युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा
Monday, 06.20.2011, 03:54pm (GMT+5.5)

अनजानमा होइन, जानाजान जातजातिबीच विद्वेष फैलाउने, पवित्र धार्मिक भावनामा साम्प्रदायिकताको आगो सल्काएर असहिष्णुता ल्याइदिने, नेपालीलाई आपसमै जुधाएर कमजोर पार्न जातिगत संगठनहरू गाउँगाउँमा खोल्न लगाएर परस्पर संघर्षको बीउ रोपिदिने काममा दलका नेताहरू नै लागिपरेका छन् जातीय राज्यका नारा त्यसैका झिल्का हुन् जातित्वका आधारमा संघ निर्माण गरेर जनतालाई भँड्याएर मुलुकै विगार्ने नियोजित अभियान थालिएको देखिन्छ राष्ट्रको एकताको गाँठो अझ बलियो बनाउनु सट्टा त्यसैलाई खुकुल्याएर शत्रुले पनि नगर्ने काम यहाँ नेताहरूबाटै भैरहेको दुःखद् अवस्था आज

आज यहाँ प्रतिदिन देखिएको व्यहोरिएको अस्तव्यस्तता भद्रगोलको स्थिति त्यसैको परिणाम हो विद्यालय, कलेज, विश्वविद्यालय जता हे¥यो त्यतै तालाबन्दी तोडफोड मात्र कलकारखाना, अस्पताल मात्र होइन, सरकारी अड्डा, कार्यालयमा समेत हप्तौंसम्म तालाबन्दी, आगजनी तोडफोड हुँदा पनि सरकार नामको जन्तु सम्वेदनहीनता देखिनुबाट सरकार कसको कुत्सित उद्देश्य पूर्तिका लागि काम गरिहेको भन्नुपर्ने स्थिति वर्षौं भैसक्यो देशले काम काज बन्द, तोडफोड, आगजनी तालाबन्दी व्यहोर्दै आएको कलकारखाना बन्द छन्, आफ्नो उत्पादन केही छैन, आयात बढ्दो , आर्थिक हिसाबबाट देश थला परिसकेको युवाशक्ति बेरोजगार भएर बाध्यतावश विदेशिएका छन् हुनेखानेले आफ्ना छोराछोरी महंगा विदेशी स्कूल, कलेजमा पठाएका छन् भने सामान्य जनता चाहिं अन्यायमा परेका छन् के यसै गरेर हो देशको उत्थान हुने ? आज प्रगतिको शिखरमा पुगेका देशहरू यस्तै बेथितिबाट अघि बढेका हुन् ? नेताहरू किन यति स्वार्थी संकुचित बन्छन् ? यस्तै चालले देश अघि बढ्न सक्छ ? छातीमा हात राखेर भन्नोस्

दिगो तारलाग्ने काम एउटा पनि छैन दलगत सनक एक अर्काप्रतिको द्वेष एवं तुष बाहेक केही देखिंदैन केवल निरर्थक हल्ला देखावटी काम मात्रै चार वर्षपछि आएर माओवादी नेताले दोहोरो सुरक्षा नलिने भनेर ठूलै उपलब्धि भए जस्तो हल्ला गरिदंैछ विरोधी पक्ष आफैं सरकारमा आइसकेपछि सुरक्षाको जिम्मा सरकारको भएपछि पनि लडाकूलाई समेत अंगरक्षक बनाउनु गर्ननहुने काम थियो त्यो त्यो सबै अति महत्वकांक्षी गिरिजाप्रसादको प्रचण्डसितको दूरभिसन्धि कांग्रेसको भयंकर गल्तीको परिणाम थियो १९ हजार जति लडाकूको व्यवस्थापन समायोजन गर्नुपर्ने मूल कुरालाई गौण बनाएर आलटाल गर्नका लागि एक सयजनालाई शिविरमा पठाएर दोहोरो सुरक्षा हटायौं भन्नुको कुनै तात्विक अर्थ छैन यो केवल देखावटी काम हो लुते कांग्रेसीहरू भने यसैलाई महत्वपूर्ण उपलब्धि भनिरहेका छन् यो लाजमर्दो स्थिति हो

