युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 06:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
संसदीय समितिको अप्ठ्यारो– न्यायाधीशको फैसलाबिरुद्ध के गर्ने ?
Tuesday, 09.10.2019, 08:16am (GMT+5.5)

काठमाडौं । सर्वोच्च अदालतले केही दिन अघि एनसेलले तिर्नुपर्ने ३९ अर्ब रुपैयाँ लाभकर तिर्नुनपर्ने फैसला गरेपछि प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर निर्धारणसम्बन्धी सर्वाेच्च अदालतबाट भएको निर्णयको फैसला अध्ययनका सम्बन्धमा वरिष्ठ संविधानविद्सँग परामर्श गर्ने भएको छ । 
समितिको हालैको बैठकमा सदस्य सञ्जयकुमार गौतमले ऐनसेलको विषयमा अघिल्लो बैठकमा उठाएका विषयमा के प्रगति भयो भनी ध्यानाकर्षण गराएपछि सभापति कृष्णभक्त पोखरेलले विज्ञको राय लिनुपर्ने देखिन्छ भन्नुभयो ।  
सभापति पोखरेलले भन्नुभयो, “महाअभियोगसम्म लगाउन सक्ने क्षमता रहेको निकायले न्यायालयबाट भइरहेको कामका सन्दर्भमा अध्ययन नै गर्न नमिल्ने भन्ने छैन । वरिष्ठ संविधानविद्लाई बोलाएर छलफल गर्नुपर्ने देखिन्छ ।”
अदालतमा एनसेललगायतका विषयमा भएको निर्णयबारे नागरिक समाजमा चलेको बहसबाट समेत यस विषयमा छलफलको माग गरिरहेको हुँदा हामी गम्भीर भएका छाँै भन्दै उहाँले भन्नुभयो, “अदालतमा मुद्दा चलिरहेका बेला यस्तो हुनुपर्छ भनेर प्रभाव पार्ने गरी बाहेक भइसकेका फैसलाका बारेमा हुने रचनात्मक टीकाटिप्पणीले अदालतको अवहेलना हँुदैन । साझा धारणा राखेर अघि बढ्यौँ भने अध्ययन गर्न बाधा अड्चन छैन ।”
अर्का सदस्य मीन विश्वकर्माले फैसलाको एनसेललगायतका निर्णयलाई लिएर पूर्वप्रशासक र नागरिक समाजबाट पनि पक्षविपक्षमा बहस र छलफल सुनिएको हुँदा यस विषयमा समितिले विज्ञसँग छलफल गर्नु स्वाभाविक हो, साझा विषय बनाएर अघि बढौँ भन्नुभयो ।
समितिको आजैको बैठकले मुलुकका विभिन्न जेल र हिरासतमा मानव अधिकारको अवस्थाका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने निर्णय पनि गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी (09.10.2019)
शालिकरामको पोष्टमार्टम रिपोर्टले नयाँ तथ्य खुल्यो (08.20.2019)
संसारभरका लगानीकर्तालाई लगानी गर्न आग्रह (07.30.2019)
काठमाडौंमा पहलोपटक बन्दैछ बलियो र सुन्दरताको प्रतीक ‘नेटवर्क आर्क पुल’ (07.22.2019)
नेपाल अशान्त हुँदा चीन र भारत ढुक्कले निदाउन सक्दैनन् (07.22.2019)
एसइईको परीक्षाफल असार दोस्रो एसइईको परीक्षाफल असार दोस्रो (06.18.2019)
वैदेशिक रोजगारीबाट फर्केकाहरु यसरी ठगिन्छन् (06.18.2019)
‘बच्चैदेखि चिनेका रवीन्द्रको मुहारमा कहिल्लै निराशा देखिन’ (06.05.2019)
इतिहासको साक्षी ‘संविधानसभा पदक’ (06.05.2019)
नेपालको गौरबपूर्ण तत्य कथ्यको भ्रमले छोपिन्न (06.05.2019)
ठमेलभित्रको विकृति अन्त्यको माग (06.05.2019)
नेपालप्रति चिनको चासो : प्रगतिमा सघाउन सदा तयार (05.28.2019)
नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर (04.30.2019)
अन्तरीक्षमा पठाइयो नेपालको पहिलो स्याटलाइट (04.25.2019)
समताले पायो गिनिज बुकको प्रमाणपत्र (04.16.2019)
फलाम र पत्थर खानी उत्खनन गर्दै सरकार (04.10.2019)
डेढ दर्जन अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने (04.10.2019)
शिव पार्वतीको भेषका विदेशी नागरिक भक्तजनबाट मोटो रकम असुल्दै (04.10.2019)
सरकार डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय (04.10.2019)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द (04.04.2019)



 
::| Latest News

 
[Page Top]