युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.20.2020, 10:05am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
प्रधानमन्त्री ओलीलाई एसियाली नेतृत्वकर्ता पुरस्कार
Wednesday, 02.12.2020, 12:17pm (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली नेतृत्वकर्ता पुरस्कार प्रदान गरिएको छ । शनिबार उहाँलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको हो । नेपाल व्यवस्थापन सङ्घको ३९आँै राष्ट्रिय सम्मेलनको अवसरमा आयोजित ‘एशियाली नेतृत्वकर्ता पुरस्कार कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो । 
सो अवसरमा प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गर्नुभयो । उहाँले सरकार जनताको सुख र समृद्धिको निम्ति काम गरिरहेको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध रुपमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल स्रोत र साधनले धनी देश हो, अब यी स्रोतसाधनको प्रयोग गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई नेपाल फर्काउने अभियानमा सरकार लागिपरेको छ ।” 
प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरता छाएको र स्थिर सरकार बनेको अवस्थामा अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्न सबैलाई अपिल गर्नुभयो । विसं २०७२ को भूकम्पपछि नेपालले पुनःनिर्माण र नवनिर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले मुलुक विकासको बाटोमा अगाडि बढिसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा कोरोना भाइरस छैन, नेपाल कोरोना भाइरसमुक्त छ, यसबाट जोगिनका लागि व्यवस्थापन गरिएको छ, डराउनुपर्ने कुनै अवस्था छैन ।” 
सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘एशियन लिडरसीप अवार्ड–२०२०’ चन्द्रप्रसाद ढकाल (नेपाल) र शिव कुमार (भारत) लाई प्रदान गर्नुभयो । सम्मेलनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री डा युवराज खतिवडाले समेत सम्बोधन गर्नुभएको थियो । 
सङ्घका अध्यक्ष सुशील भट्टले देशको व्यवस्थापन गर्न सङ्घले सरकारलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्नेछ । सम्मेलनमा एक हजार १०० प्रतिनिधि सहभागी रहेका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बरु चीनमै उपचार गरौं (02.12.2020)
अंग्रेज साम्राज्यलाई परास्त गरेको सिन्धुलीगढी अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बन्ने (01.14.2020)
पृथ्वीनारायण शाहको विचार अहिले पनि सान्दर्भिक : राष्ट्रपति (01.14.2020)
योग शिक्षा अब माध्यमिकदेखि उच्चशिक्षासम्म पाठ्यक्रम तयार (01.14.2020)
नेकपा स्थायी कमिटी बैठकमा सीमाका मुद्दा (12.17.2019)
दुई दिनकोबीचमा दुई कलाकारको अवशान (12.17.2019)
सताक्षीधाममा गौमूत्रबाट औषधि उत्पादन सुरु (11.27.2019)
विकासको मुल फुटाउने संघीयता सरकारहरुबीच समन्वय नहुँदा आफैं अलमल (11.27.2019)
भारतीय ज्यादतिको नांगो रुप- नेपाली भूमिमा श्मसान बनाउन पनि रोके एसएसबीले (11.14.2019)
सडक विस्तारा गर्न नसके कालोपत्रे मात्रै गर्नु (11.14.2019)
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे (10.22.2019)
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण (10.22.2019)
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान (10.15.2019)
अब नागढुङ्गामा अब जाम हुँदैन ! (10.02.2019)
चितवन मेडिकल कलेजले गर्ने भो बढी लिएको शुल्क (09.25.2019)
बैंकको सिईओबाट खोलाको जग्गा धितो राखेर ऋण (09.25.2019)
भ्रमण वर्ष सफल पार्न नेपाल–भारत–चीन ट्राभल एक्स्पो हुँदै (09.17.2019)
बल्ल सुरु भो शून्य लागतमा मलेसिया रोजगारी (09.17.2019)
परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष दाहालको आह्वान (09.17.2019)
संसदीय समितिको अप्ठ्यारो– न्यायाधीशको फैसलाबिरुद्ध के गर्ने ? (09.10.2019)



 
::| Latest News

 
[Page Top]