युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 07:29am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
समाजसेवी त्रिपाठीको निधन
Tuesday, 10.02.2018, 12:15pm (GMT+5.5)

चितवन । चितवनको इच्छाकामना गाउँपालिका सक्रिय समाजसेवी हिमप्रसाद त्रिपाठीको गत शनिवार राति ७५ वर्षको उमेरमा निधन भएको दुःखद समाचार छ । पारिवारिक सूत्रका अनुसार उहाँ विगत आठ महिना यतादेखि फोक्सोको अवुर्द रोगको उपचारमा हुनुहुन्थ्यो । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहनुभएका त्रिपाठी उपचारको एउटा क्रम पूरा गरी गृह जिल्ला चितवन आउँदैगर्दा अचानक उहाँको अवशान भएको हो ।
पृथ्वी राजमार्ग बन्नुपूर्व अनकण्टार जस्तै रहेको तत्कालीन गाउँपञ्चायत दारेचोक, कुरिनटारमा आफैंले नामाकरण गरी सर्वशान्ति प्राथमिक विद्यालयको स्थापना गर्न र सो विद्यालयका लागि जग्गा प्राप्त गर्न उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । सो विद्यलयको स्तरोन्नति गरी माध्यमिक, उच्च मावि हुँदै क्याम्पस तहमा पुर्याउन उहाँको अग्रणी भूमिका रहेको थियो । हाल सो विद्यालयमा स्नातक तहसम्मको पढाइ हुन्छ ।
दिवङ्गत त्रिपाठीको गत शनिवार उहाँकै निवास नजिकको कुरिनघाटमा दाहसंस्कार गरिएको थियो । सो अवसरमा इच्छाकामना गाविसकी अध्यक्ष गीता गुरूङ्लगातयका जनप्रतिनिधि तथा बिभिन्न दलका कार्यकर्ता र स्थानीय वासिन्दाको घना उपस्थिति थियो । दाहसंस्कार गरिनुपूर्व नेपाली कांग्रेसका स्थानीय नेता शंकर सिलवालले उहाँको राजनीतिक पृष्ठभूमि, सक्रियता र सो क्षेत्रमा शिक्षाको प्रचारप्रसार तथा राजनीतिक जागरण एवं अन्य विकास कार्यमा उहाँको रचनात्मक योगदानकोबारे प्रकाश पार्दै श्रद्धाञ्जली मन्तव्य दिनुभएको थियो । उहाँको काजक्रिया पनि उहाँकै स्वनिवासमा हुने जानकारी गराइएको थियो ।
उहाँका एक श्रीमती ,स्थानीय प्रगति पाठशाला उच्चमाविका संस्थापक सञ्चालक टंकप्रसाद त्रिपाठी लगायत तीन छोरा र दुई छोरी तथा नौजना नातिनातिना हुनुहुन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
दशैं तिहार केन्द्रित विशेष सुरक्षा योजना (10.02.2018)
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण (09.25.2018)
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं (09.25.2018)
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)
अब सवारी चालकलाई आरामस्थल (09.11.2018)
विद्युत बजारमा चीनको औपचारिक प्रवेश (09.04.2018)
सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं ! (08.28.2018)
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण (08.14.2018)
सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी (08.14.2018)
चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं (07.25.2018)
कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो (07.10.2018)
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक (07.10.2018)
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)
सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा (05.08.2018)
नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता (04.24.2018)
बाम आन्दोलनका दुई धरोहरुको निधन (04.12.2018)
आचार्यमाथि गोली प्रहार (04.12.2018)
चर्को शुल्क लिनेलाई कारबाही गरिने (04.12.2018)
कांग्रेस नेता खड्काको निधन (04.03.2018)



 
::| Latest News

 
[Page Top]