युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.20.2020, 09:53am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
शक्तिको राजनीति र नेताका कड्काई - महेश्वर शर्मा
Tuesday, 01.01.2013, 07:01am (GMT+5.5)

एउटा राजमहलको भित्तामा छिपकिली टाँस्सिएको उसले यहाँबाट हटें भने यो भित्तो भत्किहाल्छ नि, किनभने यसलाई मैले नै अड्याएको छुभन्ठानेछ यहाँ हाम्रा प्रधानमन्त्रीजीले पनिमैले सरकार छोडें भने सबै कुरा बिग्रन्छ, त्यसैले मैले छोड्नै हुँदैनभनिरहनुभएको तर त्यो भित्तोमा उहाँ आउनुभन्दा अघि पनि धेरै छिपकिली थिए भनेर याद गर्नुभएको रहेनछ जनताका माझमा गएर उनीहरूलाई सुखदुःखमा साथ दिएर, रिझाएर राजनीति गर्नभन्दा जायज नाजायज जुनसुकै तरिकाबाट भए पनि सत्ता कब्जाको राजनीति नै सजिलो हुँदोरहेछ त्यसैले यहाँ अधिकांश नेताले दोस्रो उपाय नै मनपराउने गरेको पाइन्छ प्रधानमन्त्रीको इलेक्ट्रिफाइड कुर्सीमा बसेपछि कसले छुने ? छुन खोज्नेलाई नै करेण्ट लाग्छ त्यो सत्ता विद्युतको चमत्कार हो त्यसैलाई शायद सत्ता राजनीति भन्दछन् नेताहरू त्यसैले जनताको उपेक्षा गर्न यिनीहरूलाई किञ्चित पनि लाग्दैन

जनतालाई सर्वशक्ति सम्पन्न भनिदिएका छन् तर यहाँ उल्टो नेता मात्रै शक्ति सम्पन्न भएका छन् जनताको करेण्टले नेतालाईशकदिनुपर्नेमा यहाँ नेताको करेण्ट जनतालाई लाग्नेगरेको जनता विवश छन् कर्म गर्ने दुःख पाउने जनता, फल उपभोग गर्ने नेता यस्तो उल्टो चालचलन यहाँ जनतालाईकर्मण्येवाऽधिकारस्तेभनिदियो, आफूले मोज गर्यो राजनीतिको सार यहाँ यस्तै विकृत रुपमा देखापरेको प्रचण्डजीलाई नै हेरौं उहाँ सम्पन्नताको चूलीमा हुनुहुन्छ त्यो त्यही सत्ता शक्तिको ताप हो अस्तिमात्रै उहाँले मेलम्चीमा कड्केर भाषण गर्दामसंग ३३ हजार सय तालिमप्राप्त लडाकु गाउँगाउँमा छन्भनेर कांग्रेस एमालेलाई तर्साउन खोज्नुभयो त्यति मात्र होइन, पेन्सन सरह एकैमुष्ठ लाख बुझेर गएकाहरू पनि उहाँसंग छन् नि अझ अनमिनले अयोग्य भनेकालाई झण्डै ६० करोड दिन लाग्दा अदालतले रोकेर पो , नत्र तिनीहरू पनि छँदैछन् नि केही वैद्यजीका भागमा जालान् त्यत्ति हो त्यसैले उहाँको शक्तिलाई कसले कमजोर भनेको !

नेताहरू जब कड्केर भाषण गर्छन् त्योबेला उनीहरूभित्रको कमजोरी प्रकट भएको हुन्छ हाम्रो कमजोरी नठानियोस्, यो भएन भने हामी त्यो गर्छौं, हामीले चाहेजस्तो संविधान बनाउन दिएनन् भने अथवा हाम्रा बिरुद्ध षड्यन्त्र गरियो भने हामी विद्रोह गर्छौं इत्यादि कड्काइ कमजोर मानसिकताकै उपज हुन्छन् खुरुखुरु काम गरे देखिइहाल्छ नि कड्कनै पर्दैन यसो गर्नुका पछाडि अर्को पनि कारण त्यो होजनतालाई अलमल्याउने के के गर्छन् कि भनेर भ्रममा पार्ने आत्मविश्वास नहुनेले पनि कडा भाषण सुनाएर जनतालाई रल्याउन कार्यकर्तालाई थामथुम पार्न खोज्छन् यो अरुलाई धोका दिने काम हो फेरि यस्तै धोकेवाजहरूको राजनीति चम्केको पाइन्छ, यो नै विडम्बना हो त्यस्ताहरू मनको कलुष लुकाउनका लागि पनि कुरा एउटा काम अर्को गर्छन् मात्रा घटी बढी भए पनि सबै पार्टीका अधिकांश नेताको व्यवहार यस्तै देखिन्छ

