युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.19.2019, 02:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
शिव पार्वतीको भेषका विदेशी नागरिक भक्तजनबाट मोटो रकम असुल्दै
Wednesday, 04.10.2019, 10:53am (GMT+5.5)

जमुना वर्षा शर्मा 
विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखराको मुटुमा रहेको फेवातालमा अवस्थित ताल बाराही मन्दिरमा हुने सन्ध्या आरतीको समयमा दुई विदेशी नागरिकलाई शिव र पार्वतीको भेषमा उपस्थित हुन्छन् । निधारमा खरानी, गलामा रुद्राक्षको माला, कमण्डलु, डमरू सहित शिव पार्वतीका तस्विर अगाडि राखेर ध्यान मुद्रामा देखिने उनीहरु त्यहाँ आउने पर्यटकका लागि आकर्षकको पात्र बनेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो हुने सो स्थलमा गैह्र हिन्दु नागरिक शिव पार्वतीको भेषमा सजिएर बसिरहेको दृश्यले जो कोहीको ध्यान आकृष्ट गरेको पाइन्छ । उनीहरुसँग विभूती लगाउने र आर्शिवाद लिनेको घूइँचो पनि उस्तै हेर्न लायक देखिन्छ ।  
शिव पार्वतीको भेषधारी उनीहरु बोल्न भने धेरै रुचाउँदैनन् । आफ्नो परिचय दिने क्रममा पुरुषले आफू ऋषि भारती भएको बताए भने महिलाले माया भारती भएको परिचय दिइन् । कुन देशबाट आउनु भएको हो भन्ने प्रश्नमा पृथ्वीमाताबाट आएको भन्ने उनीहरुको जवाफ थियो ।  
धेरै प्रश्न गरेपछि आफुहरु विगत दश वर्षदेखि नेपाल र भारतमा बस्दै आएको र पोखरा एक हप्ता अघि आएको बताए । आत्मकल्याणको लागि हिन्दुधर्म अनुसरण गरेको बताउने उनीहरुले संस्कृत, हिन्दी र अँग्रेजी भाषा मिश्रीत लवजमा सोधेको प्रश्नको एकदम छोटो जवाफ दिन्थे । सो स्थानदेखि साढे पाँच किलोमिटर दूरीमा रहेको सनातन आश्रममा बस्ने गरेको उनीहरुको बताए ।
उनीहरु तालबाराहीको सन्ध्या आरतीको समयमा मात्रै देखिने गरेको स्थानीय भनाइ छ । त्यहाँ पुग्नेले उनीहरुलाई “पैसा चढाउँछन्, फोटो खिच्छन् । सेतो विभूती लगाइदिए पछि आर्शिवाद दिएझै गुनगुनाउँछन् ।” त्यहाँ आउने पर्यटकले रु १० देखि माथि पाँच सय ,एक हजार सम्म रकम चढाएर उनीहरुलाई ढोग्ने गरेको स्थानीय प्रत्यक्षदर्शी सुनील क्षेत्रीले बताए । “एक घण्टाको बसाइमा पाँच हजारभन्दा माथि रकम संकलन गरे होलान् ।” क्षेत्रीले भने ।   
माता तालबाराही आरती सेवा समितिका सदस्य तुलसी दाहालले केहि दिनदेखि देखिएका गैह्र हिन्दुहरुले शिवपार्वतीको भेषमा पैसा संकलन गर्ने तौर तरीका गजबको लागेको बताउनुभयो ।  “सन्ध्याको आरती समयलाई लक्षित गरी उहाँहरु शिव पार्वती भेषमा आउने र पैसा संकलन गरेर जाने कुरालाई कति सकारात्मक रुपमा लिन सकिन्छ ?” उहाँले भन्नुभयो– “कोहि कसैले हिन्दु धर्म अनुसरण गर्छन् भने त्यो सकारात्मक पक्ष हो तर हिन्दु धर्मको आवरणमा पैसा कमाउने मात्रै धन्दा हो भने त्यसको छानवीन हुनुपर्छ ।” 
तालबाराही सन्ध्या आरती २०७५ साल असोज २४ गतेबाट सञ्चालित छ । दिनको ४५ सय देखि ५ हजार सम्म व्यवस्थापकीय खर्च लाग्ने दाहालको भनाइ छ । सन्ध्या आरतीको मौका छोपेर विदेशी नागरिकबाट भइरहेको यस्तो गतिविधिले भक्तजनहरुमा भ्रम सृजना हुने उहाँले बताउनुभयो । यो गतिविधिलाई तत्काल रोकेर छानबिन गर्नुपर्ने उहाँको माग छ । “हिन्दुको भेषमा गैह्र हिन्दुको यो रुपको सत्य तथ्य बाहिर आउनु पर्छ । यदि उहाँहरुले हिन्दु धम नै अनुसरण गर्नुभएको हो भने पनि प्रक्रिया र कानुनी तरीकाबाट यसलाई स्वीकृत गरिएको छ कि छैन त्यो पनि सरोकार निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।  
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणी लामिछाने यो विषयलाइ छानविनको लागि पहल गरिने बताउनुभयो । आफूले पनि भर्खर मात्र यस विषयमा थाहा पाएको वास्तविकता बुझ्न पहल गरिने र सोहि अनुसार अगाडि बढ्ने उहाँले बताउनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकार डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय (04.10.2019)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द (04.04.2019)
महंगो शुल्क लिएर परीक्षाका बेला अलपत्र (04.04.2019)
कहिले नेतृत्व पाउने नेविसंघले ? (03.28.2019)
खुल्यो मलेसिया र खाडीको विकल्पमा जापान (03.28.2019)
नेपाली जमीन भारतीयको कब्जामा (03.18.2019)
सरकारी जग्गा व्यक्तिको नाममा किन फैसला भो (01.01.2019)
रक्षामन्त्रीको उद्घोष– निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गछौैं (12.11.2018)
यिनीहरुलाई न चिसोले न फोहरको घीनलाग्छ ... (12.11.2018)
६६ हजार द्वन्द्वपीडितको उजुरी कहिले सुनुवाई हुने (12.11.2018)
नागरिकता वितरण हचुवाका भरमा हुँदैन (11.20.2018)
कहिले फेरिन्छ यिनीहरुको जीवन ? (11.20.2018)
नक्कली नागरिकताको खेती गर्ने पक्राउ (10.10.2018)
बौद्ध प्रहरी प्रमुख घूससहित पक्राउ (10.10.2018)
समाजसेवी त्रिपाठीको निधन (10.02.2018)
दशैं तिहार केन्द्रित विशेष सुरक्षा योजना (10.02.2018)
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण (09.25.2018)
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं (09.25.2018)
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)
अब सवारी चालकलाई आरामस्थल (09.11.2018)



 
::| Latest News

 
[Page Top]