा एक सय २० नयाँ क्षयरोगी (01.25.2018)
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता (01.09.2018)
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने (01.09.2018)



 
::| Latest News

 
[Page Top]