युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 12:58pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
दुई दिनकोबीचमा दुई कलाकारको अवशान
Tuesday, 12.17.2019, 12:39pm (GMT+5.5)

बितेका दुई दिनमा नेपाली चलचित्रका दुई प्रतिभाको अवशान भयो । कलाकार दीपक क्षेत्रको शनिबार निधन भएको थियो भने आइतबार राति चलचित्र विकास बोर्डका अधयक्षा तथा कलाकार एवं निर्माता केशव भट्टराईको निधन भएको हो ।
यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनकोबीचमा नेपाली चलचित्र क्षेत्रका दुई प्रतिभाको अवशानले नेपाली कला क्षेत्रले ठूलो क्षति व्यहोरेको बताउनुभएको छ । उहाँले आइतबार ट्वीट गर्दै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सोमबार ट्विट गर्दै भन्नुभएको छ, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । 
चलचित्र निर्माता, अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उहाँको निधन भएको थियो ।
५१ वर्षीया भट्टराईको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको र निधनको कारण भने खुलेको छैन ।
करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराईले केही राम्रा कामको सुरुवात समेत गर्नुभएको थियो । तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराईले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् ।
उता लामो समयदेखि घाँटीको समस्याबाट पीडित अभिनेता दीपक क्षेत्रीको निधन भएको छ । दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका कुशल कलाकार ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको हो ।
अभिनेता क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र क्षेत्री मृत भेटिएका थिए । महानगरीय प्रहरी वृत्त कमल पोखरीले दिएको जानकारी अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सताक्षीधाममा गौमूत्रबाट औषधि उत्पादन सुरु (11.27.2019)
विकासको मुल फुटाउने संघीयता सरकारहरुबीच समन्वय नहुँदा आफैं अलमल (11.27.2019)
भारतीय ज्यादतिको नांगो रुप- नेपाली भूमिमा श्मसान बनाउन पनि रोके एसएसबीले (11.14.2019)
सडक विस्तारा गर्न नसके कालोपत्रे मात्रै गर्नु (11.14.2019)
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे (10.22.2019)
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण (10.22.2019)
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान (10.15.2019)
अब नागढुङ्गामा अब जाम हुँदैन ! (10.02.2019)
चितवन मेडिकल कलेजले गर्ने भो बढी लिएको शुल्क (09.25.2019)
बैंकको सिईओबाट खोलाको जग्गा धितो राखेर ऋण (09.25.2019)
भ्रमण वर्ष सफल पार्न नेपाल–भारत–चीन ट्राभल एक्स्पो हुँदै (09.17.2019)
बल्ल सुरु भो शून्य लागतमा मलेसिया रोजगारी (09.17.2019)
परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष दाहालको आह्वान (09.17.2019)
संसदीय समितिको अप्ठ्यारो– न्यायाधीशको फैसलाबिरुद्ध के गर्ने ? (09.10.2019)
अधिकांश मेडिकल कलेजले बढी शुल्क लिए (09.10.2019)
गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी (09.10.2019)
शालिकरामको पोष्टमार्टम रिपोर्टले नयाँ तथ्य खुल्यो (08.20.2019)
संसारभरका लगानीकर्तालाई लगानी गर्न आग्रह (07.30.2019)
काठमाडौंमा पहलोपटक बन्दैछ बलियो र सुन्दरताको प्रतीक ‘नेटवर्क आर्क पुल’ (07.22.2019)
नेपाल अशान्त हुँदा चीन र भारत ढुक्कले निदाउन सक्दैनन् (07.22.2019)



 
::| Latest News

 
[Page Top]