युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 10.24.2019, 10:52am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
यिनीहरुलाई न चिसोले न फोहरको घीनलाग्छ ...
Tuesday, 12.11.2018, 01:21pm (GMT+5.5)

काठमाडौं उपत्यकाको सभ्यतासंग जोडिएको वाग्मती लगायतका नदीहरुमा हरेक शनिबार सफाई अभियान सुरु हुन्छ । वाग्मती सफाई अभियानमा अहिले सर्वसाधारणदेखि संघसंस्थाहरुको बाक्लो उपस्थिति रहने गरेको छ । केही अभियानकारीहरुले सुरु गरेको यो काम अहिले निरन्तरताको चिनारी बनेको छ । उनीहरुलाई न जाडोले छेक्न,। न फोहरबाट घीन नै लाग्छ ।
विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ । अधिकार सम्पन्न वाग्मती एवं उपत्यकाका अन्य नगरपालिकाले नदी फोहर गर्नेलाई कानूनी कारवाहीको दायरमा नल्याउँदा अभियान सामाजिक सञ्जालमा मात्र फस्टाएको आरोप लाग्ने गरेको छ ।
अधिकार सम्पन्न वाग्मतीले नदीको मुहान क्षेत्रकै किनारमा खोलिएका सुँगुर बङ्गुर फार्म बन्द गर्न नसक्दा माथिबाटै नदी फोहर हुने गरेको छ । सरकारले विसं २०७५ लाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको भनाइ छ । 
मंसिर ८ गते शनिबार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९१ औँ हप्तामा बुद्धनगरस्थित रुद्रमती दोभान क्षेत्रको फलामे पुल वरपर सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २८ संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 
सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । सफाइमा शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलगायत अभियानकर्मीले सहभागिता जनाउनुभएको थियोे । 
ब्लु क्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार, पहिलो पाइला, फोहर उन्मूलन उपभोक्ता समिति सिनामङ्गल, महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर, प्राकृतिक प्रकोप तथा भूकम्प प्रभावित उद्धार समाज, युरेसिया रेयुकाइ सानेपा, युएनपार्क प्रयोगशाला, गायत्री परिवार, बाल सारथी बागेश्वरी, जीवन विज्ञान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकाल, पाठशाला नेपाल बानेश्वर, सिस्नुपानी नेपाल, हलेसी डेकोरलगायतको सफाइमा संस्थागत सहभागिता थियो ।
रुद्रमती सफाइको २४६ हप्ता पनि वाग्मती सफाइ महाअभियानसँगै दुवै नदीको दोभान क्षेत्रमा गरिएको अभियानकर्मी रोतिह गिरीले जानकारी दिनुभयो । अर्को हप्ता २९२ औँ हप्ताको वाग्मती सफाइ महाअभियान र २४७ औँ हप्ताको रुद्रमती सफाइ अभियान पनि दुवै नदीको दोभान क्षेत्रमै गरिने उहाँले सुनाउनुभयो ।
 मुहानबाट नै वाग्मती सफाइ अभियान सञ्चालन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले २५२ हप्ताको सफाइ पशुपति क्षेत्रमा ग¥यो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । कुहिने करीब दुई मेट्रिक टन फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिका–८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो ।
विष्णुमती सफाइ अभियानको २१८ औँ हप्तामा टोखा नगरपालिका–९ स्थित आनन्दटोल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यस क्षेत्रमा मेलम्चीका पानी वितरणका लागि पाइप बिच्छ्याउन सडक खन्दा कालोपत्र नदेखिने गरी माटोले पुरेको भेटिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो । 
सफाइका क्रममा सडकमा हिँड्दै गरेको कार नदीमा खसेपछि सफाइमा सहभागी अभियानकर्मीले उद्धार गरी अस्पताल पठाएको जानकारी पनि उहाँले दिनुभयो । सुन्दरीघाट चोभार क्षेत्रको वाग्मती सफाइको १०१ औँ हप्तामा १०० स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो । 
मनोहरा सफाइको ९१ औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी कोइराला आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीय सामाजिक संस्थासहित १०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको सफाइ संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो ।
चक्रपथ सफाइको ८७ औँ हप्तामा नयाँ बालाजु चोकबाट माछापोखरीबीचको गङ्गा हल क्षेत्रमा सफाइ गरियो । तीनवटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी ३५० भन्दा बढीले गरेको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।  
आलोकनगर सफाइ अभियानले ८७ औँ हप्ताको सफाइ त्यस क्षेत्रमा गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइका क्रममा पैदलयात्रीका लागि राखिएको डष्टबिनमा स्थानीयवासीले फोहर हालेको भेटिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो ।  चक्रपथ बाफल खण्डको ६९ औँ हप्तामा स्वयम्भू क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
६६ हजार द्वन्द्वपीडितको उजुरी कहिले सुनुवाई हुने (12.11.2018)
नागरिकता वितरण हचुवाका भरमा हुँदैन (11.20.2018)
कहिले फेरिन्छ यिनीहरुको जीवन ? (11.20.2018)
बौद्ध प्रहरी प्रमुख घूससहित पक्राउ (10.10.2018)
नक्कली नागरिकताको खेती गर्ने पक्राउ (10.10.2018)
समाजसेवी त्रिपाठीको निधन (10.02.2018)
दशैं तिहार केन्द्रित विशेष सुरक्षा योजना (10.02.2018)
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण (09.25.2018)
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं (09.25.2018)
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)
अब सवारी चालकलाई आरामस्थल (09.11.2018)
विद्युत बजारमा चीनको औपचारिक प्रवेश (09.04.2018)
सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं ! (08.28.2018)
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण (08.14.2018)
सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी (08.14.2018)
चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं (07.25.2018)
कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो (07.10.2018)
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक (07.10.2018)
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)
छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने (05.08.2018)



 
::| Latest News

 
[Page Top]