युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 07:01pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा
Monday, 06.20.2011, 03:55pm (GMT+5.5)

"अब हामी विगतको गल्ती दोहो¥याउँदैनौं" भन्दै जनआन्दोलन २०६२।०६३ को सफलतापछि तत्कालीन सात दलका नेताहरूले जनताका सामु कसम खाएका थिए अहिले त्यो कसम सत्ता स्वार्थको फोहोरी खेलको प्रपञ्च मात्र रहेछ भन्ने अनुभूति बढ्दो आफ्नै अकर्मण्यता, सत्तालोलुप चरित्र भ्रष्ट आचरणका कारण २०५९ असोज १८ पछि सत्ताबाहिर रहनुपरेका दलहरूले जनताको समर्थन लिन नसकेपछि बारम्बार रत्नपार्कबाट अब गल्ती गर्दैनौं भन्ने गरेका थिए अहिले आएर जनतासंग मागिएको गुहार मुलुकको लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि नभएर सत्ता स्वार्थकै लागि रहेछ भन्ने पुनः पुष्टि भएको संविधानसभाको निर्वाचनपछि शान्ति संविधान तथा मुलुकको आर्थिक-सामाजिक रुपान्तरणका जेजस्ता जनअपेक्षा थिए ती सबै ध्वस्त प्रायःको स्थितिमा छन् मुलुक गम्भीर दुर्घटनाको संघारतिर डोरिंदै यति हुँदाहुँदै पनि नेताहरूले मुलुकलाई निकास दिन गम्भीरतापूर्वक पहल गरिरहेका छैनन् कहिले कसको स्वार्थ, कहिले कसको स्वार्थलाई राष्ट्रिय मुद्दा बनाएर मुलुकमा अस्थिरता मात्र बढाउने काम भैरहेको नेताहरूले मुलुकलाई प्रयोगको वस्तु बनाएका छन् यो आम जनताको आरोप हो नेताहरूको अहिलेको गतिविधिले यसलाई पुष्टि गर्दछ आफ्नो स्वार्थलाई सबैले स्वीकार्नुपर्ने तानाशाही सोच नेताहरूमा विद्यमान

प्रजातान्त्रिक पद्धतिको नियम नै हो- सधैं एकै शक्ति वा समूहको वर्चश्व रहँदैन यो नियममा जो कोही पनि बाँधिनैपर्छ २०४६ सालको परिवर्तनपछि दलहरू सत्ताको केन्द्रमा रहे, उनीहरू जनताका आकांक्षा परिपूर्ति गर्नेभन्दा कसरी आप्mनो राजनीतिक वर्चश्व कायम गर्न सकिन्छ भन्ने होडवाजीमा लागेका कारण प्रजातन्त्र उमेरका हिसाबले वयस्क भए पनि नेताहरूको व्यवहारले शिशुबाट माथि उठ्न पाएन दोष पद्धतिको नभएर प्रवृत्तिको थियो त्यसबीचमा घटेका अनेक राजनीतिक घटनाक्रमले मुलुकलाई गणतन्त्रसम्म ल्याइपु¥यो तर नेताहरूको चरित्रमा सुधार आएन नेताहरू अहिले पनि राष्ट्रलाई प्रयोगको वस्तु बनाएर -आफ्नो स्वार्थको भारी बोकाइरहेका छन् शान्ति संविधानको एकसूत्रीय एजेण्डामै अलमल -आफ्नो स्वार्थको रसायन घोलिएको

