युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 07.23.2019, 08:52pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
वैदेशिक रोजगारीबाट फर्केकाहरु यसरी ठगिन्छन्
Tuesday, 06.18.2019, 02:35pm (GMT+5.5)

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाडौँलगायत आसपासका क्षेत्रमा सक्रिय छन् । उनीहरू काठमाडौँको नयाँ बसपार्क, बौद्धलगायत क्षेत्रमा यसरी ठगी कार्यमा सक्रिय रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँले डलर र सुन साट्ने भनेर कसैले प्रलोभन दिएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । 
महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार विगतदेखि नै यस्ता व्यक्तिहरू सक्रिय रहेकाले निगरानी बढाएर धेरैलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
आइतबार मात्रै पनि परिसरले यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको साँगाबाट डलर र सुन साट्ने भनी लुटपाट गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भई काभ्रे पाँचखाल बस्ने जीतबहादुर तामाङ र धुलिखेल बस्ने रामबहादुर तामाङ पक्राउ गरेको परिसरले जनाएको छ । 
यसअघि नयाँ बसपार्कबाट यसैगरी ठगी गर्दै आएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो । जीतबहादुर र रामबहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएका व्यक्तिहरूलाई डलर र सुन साट्नेलगायत अन्य विदेशी रकम बढीमा साट्ने भन्दै ठगी गर्ने गरेको खुल्न आएको छ ।
उनीहरूले पैसाको बण्डलको अगाडि र पछाडि सक्कली नोट राखी भित्र कागज राखेर ठग्ने गरेको परिसरको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
‘बच्चैदेखि चिनेका रवीन्द्रको मुहारमा कहिल्लै निराशा देखिन’ (06.05.2019)
इतिहासको साक्षी ‘संविधानसभा पदक’ (06.05.2019)
नेपालको गौरबपूर्ण तत्य कथ्यको भ्रमले छोपिन्न (06.05.2019)
ठमेलभित्रको विकृति अन्त्यको माग (06.05.2019)
नेपालप्रति चिनको चासो : प्रगतिमा सघाउन सदा तयार (05.28.2019)
नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर (04.30.2019)
अन्तरीक्षमा पठाइयो नेपालको पहिलो स्याटलाइट (04.25.2019)
समताले पायो गिनिज बुकको प्रमाणपत्र (04.16.2019)
डेढ दर्जन अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने (04.10.2019)
फलाम र पत्थर खानी उत्खनन गर्दै सरकार (04.10.2019)
शिव पार्वतीको भेषका विदेशी नागरिक भक्तजनबाट मोटो रकम असुल्दै (04.10.2019)
सरकार डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय (04.10.2019)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द (04.04.2019)
महंगो शुल्क लिएर परीक्षाका बेला अलपत्र (04.04.2019)
कहिले नेतृत्व पाउने नेविसंघले ? (03.28.2019)
खुल्यो मलेसिया र खाडीको विकल्पमा जापान (03.28.2019)
नेपाली जमीन भारतीयको कब्जामा (03.18.2019)
सरकारी जग्गा व्यक्तिको नाममा किन फैसला भो (01.01.2019)
रक्षामन्त्रीको उद्घोष– निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गछौैं (12.11.2018)
यिनीहरुलाई न चिसोले न फोहरको घीनलाग्छ ... (12.11.2018)



 
::| Latest News

 
[Page Top]