युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 10.18.2019, 04:53am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण
Tuesday, 09.25.2018, 12:11pm (GMT+5.5)

काठमाडौं । सवारी चालक अनुमतिपत्रमा रक्त समूह स्पष्टसंग उल्लेख गर्नुपर्छ । यसको कारण यदि दुर्घटनामा परेर उपचारका लागि रगत चाहिए त्यसैलाई आधार मान्न सकियोस् । 

तर, काठमाडौंमा सवारी चालक अनुमतिपत्र वितरण गर्ने स्थानमा हचुवाको भरमा रक्त परीक्षण हुनेगरेको खुलासा भएको छ । डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिनुभएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन । 
सवारी चालक अनुमतिपत्र बनाउनका लागि उहाँले हतारमा यातायात व्यवस्था कार्यालय परिसरमै भेटिएका एकजना स्वास्थ्यकर्मीबाट आफ्नो रगत समूह ‘बि पोजिटिभ’ भएको कागज बनाउनुभयो । त्यतिबेला उहाँलाई चालक अनुमतिपत्रमा रक्त समूह किन राखिएको र त्यो गलत हुँदा के असरपर्छ भन्ने थाहा थिएन । 
चालक अनुमतिपत्रका लागि कागजात बुझाउँदा उहाँले ती स्वास्थ्यकर्मीले बनाएको कागज नै पेश गर्नुभयो । त्यही आधारमा चालक अनुमतिपत्रमा ‘बि पोजिटिभ’ लेखियो । उहाँले भन्नुभयो, “पहिले हतारमा उसै बनाएँ, अहिले आफ्नो वास्तविक रगत समूह फरक हो कि भन्ने चिन्ता छ ।”
मगरको रगतको समूहका बारेमा न उहाँ ढुक्क हुनुहुन्छ, न त उहाँलाई अनुमतिपत्र दिने यातायात व्यवस्था कार्यालय नै । यातायात व्यवस्था ऐनले सवारी चालक अनुमतिपत्र दिँदा चालकलाई विभिन्न किसिमका स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था छ । त्योमध्ये रगतको समूह जाँच पनि महत्वपूर्ण हो । तर कार्यालयले भने हचुवाका भरमा यात्रुलाई सवारी चालक अनुमतिपत्र दिने गरेको छ । 
यात्रुले पनि हतारले रक्त समूह परीक्षण नगरी उसै फारम भर्ने गरेका हुन । यातायात व्यवस्था कार्यालयको भीडमा स्वास्थ्यकर्मी हुँ भन्दै रगतको समूह परीक्षण नै नगरी प्रमाणित गर्ने धेरै जना भेटिने गरेका छन् ।
तीनले पैसा कमाउनका लागि रगत परीक्षण नै नगरी यात्रुको रक्त समूह छुटाएर सही गरिदिन्छन् । कार्यालयले त्यसैलाई आधार बनाएर चालक अनुमतिपत्रमा रक्त समूह राख्दै आएको छ ।  
जावलाखेल बस्दै आउनुभएका शशी खड्का सवारी चालक अनुमतिपत्र लिँदा रगत मात्रै नभएर अरु कुनै पनि खालको स्वास्थ्यपरीक्षण नहुने गरेको बताउनुहुन्छ । कार्यालयमा सधैंँ भीडभाड हुने हुँदा स्वास्थ्य परीक्षणका नाममा स्वास्थ्कर्मीले एक दुई अक्षर देख्ने वा नदेख्ने हेरेर नै स्वास्थ्य जाँच सकाउने गरेका छन् । 
उहाँले भन्नुभयो, “कार्यलयमा धेरै भीड पन्छाउन हतार होला तर हाम्रो त जीवनसँग जोडिएको हुन्छ, ।” स्वास्थ्य जाँचमा कार्यालय संवेदनशील हुनुपर्ने उहाँले बताउनुभयो । 
हतारमा स्वास्थ्य जाँच गराउँदा विभिन्न किसिमका समस्या आइरहेका छन् । समय समयमा अस्पतालमा चालक अनुमतिपत्रमा भएको रगतको समूहलाई सही मान्दा रक्त समूह फरक भएको घटनासमेत पाइएको छ । चालक अनुमतिपत्रमा रक्त समूह उल्लेख गर्नुको कारण कुनै दुर्घटना भइहाल्दा रक्त जाँच नगरी चालक अनुमतिपत्रका आधारमा रगत सङ्कलन गर्नु हो । खड्काले भन्नुभयो, “अहिले चालक अनुमतिपत्रलाई विश्वास गर्न मिल्ने अवस्था छैन ।” अनुमतिपत्रमा भएको रक्त समूह विश्वासिलो नभएपछि त्यसमा उल्लेख गर्नुको अर्थ नभएको उहाँले बताउनुभयो । 
यातायात व्यवस्था विभाग अन्तर्गतका बागमति अञ्चल कार्यालयको चालक अनुमतिपत्र शाखामा कार्यरत सूचना अधिकारी भक्त विष्टले स्वास्थ्य जाँच गर्न ठेक्कामा दिइने बताउनुभयो । जुन स्वास्थ्यकर्मीले जिम्मेवारी लिएको हुन्छ, गल्ती भएमा उसैले जिम्मेवारी लिनुपर्ने धारणा उहाँको छ । सूचना अधिकारी विष्टले भन्नुभयो, “ऐनले कार्यालयलाई भन्दा पनि गल्ती भएमा उसैले सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ ।” चिकित्सकले राम्रो ग¥यो वा गरेन भन्ने शंका गर्न नसकिने उहाँले बताउनुभयो । 
यातायात व्यवस्था कार्यलयमा पहिले धेरे खालका बिचौलिया हुने गरेका थिए । पछिल्ला समय नियन्त्रण नै नभए पनि कम हुँदै गएको कार्यालयले जनाएको छ । सेवा प्रवाहमा सहजता ल्याउनका लागि कार्यालयले टोकन प्रणाली लागू गरिएको छ । यसले कम समयमा सहज रूपमा काम हुन थालेको बताइएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं (09.25.2018)
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)
अब सवारी चालकलाई आरामस्थल (09.11.2018)
विद्युत बजारमा चीनको औपचारिक प्रवेश (09.04.2018)
सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं ! (08.28.2018)
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण (08.14.2018)
सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी (08.14.2018)
चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं (07.25.2018)
कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो (07.10.2018)
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक (07.10.2018)
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा (05.08.2018)
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)
२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार (03.20.2018)



 
::| Latest News

 
[Page Top]