यतिबेला दलीय आधारमा मुलुकको झण्डै दुई तिहाईको हाराहारीको समर्थनमा सरकार बनेको तर यो सरकार इतिहासकै सबैभन्दा नालायक सरकार सावित भैरहेको अपराधीलाई कानुनको घेरामा ल्याउन समेत नसक्ने अपराधीको फुर्तीका अगाडि लत्र्याक लुत्रुक हुने सरकारबाट जनताले के अपेक्षा गर्ने ? अर्कोतिर सहमतिको नारा घन्काउँदै विमति बढाउने प्रतिशोध साध्ने काममा कुनै कमी आएको छैन त्यसैले जनता सोध्दैछन्- मुलुक विधिको शासनमा संचालित हुने कि राजनीतिक प्रतिशोधमा ? यत्रो ठूलो त्याग, संघर्ष बलिदानीपछि प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने सवालमा दलहरूबीच देखिएको मतभेद उनीहरूबीच चर्किएको द्वन्द्वले जनतामा उत्पन्न भैरहेको घोर निराशालाई मात्र मलजल गरिरहेको जनआन्दोलन- को उपलब्धि भनेको केवल राजतन्त्रको अन्त्य मात्र होइन मुलुकको रुपान्तरण हो तर रुपान्तरणको नाममा आन्दोलनमा उठ्दै नउठेको मागलाई कसको इशारामा अगाडि सारियो भन्ने प्रश्न यतिखेरको सबैभन्दा अहं विषय बनेको जनताको आकांक्षा शान्ति संविधान हो, मुलुकमा सुशासन कायम होस् भन्ने हो बेरोजगारी समस्याको हल होस्, शिक्षा, स्वास्थ्य जस्ता नैसर्गिक अधिकारको प्राप्त होस, मेहेनत गरेर खान सकिने वातावरण निर्माण होस् भन्ने हो तर अहिले सबैभन्दा कमजोर अवस्था राष्ट्र जनताकै नेताहरूलाई मोजैमोज, जनतालाई चोटैचोट

यतिखेरको राजनीतिको सबैभन्दा डरलाग्दो पक्ष भनेको प्रतिशोधपूर्ण व्यवहार हो आफूलाई प्रमुख दल भनेर दावी गर्ने माओवादी, नेपाली कांग्रेस एमालेबीच जुन किसिमको सौहार्दपूर्ण व्यवहारको अपेक्षा गरिएको थियो त्यसको विपरीत उनीहरू आपसी आरोप-प्रत्यारोपमा तल्लिन छन् सत्ता स्वार्थमा चुर्लुम्म डुबेका तीन दलका शीर्ष नेताहरूले हिजो जे कारणले दलहरू सत्ताबाट बाहिरिनुपरेको थियो आज त्यही गल्ती दोहो¥याउँदैछन् आफ्नो प्रभाव विस्तार गर्ने लोभमा जताततै राजनीतिकरण अपराधीकरण गर्ने काम संस्थागत रुपमा मौलाइरहेको यस्ता कुकृत्यका अनगिन्ती घटना छन्

राष्ट्रिय राजनीतिमा पछिल्लो समय देखापरेको गलत प्रवृत्तिहरूले मुलुकलाई कुन दुर्दशाको भड्खालोमा जाक्ने हो यसै भन्न सकिने अवस्था छैन आम जनता राष्ट्रिय अखण्डता राष्ट्रिय जीवनको रक्षाका सवालमा जति चिन्तित देखिएका छन् मुलुक सपार्ने ठेकेदारी लिएका दलका नेताहरूमा त्यो चिन्ता पटक्कै छैन कहिले के, कहिले के भन्दै मुलुकलाई -आफ्नो स्वार्थपूर्तिको प्रयोगशाला बनाइरहेका नेताहरूले जनअपेक्षा राष्ट्रिय आकांक्षालाई आत्मसात गर्न सकेका छैनन् दलहरूबीच सहमतिको विकल्प नभए पनि त्यही सहमतिको ठूलो खडेरी आपसी विश्वासको संकट कायमै यो अविश्वासको बादल नहटेसम्म मुलुकले चाहेजस्तो अग्रगामी निकास पाउन सक्दैन

आपसी विश्वास सहकार्य नै सफलताको पहिलो खुड्किलो हो जबसम्म जिम्मेवार शक्तिहरूमा विश्वासको वातावरण कायम हुँदैन तबसम्म लिखित-मौखिक प्रतिवद्धताले मात्र सफलता हात लाग्दैन त्यसो हुँदो हो शान्ति संविधानका पक्षमा गरिएको प्रतिबद्धता, सहमति सम्झौताहरू उतिबेलै कार्यान्वयनमा आइसक्थ्यो, संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको नेपालको भविष्य सुन्दरतातर्फ लम्किसक्थ्यो

