युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.22.2019, 09:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
समताले पायो गिनिज बुकको प्रमाणपत्र
Tuesday, 04.16.2019, 01:15pm (GMT+5.5)

नेपालमा मात्र हैन विदेशमा समेत एक सय रुपैयाँमा स्तरीय शिक्षा उपलब्ध गराउने अभियान नै चलाइरहेको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समतालाई सोमबार सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा  आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ ।
प्रधानमन्त्री ओलीले रु १०० मा विद्यार्थी पढाएर गरीबका छोराछोरीलाई फाउण्डेशनले गुन लगाएको बताउँदै राज्यले लिनुपर्ने दायित्व बहन गरेकामा खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अङ्ग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।” प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको जनाउँदै सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएकामा बधाई व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने  जिकिर गर्दै नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
मह जोडीको सहयोगमा सञ्जेलले सन् २००१(विसं २०५८तिर) स्थापना गरेको सो स्कूलले मासिक रु १०० शुल्कमा विभिन्न जिल्लामा शाखा विस्तार गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आर्थिक रुपमा कमजोर भएका र अरू कुनै कारणले विद्यालय जान नपाएका बालबालिकालाई सो स्कूलले विशेष ध्यान दिँदै आएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
डेढ दर्जन अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने (04.10.2019)
फलाम र पत्थर खानी उत्खनन गर्दै सरकार (04.10.2019)
शिव पार्वतीको भेषका विदेशी नागरिक भक्तजनबाट मोटो रकम असुल्दै (04.10.2019)
सरकार डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय (04.10.2019)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द (04.04.2019)
महंगो शुल्क लिएर परीक्षाका बेला अलपत्र (04.04.2019)
कहिले नेतृत्व पाउने नेविसंघले ? (03.28.2019)
खुल्यो मलेसिया र खाडीको विकल्पमा जापान (03.28.2019)
नेपाली जमीन भारतीयको कब्जामा (03.18.2019)
सरकारी जग्गा व्यक्तिको नाममा किन फैसला भो (01.01.2019)
रक्षामन्त्रीको उद्घोष– निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गछौैं (12.11.2018)
यिनीहरुलाई न चिसोले न फोहरको घीनलाग्छ ... (12.11.2018)
६६ हजार द्वन्द्वपीडितको उजुरी कहिले सुनुवाई हुने (12.11.2018)
नागरिकता वितरण हचुवाका भरमा हुँदैन (11.20.2018)
कहिले फेरिन्छ यिनीहरुको जीवन ? (11.20.2018)
नक्कली नागरिकताको खेती गर्ने पक्राउ (10.10.2018)
बौद्ध प्रहरी प्रमुख घूससहित पक्राउ (10.10.2018)
समाजसेवी त्रिपाठीको निधन (10.02.2018)
दशैं तिहार केन्द्रित विशेष सुरक्षा योजना (10.02.2018)
यातायात कार्यालयमा हचुवाकै भरमा रगत परीक्षण (09.25.2018)



 
::| Latest News

 
[Page Top]