युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 04.09.2020, 09:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राप्रपाको एकीकरण : अर्थ र प्रयोजनीयता ? - तारा सुवेदी
Monday, 03.23.2020, 09:05am
तीनतिर चुलो चौको लगाएका भनौ अथवा तीनवटा अखडा बनाएर बसेका राष्ट्रिय प्रजातन्त्र पार्टी–जसलाई अहिले पनि आम जनताले “पूर्वपञ्चहरुको पार्टी” भनेर बढी चिन्दछन्– फेरि एकीकरण भएको समाचार २६ फागुनको “नयाँ पत्रिका”ले पाचौं पेजमा, आफ्नो टिप्पणी सहित छापेको पढियो । यो पटकको एकीकरण कतियौं पटकको शृङखला हो, न उक्त पत्रिकाले भन्न सकेको छ । न त पक्तिकारले नै गनेर यकिनसाथ भन्नसक्ने स्थिति छ ।
वैदिक दृष्टिमा काम, अर्थ र राजनीति - वेदराज पन्त
Monday, 03.23.2020, 09:05am
राजनीति सिंगो विश्वलाई स्थिरता दिने एउटा अभ्यास हो । तमाम नीति, व्यवहार र प्रचलनहरूलाई व्यवस्थित गरी सोही अनुसारको नीति बनाएर अघि बढ्ने राजनीतिको अहिलेको परिभाषा र वैदिककालीन अर्थ फरक छ । राजनीतिलाई अहिले अध्यात्मवादलेभन्दा अन्धवादले संचालन गर्छ ।
आजको दिशाहीन राजनीतिक चरित्र - महेश्वर शर्मा
Monday, 03.23.2020, 09:03am
साम्राज्यवादीको चकचकी भएको बेलामा पनि आफ्नो पृथक र स्वतन्त्र अस्तित्व जोगाएर बसेको नेपाल आज नेपालीहरुकै अविवेकले गर्दा शंकटापन्न अवस्थामा पुग्ने हो कि भन्ने जगजगी भएको छ ।
सत्ता र पैसाले ल्याएको आजको विचलन - महेश्वर शर्मा
Wednesday, 02.12.2020, 12:21pm
“एकैपटकको जुनी हो, नराम्रो काम नगर है” भन्थे बूढापाकाहरु । तर हिजोआज कसले सुने ? पहिलेका मान्छे नाम कमाउनुपर्छ भन्थे भने आजका दाम कमाउनपट्टि दगुरिरहेका छन् । दाम कमाएपछि नाम त्यसै कमिन्छ भनेर दामका पछि दगुर्नेहरु नाम त कताकता, बदनाम भएको पनि देखिएकै छ । यो कमाउने रोगले गर्दा जीवनमा गर्नुपर्ने काम थाहै नपाई जानेबेला भैसकेको पनि थाहा नपाउने हुँदा रहेछन् ।
अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने हिम्मत भए !- तारा सुवेदी
Wednesday, 02.12.2020, 12:19pm
दुनियाँलाई थाहा भएको कुरा हो, विदेशी मुद्राको र भुक्तानी सन्तुलनको एकमात्र आधार “देशभित्रको वस्तु निकाशी” नै हो । भलै उहिले दाल, चामल, काठ, तोरी र कार्पेट (गलैंचा) जुट घरेलु हस्तकला मूर्ति कलाका सामग्रीहरु निकाशी गरिएको थिए । तर अहिले ती सबैको निकाशी निकै शून्य प्राय वा न्यून छ । 
जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र बन्दै – अजयकुमार साह
Tuesday, 01.14.2020, 12:17pm
सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मुलुकले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेको छ । यो लक्ष्य पूरा गर्न नेपालको धार्मिक, सांस्कृतिक, प्राकतिक सम्पदा र क्षेत्रहरु प्रमुख आकर्षण हुन् र यस्तै आकर्षक क्षेत्रमा त्रेतायुगकालीन प्राचीनन मिथिला राजधानी जनकपुरधाम ।