यथास्थितिमा मुलुक धेरै लामो समयसम्म चल्न सक्दैन राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, सांस्कृतिक लगायत यावत् पक्षहरू अहिले भ्रमित छन् नेताहरूको भनाइ गराइको भिन्नताले जनता झनै पीडित छन् यसले राष्ट्रलाई निकास दिन सक्दैन बोली व्यवहारमा एकरुपता जबसम्म हुँदैन तबसम्म जनताको विश्वास जित्न सकिन्न तसर्थ सबै पक्षले जनताको विश्वास जित्ने मार्गमा आफूलाई अग्रसर गराउनुपर्छ सबैमा राष्ट्रिय चिन्तनको विकास हुनुपर्छ, राजनीतिक दाउपेचभन्दा राष्ट्रियतालाई प्राथमिकता दिन सकियो भने धेरै समस्याहरू समाधान हुनेछन् मुलुकलाई प्रयोगशाला बनाउन छाडेर व्यक्तिगत आकांक्षाको टक्कर नलिने हो भने मुलुकमा निश्चित रुपमा खुसियाली छाउने त्यस्तो परिस्थितिको निर्माण भएमा प्रत्येक नेपालीमा राष्ट्रप्रति केही गर्ने जिम्मेवारीबोध आउने

जनता सत्ता राजनीतिको पात्र परिवर्तनले मात्र खुसी सुखी हुन सक्दैनन् दैनिक जीवनयापनमा सहजता, विधिको शासन स्थापना तथा न्याय समानता जनताको चाहना हो तर शक्तिमा देखिएका कसैले पनि जनताको आकांक्षा पूर्तिगर्न सकेका छैनन्, यो विडम्बनापूर्ण तीतो यथार्थ हो नेताले अब हामी गल्ती गर्दैनौंभनेर जनतासामु गरिएको कबुलको स्मरण गराउनुपर्ने भएको किनभने जनतामा निराशा उत्पन्न भयो भने त्यसको ज्वालाले अनपेक्षित परिणाम ल्याउन सक्छ यसतर्फ सबै गम्भीर हुनुपर्छ कमजोरीहरूमा आत्मसमीक्षा गर्दै भविष्यलाई सुखद् बनाउने जनतासमक्ष गरेका वाचा पूरा गर्ने दिशातर्फ अग्रसर हुनुपर्छ प्राविधिक खिचलोमा अल्झिएर मुलुकलाई बर्वाद गर्ने दिशातिर कोही अग्रसर हुनुहुन्न सहमति तथा सहकार्यको वातावरण सिर्जना नै अहिलेको आवश्यकता हो अहिले आत्मसमीक्षाको बेला जनताले दिएको अभिमतको बारम्बार अवहेलना गर्दैआएका दलहरूले विगतमा जे भयो भयो, त्यसको आत्ममूल्यांकन गर्दै वर्तमान भविष्यलाई सुनिश्चित गर्नेतिर अग्रसर हुने हो भने सर्वप्रथम व्यक्तित्वको अहंकार त्याग्नैपर्छ आफूले गरेका गल्तीहरूको समीक्षा गर्नैपर्छ राष्ट्रिय सोच संस्कारको विकास गर्नैपर्छ अरुको उपयोगमा आउने सत्ता स्वार्थका लागि राष्ट्रिय स्वाभीमानमै आँच पु¥याउने गरी विदेशीको गुलामी गर्ने दास मनोवृत्तिबाट पनि मुक्त हुनुपर्छ यसले मात्र मुलुकको सुखद् भविष्य सुनिश्चित हुन्छ होइन अहिलेकै गतिविधि प्रवृत्तिलाई निरन्तरता दिइरहने हो भने अहिलेको नेताहरू इतिहासको कठघरामा उभिन तयार भए हुन्छ



Rating (Votes: )   
Share     Print


Other Articles:
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]