युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 06.20.2019, 08:30am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
दशैं तिहार केन्द्रित विशेष सुरक्षा योजना
Tuesday, 10.02.2018, 12:11pm (GMT+5.5)

काठमाडौं । नेपाल प्रहरीले नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना सार्वजनिक गरेको हो ।
प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले चाडबाड केन्द्रित सुरक्षा योजना सार्वजनिक गर्नुभयो ।
नेपालीको चाड दशैँ, तिहार र छठका अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहितको सुरक्षासम्बन्धी योजना सार्वजनिक गर्दै प्रमुख लामाले तीन हजार ५३५ सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरिएको बताउनुभयो ।
चाड पर्वका अवसरमा हुनसक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसालगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सक्रियता अपनाइने उहाँले जानकारी दिनुभयो ।
नागरिकको घर सम्पत्ति रहेको स्थान, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर, गुम्बा रहेको स्थान, वित्तीय संस्था एवं आर्थिक कारोवार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोवार हुने स्थानमा सुरक्षाकर्मी परिचालित हुनेछन् ।
यस्तै सरकारी कार्यालय, काठमाडौँ प्रवेश गर्ने नाका, होटेल, गेष्ट हाउस तथा रेष्टुरेन्ट, आपराधिक गतिविधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती तथा विशिष्ट व्यक्तिको गतिविधि हुने स्थानमा कम सुरक्षाकर्मी परिचालित हुनेछन् ।
जनमानसमा सुरक्षकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने तथा प्राप्त साधनस्रोतको प्रभावकारी परिचालन गर्ने उद्देश्यसमेत परिसरले राखेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण (09.25.2018)
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं (09.25.2018)
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)
अब सवारी चालकलाई आरामस्थल (09.11.2018)
विद्युत बजारमा चीनको औपचारिक प्रवेश (09.04.2018)
सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं ! (08.28.2018)
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण (08.14.2018)
सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी (08.14.2018)
चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं (07.25.2018)
कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो (07.10.2018)
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक (07.10.2018)
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा (05.08.2018)
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)
देउवामाथि खनिए कांग्रेस नेता (03.27.2018)



 
::| Latest News

 
[Page Top]