युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.21.2018, 07:28am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
गोली प्रहारबाट घाइते न्यायाधीश बमको निधन
Thursday, 05.31.2012, 12:42pm (GMT+5.5)

आज विहान सवा ११ बजे काठमाडौको शंखमुलमा गोली लागी सख्त घाइते हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको उपचार गदौगर्दै निधन भएको छ । 

गोली लागे लगत्तै उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइनुभएका बमको उपचारका क्रममा निधन भएको नर्भिक अस्पतालका डा भरत रावतले जानकारी दिनुभएको छ । रावतका अनुसार रगत प्रवाह हुने धेरै भागमा गोली लागेकाले उहाँलाई जोगाउन नसकिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार तीनवटा गोली लागेका बमको शरीरबाट अप्रेसन गरी गोली निकालेपछि नै उहाँको निधन भएको थियो । अत्याधिक रक्तश्रावका कारण उहाँको निधन भएको बताइएको छ । बमलाई छातीको बिचमा एक गोली लागेका थियो भने अन्य दुई गोली दुवै कोख र एक गोली घाँटीको बिचमा लागेको प्रहरी बताएको थियो ।

बमका अंगरक्षकको भने उपचार भइरहेको छ । अंगरक्षक महेश गिरीको घाँटीमा गोली लागेको छ । दुवैजना घाइतेलाई स्थानीयले नर्भिक अस्पतालमा पुर्‍याएका थिए । गाडीमा नै रहेको अर्का एक रामजी गिरीको हातमा गोली लागेको छ ।

कार्यालय आउँदै गर्दा शंखमुल युनएन पार्कको घाट छेउमा  उहाँमाथि गोली प्रहार भएको हो । न्यायाधीश बम आफ्नो घर कलंकीबाट बगलामुखी दर्शन गर्न आएको र दर्शन गरेर कार्यालय जाने क्रममा आक्रमण भएको बताइएको छ ।

घटनास्थलमा नेपालवाद पार्टीको पर्चा भेटिएको छ । पहिलो चोटी यो पार्टीको नाम सुनिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
लुम्बिनीमा अत्याधुनिक संचार सेवाको अध्ययन (08.11.2011)
मुलुकको विकासका लागि लोकतान्त्रिक संस्कृतिको आत्मसात् (05.30.2011)



 
::| Latest News

 
[Page Top]