"निगम गर् ध्यान गर् खानैका लागि" भनेझैं अगस्ति रोग लागेका नेताहरू जुनसुकै आए पनि जो हात सो साथ गरेर कुम्ल्याएर हिंड्ने मात्र भएका छन् पद छोड्ने बेलामा माधव नेपालले आफ्ना आफ्ना पार्टीका सेनामेनालाई सरकारी ढुकुटीबाट ठूलै रकम लुटाएको चर्चा सेलाउन नपाउँदै झलनाथले पनि चौंकाबाट ओलर्ने बेलामा चङ्खुका तुना फुकाएर राष्ट्रको सम्पत्ति भुरसी गर्दैछन् भन्ने चर्चा अरु अरु गत वर्ष मम्का मदीना कता हो जाँदाको ७२२ जना हजयात्रीको खर्च छत्तीस लाख फिर्ता गरिदिए रे त्यस्तै तीन चारवटा के के प्रतिष्ठानलाई हो ५०।५० लाख कसकसलाई हो के के बाँडे रे बाँड्दैछन् भनिंदैछ धर्मनिरपेक्ष राष्ट्रले एकथरि तीर्थयात्रीलाई पैसा बाँडेपछि तीनधाम, चारधाम जानेहरू अथवा मुक्तिनाथ, दामोदर कुण्ड, साल्पापोखरी, पाथीभरा, हलेसी, गोसाइकुण्ड, स्वर्गद्वारी, वैजनाथ धाम, खप्तड मानसरोबार जानेलाई पनि खर्च दिनुपर्ने कि नपर्ने ? के कुन्नि, बजीरे आजम झलनाथ मियाँको सोचाई भन्ने प्रश्न उठेका छन्

बेथितिहरूकै प्रसंगमा विश्वविद्यालयहरू समेत राजनीतिक अखडा बनाइएका छन् अब यस्तो बेथिति हुन नदिने हो भने प्रधानमन्त्री कुलपति शिक्षामन्त्री सहकुलपति हुने परम्परा बन्द गर्नुपर्छ आजसम्म राजनीतिक भागवण्डामा नियुक्त भएका उपकुलपतिहरू विवादमा पर्नुको कारण नै राजनीति हो सबै पार्टीलाई भाग लगाउने भनेको जिल्लाहरूमा विकास निर्माणका योजनामा भागवण्डा लगाएर विकास रकम दुरुपयोग गर्नु जस्तै हो आज अघिको अनुभवमा विश्वविद्यालयहरूमा तालाबन्दी, घेराउ, बन्द तोडफोड मात्रै भएको यसरी प्राज्ञिक संस्थामा राजनीति गरिरहने हो भने बरु विश्वविद्यालयहरू नै बन्द गरिदिए हुन्छ

यहाँ आश्चर्य के भने राजनीतिक भागभवण्डामा नियुक्ति पाएका उपकुलपति होउन् या रजिष्टार या अनुदान आयोगकै अध्यक्ष समेतका पदाधिकारी सबैले विश्वविद्यालयलाई राजनीतिमुक्त राख्नुपर्छ आफैं भन्छन् तर उनीहरू नै पार्टीको लाइनमा राजनीति गर्छन् जनतामा गएर राजनीति गर्ने संस्कार नै नभएकाहरू शिक्षण संस्थामार्फत राजनीति गर्न सजिलो मानिरहेका छन् कलेज विश्वविद्यालयहरू पार्टी अफिस नै बनाएका छन्

साँच्चै भन्ने हो भने आज केही वर्षदेखि देशमा जेजस्तो अव्यवस्था, अराजकता, मनपरीतन्त्र बेथितिको पराकाष्टा देखिएको त्यसलाई व्यक्त गर्ने शब्द नै छैन के देश यसरी नै बन्छ ? अरु मुलुक यस्तै रीतले बनेका हुन् ? अरु देशका नेता पनि तपाईंहरूजस्तै बयलपाते छन् ? होइन भने यो अन्योल बेथिति हटाउने जिम्मा कसको हो ? यो मुलुक विगार्ने अभियान कहिलेसम्म चलाइरहनु हुन्छ ? मुलुकलाई सबै किमिसबाट जर्जर खोक्रो बनाइसक्नुभयो, अझै कति लुछ्नु हुन्छ ? बनाउन सक्नुहुन्न भने अझ बढी विगार्न छोड्नोस तपाईंहरूबाट अरु आश भएन, कृपा गरेर बाटो छोड्नोस् यो जनताको माग हो अझै पनि वेवास्ता गर्नुहुन्छ भने परिणाम तपाईंहरूले सोचेजस्तो नहुनसक्छ विचार गर्नोस् नेताजीहरू !



Rating (Votes: )   
Share     Print


Other Articles:
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]