बुझ्नेहरूलाई थाहै यहाँ एकपटक राष्ट्रपतिउपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, न्यायाधीश, गृहमन्त्री, अर्थमन्त्री अरु पनि के के मन्त्री एकैपटक हुन पाए पनि जीवनभर विशेष सुविधाका नाममा मोटर, गार्ड, तलबभत्ता, पिए स्टाफ, पेट्रोल, मर्मत खर्च आदि अनेक सुविधा पाउने कानुन बनाएका छन् त्यसैका लागि पनि मन्त्री हुन झुत्ति खेल्छन् यहाँ सरकारमा पुग्न पाएपछि आफ्नो हात जगन्नाथ गर्न पाइँदोरहेछ हुँदाहुँदा चाँडचाँडै सरकार फेरिंदा त्यस्तो विशेष सुविधा पाउनेहरूको भीडले सरकारी ढुकुटी त्यसै रित्याउने भए मुखले देश, जनता प्रजातन्त्रका कुरा गर्ने, तर व्यवहारमा आफ्नै बन्दोबस्त गर्ने परिपाटी बसालेका छन् जनताकै सेवक हुन् भने जनतासिकै डराएर किन अंगरक्षक चाहिएको हो ? यसको अर्थ हो सरकारमा बसेर राज्य शक्तिको दुरुपयोग गरेर जनतालाई चिढ्याएका हुनाले सरकारबाट हटेपछि पनि यिनीहरूलाई अंगरक्षक चाहियो बुझ्नेका लागि यो लाजमर्दो स्थिति हो

दलहरूको उँभौली उँध्यौली सत्ता शक्तिमा भरपर्ने परम्परा बसेकाले यतिबेला सत्ता बाहिर परेका कांग्रेस एमो उँध्यौलीमा छन् तैबिसेक एमाओवादी उँभौलीमा देखिए पनि सत्ताकै कारण हो तापनि वैद्य पक्ष अलग भएको स्थितिमा सत्ता छुट्नासाथ एमाओवादी खतरामा पर्नेछ त्यसैले एमाओवादी सत्तामा टाँस्सिइरहन अनेक तिकडम गरिरहेको जनसम्पर्कभन्दा सत्ताको हैकमबाट पार्टी चलाउने प्रवृत्तिले गर्दा यहाँ दलहरूले पहिलेको जनाधार गुमाइसकेको स्थिति निकट भविष्यमा निर्वाचन भैहाल्यो भने पनि आफ्नो शान मान गुमाइसकेका यी कुनै पनि दल जनतामा जाँदा के लिएर के भन्न जान्छन् खै ? आखिर एक अर्कालाई दोष दिएर आफू मात्रै चोखो देखिन खोज्नु बाहेक यिनीहरू कसंसंग पनि केही छैन तैपनि जनता यिनैलाई चुन्न बाध्य हुनेछन् यो बडो नमीठो विडम्बना हुनेछ

नेताकोसहमतिसहमतिसुन्दा सुन्दै जनताका कान टटइसकेका छन् लेख्नेहरूले पनि धेरै कागज मसी खर्च गरिसकेका छन् तैपनि उपलब्धि केही छैन अब पनि राष्ट्रपतिबाट अरु म्याद थपाउनु, फेरि पनि छलफलै गराइरहे समय खेर फाल्नुको औचित्य देखिंदैन गर्नुपर्ने तयारी भाषणमा मात्रै सीमित हुनाले वैशाखमा निर्वाचन असम्भव भैसकेको सबैतर्फबाट देश अधोगतिमा जाँदैछ यस्तो स्थितिमा पनि कानुनका कुरा गरेर मात्रै साध्य छैन कुन काम यहाँ कानुन अनुसार भएको ? सरकार नै गैरकानुनी संसद् छैन, संविधान छैन के यस्तै हुन्छ कानुनी शासन ?

