युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 06.20.2019, 08:24am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
विद्युत बजारमा चीनको औपचारिक प्रवेश
Tuesday, 09.04.2018, 12:35pm (GMT+5.5)

काठमाडौं । नेपालमाा उत्पादन भएको जलविद्युतको बजार भारत मात्रै हो भन्ने भ्रम चीनको एक प्रस्तावले चिरिएको छ । चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत किन्ने प्रस्ताव गरेको छ । समाचा अनुसार चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।
गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) गर्ने सम्झौता भएको सो आयोजना निर्माण भएपछि मात्र केरुङ–काठमाण्डौ रेल निर्माण अघि बढाउन सकिने भएकोले उच्च महत्वका साथ हेरिएको छ । नेपालले आयोजनालाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा सहभागी गर्न समेत प्रस्ताव गरिसकेको छ ।
समाचार अनुसार चिनीया पक्षले हाल तिब्बतले सिचुवान र कन्काइबाट विद्युत् ल्याइहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत नेपालबाट निर्यात गर्नसक्ने प्रस्ताव गरेका छन् । चिनियाँ पक्षले नेपालको विद्युत उत्पादनको प्रक्षेपण, माग तथा आपूर्तिका साथै आदानप्रदान हुनसक्ने अवस्थाबारे योजना ल्याउन प्रस्ताव गर्दै सोही आधारमा अघि बढ्ने बताएको थियो । नेपालले चीनतर्फको प्रसारण लाइनको निर्माण अनुदानमा बनाउनका लागि प्रस्ताव गरे पनि दुवै देशले विद्युत् आदानप्रदान गर्ने भएकोले दुवै देशको लगानी हुनेगरी वित्तीय व्यवस्थापनको प्रारूप तयार गरेर अघि बढाउने प्रस्ताव गरेपनि यसको टुंगो भने लागिसकेको छैन । 
नेपालतर्फ गल्छीदेखि रसुवागढीसम्म ७० किलोमिटर छ भने चीनको सिगात्छदेखि रसुवागढीसम्म करिब ६ सय किलोमिटर छ । चीनतर्फ ५०० केभी र नेपालतर्फ ४०० केभीको प्रसारण लाइन प्रस्ताव गरिएको छ । प्राविधिक रूपमा हाइ भोल्टेज डाइरेक्ट करेन्ट, डारेक्ट करेन्ट ब्याक टु ब्याक लगायतबारे छलफल हुने र नेपालमा विद्युत् प्रवाहलाई सहज बनाउन गेरुङमा नयाँ प्रविधिमा आधारित कन्टभर्टर स्टेसनको प्रस्ताव गरिएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं ! (08.28.2018)
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण (08.14.2018)
सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी (08.14.2018)
चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं (07.25.2018)
कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो (07.10.2018)
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक (07.10.2018)
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा (05.08.2018)
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)
यो समाचार सत्य सावित भए ! (03.06.2018)
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण (03.06.2018)
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर (02.20.2018)



 
::| Latest News

 
[Page Top]