युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.18.2019, 11:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी
Tuesday, 08.14.2018, 12:57pm (GMT+5.5)

काठमाडौं । योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य÷प्रवचन दिने हुनुभएको छ । नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले नेपालीको गौरवपूर्ण इतिहास रच्न आफूले आगामी भदौ ११ गतेदेखि विश्वको सबैभन्दा लामो प्रवचन दिन लागेको जानकारी गराउनुभयो । 
यसअघि भारत केरलाका केपी भल्सराजनको ८१ घण्टा १६ मिनेट निरन्तर प्रवचन दिएको विश्व कीर्तिमान कायम भएको छ । निरन्तर प्रवचनको क्षेत्रमा आफूले नयाँ कीर्तिमान राख्ने तयारीमा लागेको केसीले बताउनुभयो । उहाँले आगामी भदौ ११ गते बिहान ६ बजेदेखि गोकर्णेश्वर नपा–५ जोरपाटीस्थित इस्टकोल माविमा बेलायतबाट आउने गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिधिनिकाबीच आफ्नो प्रवचन शुरु गर्नुहुनेछ । 
सतहत्तर जिल्ला र भारतको छ वटा प्रान्त गरी कूल १२ हजार ५०० किलोमिटर पैदलयात्रा गर्नुभएका योगसाधक केसीले यसअघि २१ दिनको जलउपवास, छ महिनाको मौन साधना र नौ दिनको भूत पस्यासमेत गरिसक्नुभएको छ । विश्वकै लामो प्रवचन दिई विश्व कीर्तिमान राख्ने उद्देश्यले उहाँले यसअघि नै ८८ घण्टा लामो प्रवचन दिनुभएको थियो । तर प्राविधिक समस्याका कारण उहाँको उक्त प्रवचन गिनिज बुकमा कायम हुनसकेको थिएन । 
विश्वको सबैभन्दा लामो दाबी गरिएको वक्तव्य÷प्रवचनका बारेमा जानकारी दिन शनिबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले विश्व कीर्तिमान राख्न गरिने यस प्रकारको कर्मले नेपाल र नेपालीको शिर उँचो बनाउने बताउनुभयो । 
सो अवसरमा काँग्रेस नुवाकोटका सभापति जनदीशनरसिंह केसी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले विश्वको सबैभन्दा लामो प्रवचन दिई नेपाल र नेपालीको तर्फबाट विश्व कीर्तिमान कायम राख्न योगसाधक केसीलाई शुभकामना दिनुभएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं (07.25.2018)
कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो (07.10.2018)
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक (07.10.2018)
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा (05.08.2018)
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)
यो समाचार सत्य सावित भए ! (03.06.2018)
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण (03.06.2018)
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर (02.20.2018)
२१ गते संसद्को प्रथम अधिवेशन आह्वान (02.20.2018)
भोटेकोशी र खिम्तीको बाटोमा माथिल्लो त्रिशूली १ (01.30.2018)
रानीपोखरी मल्लकालीन शैलीमै बन्नुपर्ने (01.25.2018)



 
::| Latest News

 
[Page Top]