युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 11:08pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
सताक्षीधाममा गौमूत्रबाट औषधि उत्पादन सुरु
Wednesday, 11.27.2019, 10:51am (GMT+5.5)

हिन्दु धर्मले गाईलाई लक्ष्मी र आमाका रुपमा किन सम्मानित गरेको र गौबध किन गर्नुहुन्न भने स्पष्ट कारणसहित गाईको गुण बयान गरेको छ । गाईको दूधदेखि मलमुत्र समेत मानव जीवनका लागि अति उपयोगी भएकाले गाई संरक्षणको मान्यता स्थापित गरिएको हो ।
नेपालमा गाईलाई राष्ट्रिय जनावर मानिएको छ तापनि यसमा विमति राख्नेहरुले गौबध गर्न पाउनुपर्ने र गाई हिन्दुहरुको मात्र माता भएको गलत चर्चा गरिए पनि गाई सम्पूर्ण मानवका लागि माता नै हुन् । र आजभोलि गौमुत्रबाट औषधि बनाउन थालिएबाट पनि यो प्रमाणित हुन्छ ।
झापास्थित धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा गौमूत्रबाट गौअर्क ब्रान्डको औषधि उत्पादन गर्न शुरु गरिएको छ । धाममा २०७१ सालमा गोलोक गोवद्र्धन गौशाला स्थापना गरिएको र गौशालाका उन्नत तथा स्वस्थ गाईको मूत्र भुइँमा झर्न नदिई सोझै सङ्कलन गरी वाष्पीकरणको प्रक्रियाबाट पुनः तरल पदार्थमा रूपान्तरण गरी गौअर्क उत्पादन हुने गरेको गौशालाका संरक्षक भारद्वाजले जानकारी दिनुभयो । 
उहाँका अनुसार दैनिक ४० लिटर गौअर्क उत्पादन हुने गरेको छ । “गौअर्क पेटमा देखिने कुनै पनि समस्याको उपचारका लागि प्रयोग गरिन्छ”, भारद्वाजले भन्नुभयो । 
गौशालाले बेलको जुस, गोबरको कोइला, अगरबत्ती, हवन सामग्री, गड्यौँला मलको पनि उत्पादन शुरु गरेको छ । गड्यौँला मल दैनिक एक क्विन्टल उत्पादन हुने गरेको छ । गौशालामा आयुर्वेदिक औषधिको व्यावसायिक उत्पादन गर्ने तयारी गरिएको गौशालाको व्यवस्थापन प्रमुख लीला शास्त्रीले बताउनुभयो । 
गौशालामा रहेका गाईको स्वास्थ्य उपचारका लागि धाममा गौ अस्पताल निर्माण भएको छ । गौशालाले करोडौँ रुपैयाँको लागतमा शिवलिङ्ग र मन्दिर निर्माण गरिरहेको छ । गौशालाले हरिदेव गुरुकुल विद्यालयसमेत सञ्चालन गरिरहेको छ । 
गोलोक गोवद्र्धन गौशालाधाम स्थापना भएपछि सताक्षीधामको मुहारमा परिवर्तन आएको बताइएको छ । धार्मिक महोत्सवमा गौशालाको महिमा र गौमूत्रका विषयमा समेत जानकारी गराइन्छ । यहाँ  ३०० भन्दा बढी गाईको संरक्षण गरिएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
विकासको मुल फुटाउने संघीयता सरकारहरुबीच समन्वय नहुँदा आफैं अलमल (11.27.2019)
भारतीय ज्यादतिको नांगो रुप- नेपाली भूमिमा श्मसान बनाउन पनि रोके एसएसबीले (11.14.2019)
सडक विस्तारा गर्न नसके कालोपत्रे मात्रै गर्नु (11.14.2019)
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे (10.22.2019)
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण (10.22.2019)
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान (10.15.2019)
अब नागढुङ्गामा अब जाम हुँदैन ! (10.02.2019)
चितवन मेडिकल कलेजले गर्ने भो बढी लिएको शुल्क (09.25.2019)
बैंकको सिईओबाट खोलाको जग्गा धितो राखेर ऋण (09.25.2019)
भ्रमण वर्ष सफल पार्न नेपाल–भारत–चीन ट्राभल एक्स्पो हुँदै (09.17.2019)
बल्ल सुरु भो शून्य लागतमा मलेसिया रोजगारी (09.17.2019)
परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष दाहालको आह्वान (09.17.2019)
संसदीय समितिको अप्ठ्यारो– न्यायाधीशको फैसलाबिरुद्ध के गर्ने ? (09.10.2019)
अधिकांश मेडिकल कलेजले बढी शुल्क लिए (09.10.2019)
गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी (09.10.2019)
शालिकरामको पोष्टमार्टम रिपोर्टले नयाँ तथ्य खुल्यो (08.20.2019)
संसारभरका लगानीकर्तालाई लगानी गर्न आग्रह (07.30.2019)
काठमाडौंमा पहलोपटक बन्दैछ बलियो र सुन्दरताको प्रतीक ‘नेटवर्क आर्क पुल’ (07.22.2019)
नेपाल अशान्त हुँदा चीन र भारत ढुक्कले निदाउन सक्दैनन् (07.22.2019)
एसइईको परीक्षाफल असार दोस्रो एसइईको परीक्षाफल असार दोस्रो (06.18.2019)



 
::| Latest News

 
[Page Top]