युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 10.24.2019, 10:45am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
रक्षामन्त्रीको उद्घोष– निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गछौैं
Tuesday, 12.11.2018, 01:24pm (GMT+5.5)

काठमाडौ । साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यो विषयले राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो पाइरहेको छ । यसबीचमा उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ । 
‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को शनिबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।”
निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै उहाँले निर्मलाका हत्यारालाई सार्वजनिक गर्दै गर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउनुहोला भन्नुभयो । 
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको होइन, त्यसैले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिन्छ भन्नुभयो ।  
नेपाली काङ्ग्रेसका नेत्री पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । 
यही मङ्सिर २८ गतेसम्म चल्ने महाभेला अवधिभरि शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने महाभेलाका संयोजक नरेन्द्र खतिवडाले जानकारी दिनुभयो । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको सो महाभेलाको नारा ‘दिगो विकास र मानव अधिकार ः नेपालीको मूल सरोकार’ भन्ने रहेको छ । 
विगत वर्षमा काठमाडौँ र केही जिल्लामा मात्रै भेलाको आयोजना गरिए पनि यस वर्ष प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, ५ को बाँके, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विभिन्न कार्यक्रम गरेर महाभेला मनाउने तयारी भइरहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा दलित महिला उत्थान केन्द्र नेपाल, जुरी नेपाल र जागरण नेपाललगायत मानव अधिकारसँग सम्बन्धित करीब २५० सङ्घसंस्था आयोजक छन् । भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गर्न लागेको हो । सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरि डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन थालिएको हो । 
सोही दिवसका सन्दर्भमा नेपालमा २०६६ सालदेखि राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजना गरिँदै आएको छ । महाभेला एक हप्तासम्म चल्नेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
यिनीहरुलाई न चिसोले न फोहरको घीनलाग्छ ... (12.11.2018)
६६ हजार द्वन्द्वपीडितको उजुरी कहिले सुनुवाई हुने (12.11.2018)
नागरिकता वितरण हचुवाका भरमा हुँदैन (11.20.2018)
कहिले फेरिन्छ यिनीहरुको जीवन ? (11.20.2018)
बौद्ध प्रहरी प्रमुख घूससहित पक्राउ (10.10.2018)
नक्कली नागरिकताको खेती गर्ने पक्राउ (10.10.2018)
समाजसेवी त्रिपाठीको निधन (10.02.2018)
दशैं तिहार केन्द्रित विशेष सुरक्षा योजना (10.02.2018)
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण (09.25.2018)
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं (09.25.2018)
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)
अब सवारी चालकलाई आरामस्थल (09.11.2018)
विद्युत बजारमा चीनको औपचारिक प्रवेश (09.04.2018)
सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं ! (08.28.2018)
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण (08.14.2018)
सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी (08.14.2018)
चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं (07.25.2018)
कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो (07.10.2018)
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक (07.10.2018)
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने (06.12.2018)



 
::| Latest News

 
[Page Top]