युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.20.2020, 10:32am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
बरु चीनमै उपचार गरौं
Wednesday, 02.12.2020, 12:15pm (GMT+5.5)

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै राख्नु खतरनाक भएको बताउनुभएको छ । सरकारले चीनबाट फर्काउने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी गरेपछि उहाँले यस्तो बताउनुभएको हो । 
विजुक्छेले सरकारले चीनमा अध्ययनरत विद्यार्थीहरूलाई नेपाल फर्काउने र तिनीहरूलाई काठमाडौँका चार ठाउँमा राख्ने प्रस्ताव अदूरदर्शी भएको बताउँदै विद्यार्थीलाई नेपाल भित्र्याउनु भन्दा चीनमै राख्नु उनीहरूका लागि सुरक्षित रहेको बताउनुभयो । 
चीनबाट फर्काइएका विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइए त्यसले काठमाडौँमा महामारीको रूप लिनसक्ने सम्भावनालाई नकार्न नमिल्ने भन्दै उहाँले त्यस्तो अवस्थामा सरकारसँग रोग नियन्त्रण गर्नसक्ने क्षमतासमेत नरहेको बताउनुभयो ।
कोरोना भाइरस लागेका सङ्क्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारीसमेत नभएको बताउँदै उहाँले चीनले सो भाइरसको सङ्क्रमणलाई प्रतिरोध गर्न तीव्रगतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने बताउनुभयो । सरकारले हचुवाको भरमा भक्तपुरमा राख्न खोज्नु गलत भएको बताउँदै भक्तपुरमा मात्रै नभई उपत्यकामै राख्ने निर्णय गलत रहेको बताउनुभयो । 

पशुपतिमा नमस्कार अभियान
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको कोषले जनाएको छ । नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण फैलिएका बेला बच्नसमेत सहयोग पुग्ने भएकाले पनि यो अभियान आवश्यक रहेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।
नीति वचनमा पनि ‘अभिवादन शीलस्य नित्यं वृद्धोपसेविनः । चत्वारि तस्य वर्धन्ते आयुविद्या यशो बलम् ।।’ अर्थात् नित्य आफूभन्दा अग्रजलाई नमस्कार गर्ने, ज्येष्ठ नागरिकको सेवा गर्ने व्यक्तिको आयु, विद्या, यश र बल बढ्छ भनिएको छ । यो संस्कारलाई नेपालीको घरघर र मनमनमा पु¥याउन कोषले अभियान शुरु गरेको उहाँले बताउनुभयो । 
“अभियान शुरु गरिसकेपछि हामी किराँतेश्वर सङ्गीत आश्रमको औपचारिक कार्यक्रममा गएका थियौँ, त्यहाँ हामीले कसैसँग हात मिलाएनौँ, सबैलाई नमस्कार ग¥यौँ, यसलाई सबैले सहर्ष स्वीकार गर्नुभयो, त्यस कार्यक्रममा सहभागीले पनि हात नमिलाई नमस्कार अभिवादनमै लाग्ने प्रतिबद्धता जनाउनुभयो”, सदस्य सचिव ढकालले भन्नुभयो ।
यसवर्षको महाशिवरात्रिदेखि कोषले नमस्कार गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । नेपालीले आफ्ना संस्कार र संस्कृति भुलेर पश्चिमी संस्कार नै आफ्नो संस्कार सम्झन थालेकाले जागरणका लागि यो अभियान शुरु गरिएको हो ।

मिडिया काउन्सिल विधेयक पारित 
काठमाडौं । निकै चर्चा र बिरोधको विषय बनेको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ पत्रकार बन्न परीक्षा दिनुपर्ने संशोधन प्रावधान हटाएर राष्ट्रियसभाको बैठकले सर्वसम्मतिले पारित गरेको छ । 
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा छलफल भई सहमति भएअनुसार नै पत्रकारहरुका लागि लाइसेन्स, परीक्षा तथा दर्ताक्रम हटाएर विधेयक पारित गरिएको हो । 
बैठकमा सञ्चारमन्त्री बाँस्कोटाले विधेयकको परीक्षासम्बन्धी व्यवस्था, लाइसेन्स र दर्ता तथा अभिलेखसम्बन्धी परेको संशोधन प्रस्तावलाई स्वीकार गरेको घोषणापछि यसलाई सर्वसम्मत पारित गरिएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अंग्रेज साम्राज्यलाई परास्त गरेको सिन्धुलीगढी अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बन्ने (01.14.2020)
पृथ्वीनारायण शाहको विचार अहिले पनि सान्दर्भिक : राष्ट्रपति (01.14.2020)
योग शिक्षा अब माध्यमिकदेखि उच्चशिक्षासम्म पाठ्यक्रम तयार (01.14.2020)
नेकपा स्थायी कमिटी बैठकमा सीमाका मुद्दा (12.17.2019)
दुई दिनकोबीचमा दुई कलाकारको अवशान (12.17.2019)
सताक्षीधाममा गौमूत्रबाट औषधि उत्पादन सुरु (11.27.2019)
विकासको मुल फुटाउने संघीयता सरकारहरुबीच समन्वय नहुँदा आफैं अलमल (11.27.2019)
भारतीय ज्यादतिको नांगो रुप- नेपाली भूमिमा श्मसान बनाउन पनि रोके एसएसबीले (11.14.2019)
सडक विस्तारा गर्न नसके कालोपत्रे मात्रै गर्नु (11.14.2019)
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे (10.22.2019)
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण (10.22.2019)
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान (10.15.2019)
अब नागढुङ्गामा अब जाम हुँदैन ! (10.02.2019)
चितवन मेडिकल कलेजले गर्ने भो बढी लिएको शुल्क (09.25.2019)
बैंकको सिईओबाट खोलाको जग्गा धितो राखेर ऋण (09.25.2019)
भ्रमण वर्ष सफल पार्न नेपाल–भारत–चीन ट्राभल एक्स्पो हुँदै (09.17.2019)
बल्ल सुरु भो शून्य लागतमा मलेसिया रोजगारी (09.17.2019)
परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष दाहालको आह्वान (09.17.2019)
संसदीय समितिको अप्ठ्यारो– न्यायाधीशको फैसलाबिरुद्ध के गर्ने ? (09.10.2019)
अधिकांश मेडिकल कलेजले बढी शुल्क लिए (09.10.2019)



 
::| Latest News

 
[Page Top]