युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.18.2019, 11:18pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं
Tuesday, 09.25.2018, 12:10pm (GMT+5.5)

काठमाडौं । विश्व शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा विजज्ञहरुले जोड दिएका छन् । विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले हालै आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गर्नुभयो । विश्वमा शान्तिको सन्देश प्रवाह गर्नुहुने बुद्धलाई ब्रह्माण्डकै ज्योति घोषणा गरिनुपर्ने कार्यक्रमका वक्ताले जोड दिएका हुन् ।
कार्यक्रममा पूर्वराजदूत एवं परराष्ट्रविद् विष्णुहरि ‘नेपालले विश्व शान्ति स्थापनाका आधार’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि बहस गर्नुहुँदै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वमन्त्री चन्द्रदेव जोशी, कृष्णराज वर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, पत्रकार रामकृष्ण कर्माचार्य, डा शास्त्रदत्त पन्त, समाजका अध्यक्ष प्रा डा खेम बन्धु कोइराला लगायतले विश्व शान्ति सबैको चाहना हुने भएकाले व्यवहारमा नै त्यसअनुरुप काम गर्न आह्वान गर्नुभयो । 
सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घकोे महासभाले आह्वान गरेअनुरुप सन् १९८२ देखि दिवस विश्वभर मनाउन शुरु गरिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘दिगो विकासका लक्ष्य ः शान्ति मुलभूत आधार’ भन्ने छ । संसारका अधिकांश मुलुकका जनतामा शान्तिको कामनासहित प्रारम्भ भएको दिवस नेपालमा भने विसं २०६५ देखि मनाउन थालिएको हो । 
युद्ध, हिंसा, हुलदङ्गा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र रहन पाउनु नै शान्तिको अधिकार हो । अहिले शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्ग बनेको छ । यसलाई नै आधार मानेर संयुक्त राष्ट्रसङ्घले बेलाबेलामा शान्ति र विश्वमा भइरहेका हिंसात्मक गतिविधिलगायत अधिकारलाई जोडेर घोषणापत्रसमेत जारी गर्दै आएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)
अब सवारी चालकलाई आरामस्थल (09.11.2018)
विद्युत बजारमा चीनको औपचारिक प्रवेश (09.04.2018)
सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं ! (08.28.2018)
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण (08.14.2018)
सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी (08.14.2018)
चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं (07.25.2018)
कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो (07.10.2018)
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक (07.10.2018)
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा (05.08.2018)
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)
यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा (03.20.2018)



 
::| Latest News

 
[Page Top]