युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
Tuesday, 10.22.2019, 01:22pm (GMT+5.5)

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६÷७७ लागि मेडिकल कलेजहरूका लागि नयाँ सिट निर्धारण गरेको हो ।
काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल (एमबिबीएस ८५ र बिडीएस ५०), नोबेल मेडिकल कलेज (एमबिबीएस १०० र बिडीएस ३५) ले सिट प्राप्त गरेका छन् ।
यसैगरी विराट मेडिकल कलेज (एमबिबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबिबीएस १०० र बिडीएस ५०), नेपाल मेडिकल कलेज ( एमबिबीएस १०० र बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस ( एमबिबीएस १०० र बिडीएस ५०) र लुम्बिनी मेडिकल कलेज ( एमबिबीएस १००), नेपालगञ्ज मेडिकल कलेज (एमबिबीएस १००), मनिपाल मेडिकल कलेज (एमबिबीएस १००), देवदह मेडिकल कलेज ( एमबिबीएस ५०) र कान्तिपुर डेन्टल कलेज (बिडीएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।

नयाँ शुल्क निर्धारण 
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६÷७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो । उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान (10.15.2019)
अब नागढुङ्गामा अब जाम हुँदैन ! (10.02.2019)
चितवन मेडिकल कलेजले गर्ने भो बढी लिएको शुल्क (09.25.2019)
बैंकको सिईओबाट खोलाको जग्गा धितो राखेर ऋण (09.25.2019)
बल्ल सुरु भो शून्य लागतमा मलेसिया रोजगारी (09.17.2019)
भ्रमण वर्ष सफल पार्न नेपाल–भारत–चीन ट्राभल एक्स्पो हुँदै (09.17.2019)
परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष दाहालको आह्वान (09.17.2019)
संसदीय समितिको अप्ठ्यारो– न्यायाधीशको फैसलाबिरुद्ध के गर्ने ? (09.10.2019)
अधिकांश मेडिकल कलेजले बढी शुल्क लिए (09.10.2019)
गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी (09.10.2019)
शालिकरामको पोष्टमार्टम रिपोर्टले नयाँ तथ्य खुल्यो (08.20.2019)
संसारभरका लगानीकर्तालाई लगानी गर्न आग्रह (07.30.2019)
काठमाडौंमा पहलोपटक बन्दैछ बलियो र सुन्दरताको प्रतीक ‘नेटवर्क आर्क पुल’ (07.22.2019)
नेपाल अशान्त हुँदा चीन र भारत ढुक्कले निदाउन सक्दैनन् (07.22.2019)
एसइईको परीक्षाफल असार दोस्रो एसइईको परीक्षाफल असार दोस्रो (06.18.2019)
वैदेशिक रोजगारीबाट फर्केकाहरु यसरी ठगिन्छन् (06.18.2019)
‘बच्चैदेखि चिनेका रवीन्द्रको मुहारमा कहिल्लै निराशा देखिन’ (06.05.2019)
इतिहासको साक्षी ‘संविधानसभा पदक’ (06.05.2019)
नेपालको गौरबपूर्ण तत्य कथ्यको भ्रमले छोपिन्न (06.05.2019)
ठमेलभित्रको विकृति अन्त्यको माग (06.05.2019)



 
::| Latest News

 
[Page Top]