एकथरि संविधानसभा पुनःस्थापनामा अडिने अर्काथरि वर्तमान सरकारको वहिर्गमन नभै कुनै पनि शर्त नमान्ने गर्दागर्दै एक अर्काको खण्डन मण्डनको दोहोरी कहिल्यै नटुंगिने यता समस्याका गाँठा झनै कस्सिदै जाने स्थितिबाट नेताहरू जनताका नजरमा गिर्छन् नै देशै पतनको खाल्टोमा जाने पीरले पो आत्तिनुपर्ने भयो नेताहरूको यो व्यामोह कहिल्यै हट्ने हो कि होयन कुन्नि ? अब अति भैसक्यो

यो असाधारण अवस्था हो यस्तोमा देश जनताको हित हेर्नुपर्ने राष्ट्रपतिले हो आवश्यकताले गर्दा असाधारण कदम चाल्ने हिम्मत पनि गर्न सक्नुपर्दछ सरकार अहिले त्यसै पनि काम चलाउ अरु वैधानिक बाटा बन्दछन् भने यो सरकारलाई भंग गरेर एक प्रकारको राष्ट्रपति शासन लागू गर्ने निर्वाचनको घोषणा गर्ने बाटोमा लाग्नुपर्ने हो त्यस निम्ति सकेसम्म निरपेक्ष छोटो छरितो चुनावी सरकार बनाउनुपर्ने हुन्छ दलहरूको तानातानी हेर्दा गैरदलीय सरकार बेगर निर्वाचनमा निष्पक्षताको आशा गर्ने अवस्था रहेको छैन राजनीतिक स्थिति झनै विग्रदै गएको अवस्था हुनाले संविधान एवं संसद्को शून्यतामा कानुनका राग अलापेर बस्तु व्यर्थ



Rating (Votes: )   
Share     Print


Other Articles:
आस्थाका शिखर पुरूष स्व. वासुदेव शर्मासंग सहकार्यको तीन वर्ष : तारा सुवेदी (01.01.2013)
सत्ताको सौदावाजीमा रूल्मुलिएको विकासको नारा - यादब देवकोटा (12.24.2012)
राष्ट्रपतिलाई झुम्राको पुतली नबनाउ - महेश्वर शर्मा (12.24.2012)
जिम्मेदार को ? - तारा सुवेदी (12.24.2012)
परिवर्तनका संवाहक भनिएका नेताहरू असफल भएकै हुन् ? - यादब देवकोटा (12.17.2012)
झर्ला र खाउँला को राजनीति तुहिने हो कि ! - महेश्वर शर्मा (12.17.2012)
टी. आई.को कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईको भाषण सुनेपछि - तारा सुवेदी (12.17.2012)
जलवायु परिवर्तन सम्बन्धी दोहा सम्मेलन : शक्ति राष्ट्रहरूबीचको बेमेलकै निरन्तरता - यादब देवकोटा (12.11.2012)
(अ)सहमतिको देउसी–भैलो : हातलाग्यो शून्य - महेश्वर शर्मा (12.11.2012)
विफल राष्ट्रपतिसामु चार विकल्प - तारा सुवेदी (12.11.2012)
गरीब राष्ट्रहरुको साझा मुद्दा : जलवायु परिवर्तनको दुष्प्रभाव - यादब देवकोटा (12.03.2012)
पञ्जाछाप लगाउन बाध्य राष्ट्रपति - महेश्वर शर्मा (12.03.2012)
सर्वसत्तावाद र डा. बाबुराम भट्टराई ....... (६) तारा सुवेदी (12.03.2012)
राष्ट्रका लागि अब सुध्रिने मौका आएको छ - यादब देवकोटा (11.28.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (५) - तारा सुवेदी (11.28.2012)
गैरदलीय चुनावी सरकार : निरापद निकास - महेश्वर शर्मा (11.28.2012)
परिवर्तनको नाममा युवा पुस्ता दलदलमा भास्सिदै - यादब देवकोटा (11.20.2012)
व्यक्तिगत चुरीफुरीको राजनीति - महेश्वर शर्मा (11.20.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसंगमा (४) तारा सुवेदी (11.20.2012)
मुलुकको सवैपक्ष तहस नहसको दिशातिर - यादब देवकोटा (11.13.2012)



 
::| Latest News

 
[Page Top]