युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.19.2019, 02:34am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
फलाम र पत्थर खानी उत्खनन गर्दै सरकार
Wednesday, 04.10.2019, 10:55am (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपरासी, पर्वत र तनहुँका फलाम खानी तथा जाजरकोटको पत्थर खानी उत्खनन गर्न सरकार लागिपरेको जानकारी दिनुभएको छ । बुधबार राष्ट्रिय विकास परिषद्को बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।
“जनताले बहुमत दिएर बनाएको सरकार छ, यसले विकासमा स्पष्ट नीति लिन्छ, तिनै नीतिहरूको आधारमा योजना बनाइन्छ र का¥यान्वयन गरिन्छ, सरकार विकासको महाअभियानमा सरिक भएकाले पक्षविपक्ष होइन, सबैले सहकार्य गरेर देश निर्माणमा जुटौँ, फेद न टुप्पोको विरोध गरेर देश विकासमा अवरोध नगरौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
विकासका प्रयासलाई साथ र सहयोग गर्न अन्तरराष्ट्रिय समुदाय पनि इच्छुक भएको उहाँले स्पष्ट गर्नुुभयो । हालै सम्पन्न लगानी सम्मेलनमा छिमेकी देशका लगानीकर्ताको उत्साहपूर्वक सहभागिताले त्यसै कुराको सङ्केत गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । “विकासका प्रयासलाई साथ सहयोग दिन अन्तरराष्ट्रिय समुदाय पनि इच्छुक छ, लगानी सम्मेलनले यसलाई स्पष्ट पारेको छ, विकासका महत्वकाङ्क्षी योजना लिएर सरकार अघि बढ्छ”, उहाँले भन्नुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यमा पुग्न भौतिक विकास, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा सन्तुलित विकास हुने गरी काम गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । नयाँ कुराको अभिव्यक्तिले पनि मानिसको सोचाइमा परिवर्तन आउने प्रधानमन्त्री ओलीको भनाइ छ । 
कोशी नदीमा ‘स्टिमर’ चल्नु त्यसकै एउटा उदाहरण भएको उहाँले बताउनुभयो । कृषिमा यान्त्रिकीकरण गरेर उत्पादकत्व बढाउने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । “कृषिमा यान्त्रिकीकरण गर्दा कसैको रोजगारी खोसिँदैन, बरु यसले रोजगारीका नयाँ अवसर सिर्जना गर्दछ, त्यसैले आधुनिकताले रोजगारी खोसिने नभई रोजगारीको रुपान्तरण चाहिँ हुने हो”, उहाँले भन्नुभयो ।
राष्ट्रिय विकास परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले १५ औँ योजनाले पाँच वर्षको विकासको योजना मात्र प्रस्तुत नगरी आगामी २५ वर्षमा नेपालको विकासको प्रारुप तयार गरेको स्पष्ट पार्नुभयो । “यस योजनाले विसं २०९९ मा नेपालको विकासको अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट खाका दिएको छ”, उहाँले भन्नुभयो ।
आयोगले तयार गरेको १५ औँ पञ्चवर्षीय योजना २०७६/०७७ –२०८०/८१ को प्रस्तावित आधारपत्रलाई अन्तिम रुप दिन बैठक आयोजना गरिएको हो । बिहीबारसम्म चल्ने बैठकमा सातै प्रदेशका सरकार, गाउँपालिका र नगरपालिका सङ्घका पदाधिकारी र निजी क्षेत्रको सहभागिता छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
शिव पार्वतीको भेषका विदेशी नागरिक भक्तजनबाट मोटो रकम असुल्दै (04.10.2019)
सरकार डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय (04.10.2019)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द (04.04.2019)
महंगो शुल्क लिएर परीक्षाका बेला अलपत्र (04.04.2019)
कहिले नेतृत्व पाउने नेविसंघले ? (03.28.2019)
खुल्यो मलेसिया र खाडीको विकल्पमा जापान (03.28.2019)
नेपाली जमीन भारतीयको कब्जामा (03.18.2019)
सरकारी जग्गा व्यक्तिको नाममा किन फैसला भो (01.01.2019)
रक्षामन्त्रीको उद्घोष– निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गछौैं (12.11.2018)
यिनीहरुलाई न चिसोले न फोहरको घीनलाग्छ ... (12.11.2018)
६६ हजार द्वन्द्वपीडितको उजुरी कहिले सुनुवाई हुने (12.11.2018)
नागरिकता वितरण हचुवाका भरमा हुँदैन (11.20.2018)
कहिले फेरिन्छ यिनीहरुको जीवन ? (11.20.2018)
नक्कली नागरिकताको खेती गर्ने पक्राउ (10.10.2018)
बौद्ध प्रहरी प्रमुख घूससहित पक्राउ (10.10.2018)
समाजसेवी त्रिपाठीको निधन (10.02.2018)
दशैं तिहार केन्द्रित विशेष सुरक्षा योजना (10.02.2018)
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण (09.25.2018)
गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गरौं (09.25.2018)
संविधानले दिएको छ शिक्षाको आधार तर कार्यान्वयन.... (09.25.2018)



 
::| Latest News

 
[Page Top]