सरकारले फितलोपन देखाउन हुँदैन - महेश्वर शर्मा
Tuesday, 01.14.2020, 12:16pm
“सासू मरिन् बधु बियाइन– जत्तिको तत्ति” भनेझैं २००७ सालदेखि आजसम्म साल फेरिए जस्तै सरकार पनि फेरिंदै आए । जाने आउने क्रम चलेकै छ । यो हिसावबाट त केही भएकै भन्नुपर्छ होला, तर जनतालाई भने भालेरुख पालेजस्तो अनुभव भैरहेको छ । उपलब्धिका हिसावबाट हेर्दा बितेका ती सात दशक थारै भएर बितेका हुन् भने हुन्छ । 
सत्तामा पुगेर मैंमत्ता नवन, मित्रहरु !- तारा सुवेदी
Tuesday, 01.14.2020, 12:15pm
प्रजातन्त्र, लोकतन्त्रमा त देखेको र लागेको कुरा लेख्न, गाउन हरेक कलाकार, पत्रकारले छूट पाएकै थिए । अरु त अरु तत्कालीन प्रधान न्यायाधीशलाई बाँदरको रुपमा चित्रित गदै उनको हातमा देखाइएको नरिवलको तस्वीरमा “संविधान” भनेर “विमर्श” साप्ताहिकमा छापियो । त्यसपछि सर्वोच्च अदालका प्रधान न्यायाधीश र न्यायधीशहरु ताते ।
आजको परिस्थिति : दोषी को ?- तारा सुवेदी
Tuesday, 12.17.2019, 01:04pm
पंक्तिकार अर्थशात्री होइन, न तथ्यांकशास्त्री हो न चिकिस्ताशास्त्री नै हो । बरु विशुद्ध साहित्य र राजनीति शास्त्री हो । त्यसैले देशको आर्थिक अवस्थाबारे सत्ता नियन्ताहरुले निरन्तर जे जस्तो सूचना समाचार संपे्रषण वा चित्र प्रक्षेपण गरिरहेछन् त्यसैमा विश्वास गर्दै आफ्नो निष्कर्ष वा विश्लेषण प्रस्तुत गर्नुको विकल्प देख्दिन । यही र यस्तै कारणले आफूलाई वेदव्यासद्वारा महाभारतको कथामा प्रस्तुत गरिएको मूक दर्शक “वार्वरिक” जस्तै एक्लो, निरीह र अरु सबैले हिडेको देखेकोभन्दा फरक देख्ने र विश्लेषण गर्ने पात्र (स्तम्भकार) को रुपमा पाउँछु वा देख्छु, आत्मसमीक्षा गर्दा । त्यसैले फरक बाटोबाट हेर्ने, सोच्ने र विश्लेषण प्रक्षेपण गरेकैले “फरक पाटो” स्तम्भ शुरु गर्न पुगेको हो । जेहोस् । 

राजनीति अब कमाउने धन्दामा परिणत ! - महेश्वर शर्मा
Tuesday, 12.17.2019, 01:03pm
हिजोआज नीतिगत निर्णयबाट धमाधम जगा बाँडिएका प्रसंग सतहमा आउन थालेपछि सर्वसाधारणले पनि नीतिगत निर्णयको अर्थ खोज्न थालेका हुनाले त्यसको अर्थ त ‘गाँठी कुरा’ रहेछ भनेको सुनियो । के हो त्यो ‘गाँठी कुरो’ भनेको ? भन्दा कतै उजूरबाजुर पनि नलाग्ने र कतैको वायु–बतासले पनि नछुने हुनाले त्यो त ‘जंगेले बोल्यो बोल्यो’ भनेजस्तो पो रहेछ । त्यसै भएर होला गिरिजाप्रसाद कोइरालाका पालामा पचास हजारभन्दा बढी भारतीयलाई नीतिगत निर्णयबाट नेपाली नागरिकता दिलाएका थिए रे ।
निवृत्त राष्ट्र सेवकहरुको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध किन ? - तारा सुवेदी
Wednesday, 11.27.2019, 10:55am
संसद (प्रतिनिधिसभा) अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले “संघीय निजामती कर्मचारी सेवा, शर्त, सुविधा व्यवस्था गर्न तयार गरिएको विधेयकमा” निवृत्तिभरण पाउने (पूर्व कर्मचारी)हरुले सरकारको विरोध गर्न नपाउने”, गरे निवृत्तिभरण अपहरण हुने प्रावधानसहितको प्रस्ताव सर्वसम्मतिले विधेय पारित गरी पूर्ण बैठकमा पेश गर्न पठाएको समाचार आम संचारमाध्यमहरुमा आयो । त्यसबाट सम्बन्धित क्षेत्रमा धेरै गम्भीर प्रश्नहरु उत्पन्न भएको देखियो । 

