युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.23.2019, 11:20pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
नेपाल अशान्त हुँदा चीन र भारत ढुक्कले निदाउन सक्दैनन्
Monday, 07.22.2019, 05:33pm (GMT+5.5)

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर आर्थिक विकासतर्फ अघि बढ्ने नीति अवलम्बन गरेको बताउनुभएको छ । उहाँले चीन र भारतजस्ता विकसित देशको बीचमा रहेर नेपाल सधैँ अविकसित रहन नसक्ने र नेपाल अशान्त रहे यी दुई मुलुक पनि शान्त हुन नसक्ने बताउनुभएको छ ।
प्रवासको चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति–अर्थतन्त्रमा श्रम, समाज र संस्कृति’ विषयको विचारगोष्ठीमा उहाँले सो धारणा राख्नुभएको हो ।
नेपालले आफूसँग भएको ‘सफ्ट पावर’(बौद्धदर्शन, योग आदि) को प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो । नेपालको परराष्ट्र नीति सबैसँग मित्रता, सबैसँग स्वीकार्यता र सबैसँग आत्मीयता’ का आधारमा अघि बढेको उहाँको भनाइ थियो ।  नेपाल विगतदेखि नै स्वतन्त्र, तटस्थ र असंलग्न राष्ट्रका रुपमा पहिचान बनाउँदै आएको र अहिलेसम्म पनि त्यसलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो । नेपाल विगतदेखि नै कुनै पनि ‘एलायन्स’ मा संलग्न नभएको र त्यसैका आधारमा पहिचान बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीले त्यहाँ पुगेर पनि इमान्दार, मिहिनेती र अहिले आएर रचनात्मक भएर पनि चिनिएका छन् ।”
अर्काे प्रसङ्गमा उहाँले वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउने र देशभित्रै रोजगारीको सिर्जना गर्ने दुवै कुरा सरकारको प्राथमिकतामा रहेको औँल्याउनुभयो । वैदेशिक रोजगारीमा सकेसम्म दक्ष नसके कम्तीमा अर्धदक्ष कामदार पठाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो । देशमा रोजगारी बढाउन वैदेशिक लगानीका लागि सरकारले आह्वान गरिरहेको उहाँको भनाइ थियो ।
हामीसँग भएका फरक कुरा विश्वलाई चिनाउनुपर्नेमा मन्त्री ज्ञवालीको जोड छ । महिला सहभागिताका हिसाबले नेपाल विश्वमा उत्कृष्ट देशमध्ये पर्ने कुरा होस् वा मृत्युदण्डको व्यवस्था नभएर अपराधीलाई सुधार गर्न सकिन्छ भन्ने कुरा नेपालले अरूलाई सुनाउन सक्ने विषय भएको उहाँले आँैल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले गरेको राजनीतिक परिवर्तन पनि हामीले विश्वसामु सुनाउन सक्छौँ ।”
गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले नेपालले बोलेको विश्वका धेरै देशहरुले सुन्न थाल्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो ।  अर्थविद् पारस खरेलले अहिलेसम्म कति नेपाली प्रवासमा कार्यरत छन् भन्ने समेतको तथ्याङ्क सरकारसँग नभएको बताउनुभयो । 
संस्थाका महासचिव गणेश पाठकले संस्थाले विगतदेखि नै श्रम र रोजगारीका विषयमा छलफल गर्दै आएको बताउनुभयो । कार्यक्रममा अर्थविद्, सञ्चारविद्, परराष्ट्रविद्, चलचित्रकर्मी, पत्रकारलगायत सहभागी थिए । 


Rating (Votes: )   
Share     Print


Other Articles:
एसइईको परीक्षाफल असार दोस्रो एसइईको परीक्षाफल असार दोस्रो (06.18.2019)
वैदेशिक रोजगारीबाट फर्केकाहरु यसरी ठगिन्छन् (06.18.2019)
‘बच्चैदेखि चिनेका रवीन्द्रको मुहारमा कहिल्लै निराशा देखिन’ (06.05.2019)
इतिहासको साक्षी ‘संविधानसभा पदक’ (06.05.2019)
नेपालको गौरबपूर्ण तत्य कथ्यको भ्रमले छोपिन्न (06.05.2019)
ठमेलभित्रको विकृति अन्त्यको माग (06.05.2019)
नेपालप्रति चिनको चासो : प्रगतिमा सघाउन सदा तयार (05.28.2019)
नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर (04.30.2019)
अन्तरीक्षमा पठाइयो नेपालको पहिलो स्याटलाइट (04.25.2019)
समताले पायो गिनिज बुकको प्रमाणपत्र (04.16.2019)
फलाम र पत्थर खानी उत्खनन गर्दै सरकार (04.10.2019)
डेढ दर्जन अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने (04.10.2019)
शिव पार्वतीको भेषका विदेशी नागरिक भक्तजनबाट मोटो रकम असुल्दै (04.10.2019)
सरकार डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय (04.10.2019)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द (04.04.2019)
महंगो शुल्क लिएर परीक्षाका बेला अलपत्र (04.04.2019)
कहिले नेतृत्व पाउने नेविसंघले ? (03.28.2019)
खुल्यो मलेसिया र खाडीको विकल्पमा जापान (03.28.2019)
नेपाली जमीन भारतीयको कब्जामा (03.18.2019)
सरकारी जग्गा व्यक्तिको नाममा किन फैसला भो (01.01.2019)



 
::| Latest News

 
[Page Top]