युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.18.2019, 10:50pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
महंगो शुल्क लिएर परीक्षाका बेला अलपत्र
Thursday, 04.04.2019, 01:26pm (GMT+5.5)

काठमाडौं । नेपाल विद्यार्थी संघले नियमविपरीत महङ्गो शुल्क लिएर विद्यार्थी भर्ना गरी विश्वविख्द्यालय परीक्षामा सामेल नगराएका एपेक्स, राजधानी, सायम, युनिग्लोब लगायत कलेजलाई कारबाही गर्न माग गरेको छ ।
उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोब लगायका कलेजले विद्यार्थीहरुसंग महंगो शुल्क लिएर भर्ना गरे पनि विश्वविद्यालय परीक्षामा सामेल नगराएका कारण ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्धकार भएको छ ।
विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने ती कलेजहरुलाई तत्काल कारबाही गर्न नेविसंघले माग गरेको छ । ती कलेजहरुले विगत सात महीनादेखि भर्ना गरेर पढाए पनि विद्यार्थीलाई विश्वविद्यालयले परीक्षामा लिन अस्वीकार गरेको भन्दै संघले कारवाहीको माग गरेको हो ।  
नेविसंघका नेता नवराज त्रिपाठीले नियमविपरीत ३९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको जानकारी दिनुभयो ।  
“कलेजहरु शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोको रुपमा विकास हुँदै गएकाले हामी आन्दोलन गर्न बाध्य भएका हौँ”, उहाँले भन्नुभयो । क्याम्पसमा भर्ना गराउने तर परिक्षा दिनबाट बञ्चित गराउने राज्यको नीति ठिक नभएको उहाँको भनाइ छ ।
विद्यार्थीहरुले सात लाख शुल्क तिरेर पढे पनि परीक्षा दिन भने पाएका छैनन् । पीडित विद्यार्थीको भविश्य सुनिश्चित नगरेसम्म नेविसंघले निरन्तर आन्दोलन गर्ने नेता त्रिपाठीले बताउनुभयो । विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा नेविसंघका ११ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कहिले नेतृत्व पाउने नेविसंघले ? (03.28.2019)
खुल्यो मलेसिया र खाडीको विकल्पमा जापान (03.28.2019)
नेपाली जमीन भारतीयको कब्जामा (03.18.2019)
सरकारी जग्गा व्यक्तिको नाममा किन फैसला भो (01.01.2019)
रक्षामन्त्रीको उद्घोष– निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गछौैं (12.11.2018)
यिनीहरुलाई न चिसोले न फोहरको घीनलाग्छ ... (12.11.2018)
६६ हजार द्वन्द्वपीडितको उजुरी कहिले सुनुवाई हुने (12.11.2018)
नागरिकता वितरण हचुवाका भरमा हुँदैन (11.20.2018)
कहिले फेरिन्छ यिनीहरुको जीवन ? (11.20.2018)
बौद्ध प्रहरी प्रमुख घूससहित पक्राउ (10.10.2018)
नक्कली नागरिकताको खेती गर्ने पक्राउ (10.10.2018)
समाजसेवी त्रिपाठीको निधन (10.02.2018)
दशैं तिहार केन्द्रित विशेष सुरक्षा योजना (10.02.2018)
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण (09.25.2018)
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं (09.25.2018)
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)
अब सवारी चालकलाई आरामस्थल (09.11.2018)
विद्युत बजारमा चीनको औपचारिक प्रवेश (09.04.2018)
सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं ! (08.28.2018)
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण (08.14.2018)



 
::| Latest News

 
[Page Top]