आज देशको स्थिति र लाटो साथीको कविता - महेश्वर शर्मा
Wednesday, 11.27.2019, 10:55am
जनताले चासो नलिएको र नेताले लादेको कुनै पनि व्यवस्था दीगो हुँदैन । सरकार र जनताको सम्बन्ध राम्रो नभएसम्म देश उँभो लाग्दैन । सरकारले आज जनतालाई बेवास्ता गरेको अनुभव गरिंदैछ र यो उपेक्षाभावले गर्दा सरकारप्रति जनताको विश्वास पनि घट्तोक्रममा छ । अघिअघि विदेशीसित लडाई पर्दा जनताले नै सरकारलाई रसदपानी जुटाइदिएको इतिहास छ । त्यो चलन सरकार र जनताबीचको विश्वासको प्रतीक थियो । आजको स्थिति उल्टो छ । सरकारमा हुनेहरु मोटाएका छन् भने जनता दुब्लाएका छन् ।

सीमा अतिक्रमण : जानाजान गरेको हेपाई- महेश्वर शर्मा
Thursday, 11.14.2019, 11:54am
सन् १९६२ को भात–चीन लडाईका बेला भारतले नेपालको कालापानी क्षेत्रमा आफ्नो ब्यारेक राखेछ । यता नेपालले त्यस्ता दुर्गम ठाउँमा कर्मचारी बस्न सक्ने न्यूनतम सुविधा पनि दिन नसक्दा त्यहाँ चेकपोष्ट या सीमा प्रशासन कार्यालय नरहेको अवस्थामा त्यहाँ ब्यारेक राखेको तत्काल नेपाल सरकाले थाहा पाएन । अञ्चलाधीशले खबर ल्याएपछि त्यो कुरा थाहा पाएर राजा महेन्द्रले अञ्चलाधीश (जोनदेन उक्याब हुन् कि जस्तो लाग्छ)लाई बुझ्न पठाउँदा “यह इण्डिया है, यहाँ आना मना है” भनेर लेखेकोबाट अघि बढ्न नपाएर अञ्चलाधीशको टोली बीचैबाट फर्कन परेको थियो । 
नेपाल र नेपाली हेपिनुको कारण र समाधान ? - तारा सुवेदी
Thursday, 11.14.2019, 11:53am
पहाडका गाउँ बेसीतिर एउटा उखान निकै सुनिन्छ “जो होचो उसैको मुखमा घोचो” । नेपाल र नेपालीको स्थिति अहिले ठीक त्यस्तो छ । विश्वका झण्डै चार बीस देशमा नेपालीहरु पुगेर बसोबास गर्न थालेको भन्ने एन.आर.एन. को राष्ट्रिय सम्मेलनका सहभागीहरुबाटै बेलामा सुनिएको छ । करिब ५५/६० देशबाट त हरेक पटकका राष्ट्रिय सम्मेलनमा प्रतिनिधिहरु आए पशुपतिनाथमा दर्शन गर्न नै जाने गरेको भेटेकोले उनीहरुले भन्ने गरेको संख्याभन्दा बढी नै भएको अनुमानमा विश्वास गरौं । 

“अभिवादन र बधाई” के.पी. ओलीलाई तर... - तारा सुवेदी
Tuesday, 10.22.2019, 01:27pm
हामी नेपालीहरुको मात्रै हो कि, सबै मुलुकमा बस्ने मान्छेहरुकै स्वभाव हो ? थाहा भएन  । तर मैले देखे, भोगेर मोटो अनुभव गरेको आधारमा यसभन्दा पहिलेदेखि लेख्दै र भन्दै आएको थिएँ “नेपाली र खास गरी नेपालका मपाईंवादी बुद्धिजिवी (प्राध्यापक, शिक्षक, प्रशासक अन्य राष्ट्र सेवकहरु)मा अरुले गरेको उच्च प्रशंनीय कामको कुनै मूल्यबोध नगर्ने, कथंचित तारिफ नै गरे पनि साह्रै कम र कन्जुस्याईं गरेर “अँ राम्रै गरेको भन्नु मान्नुपर्ने लाग्यो” भन्ने शैलीमा भन्ने गरेको देखिन्छ । त्य
सरकार नै नसच्चिएसम्म यहाँ केही हुँदैन - महेश्वर शर्मा
Tuesday, 10.22.2019, 01:27pm
‘सरकार’ भनेर अहिले तलब–भत्ता र अधिकाधिक सुविधाभोगी जमातको रुपमा बुझिन थालेको छ । एनसेल जस्ता करठगी गर्नेहरुलाई छुट दिने, तर जनसामान्यलाई विना सुविधा निचोरेर जथाभावी कर असुल्ने काम त्यसै भएको छैन होला । वास्तविकता विपरीत खुला दिसामुक्त राष्ट्र घोषणा गरेर दुनियाँ हँसाए पनि सरकारभित्रकै भष्ट आचरणप्रति आँखा चिम्लनु आफैंमा व्यंग्य भएको छ । 
चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको छ– राष्ट्रपति सी
Tuesday, 10.15.2019, 11:43am
चीन र नेपाल पहाड र नदीले जोडिएका छन्, युगौँयुगदेखि नै यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । करिब १६०० वर्ष अगाडि चिनियाँ महान् भिक्षु फा सियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एक–अर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मको शास्त्रपदहरू अनुवाद गरेका थिए । चीनको थाङ राजवंशमा, नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह भएको थियो । महान् भिक्षु स्यवियान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृत्तान्त लेखेका थिए ।

सकियो दशैं ! कतिले बुझे नारी शक्तिको महिमा र महत्व ? - गीता श्रेष्ठ
Tuesday, 10.15.2019, 11:41am
नेपालीहरुको महान पर्व बडा दशैं सम्पन्न भएको छ । नौ दिनसम्म नारी शक्तिको आराधनाा गरी दशौं दिन त्यसको प्रसाद ग्रहण गरी नवदुर्गा समापन अनि पूर्णिमासंग दुर्गा भवानीको प्रसाद र आशीर्वाद लिन मान्यजनकहाँ टीका थाप्न जाने क्रम पनि सकिएको छ ।  दशैं नारी शक्तिको आराधना गर्ने नेपालीहरुको राष्ट्रिय पर्व हो र यो पर्वले नै नारीको महिमा जागर गर्दछ । किनभने सृष्टि चलाउन न एकल महिलाबाट सम्भव छ न पुरुषबाट मात्रै । महिला र पुरुष दुबैको समान दायित्व र भूमिका प्रकृतिले निर्धारण गरेको छ तापनि पूर्वीय शास्त्रले पुरुषको तुलनामा महिलालाई उच्च स्थान दिएको छ– शक्ति, सामथ्र्य र दायित्व निर्वाहका लागि ।

भारतमा कश्मीरको विलयले नेपालमा पार्ने प्रभाव ? - तारा सुवेदी
Tuesday, 10.15.2019, 11:40am
“अजब गजब काशी काश्मीर नेपाल” निकै पहिलेदेखि सुन्दै आएको बहुप्रचलित लोकोक्ति हो । कहिदेखि कसले त्यो लोकोक्ति बोली चालीमा ल्याए ? थाहा छैन । त्यसो त अरु लोकोक्तिको उद्गम र विस्तारको क्रमबारे पनि धेरै ज्ञान छैन । एउटा कुरा “कहीँ नभएको जात्राहाँडीगाउँमा” भन्ने उपत्यका भित्र बढी चलन चल्तीको लोकोक्ति हो । सबै तिर देवी, देवताको मूर्ति रथमा राखेर नगर, घर टोल, छिमेकमा जसरी सुल्टो बोकेर घुमाइन्छ त्यसको ठीक उल्टो (विपरित) स्थानीय मन्दिरका नाराणको मूर्ति रथमा राखेर हाँडी गाउँमा उल्टोतिरबाट तानेर घुमाउने परम्परा रहेछ ।
चिनिया राष्ट्रपतिको भ्रमणः नेपालको अपेक्षा र जोखिम- तारा सुवेदी
Wednesday, 10.02.2019, 05:14pm
समयको गर्भमा शीतयुद्धको गर्भाधान गरेर १९४५ मा द्वितीय विश्व युद्धको अन्त्य भयो । त्यही गर्भबाट पश्चिमी पूँजीवादीहरु र पूर्वी युरोपीयन राष्ट्रहरुमा सैन्य संगठन जन्मिए । “पश्चिमा पूँजीवादी उपनिवेशवादी” भनेर मानिका राष्ट्रहरुको सैन्य संगठनको नेतृत्व संयुक्त राज्य अमेरिकाले लियो । पूर्वी यूरोपका राष्ट्रहरुको नेतृत्व “विश्व कम्युनिष्ट आन्दोलनको संरक्षक एवं संवद्र्धनकर्ता”को रुपमा स्थापित “तत्कालिन सोभियत संघ” (रुस) ले गरेको थियो । त्यसपछि विश्व दुई शक्ति केन्द्रको रुपमा देखा प¥यो । 

  » भूमि संशोधन विधेयकले ल्याएको हलचल - महेश्वर शर्मा
  » छोराछोरी अभिभावकको खोक्रो ‘सान’को भरिया मात्र हैनन् - गीता श्रेष्ठ
  » सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी
  » संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा
  » संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी
  » जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा
  » जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ
  » दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा
  » शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना
  » “हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी
  » विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त
  » जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा
  » संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी
  » सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा
  » वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी
  » सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त
  » आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा
  » विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा
  » “सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी
  » चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा



 
::| Latest News

 
[Page Top]