युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 05:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
खोई यी प्रचारवाजहरूको इमान र विवेक ?
Tuesday, 08.09.2011, 11:07am (GMT+5.5)

नाबालकहरूलाई काममा नलगाउ भनेर सरकार विज्ञापन गर्छ । डलर खेतीवालाहरू पनि त्यसै भन्छन् । बालश्रम विरुद्ध भाषण गरेर नेताहरू थाक्दैनन् । तर ती भनाइ केवल देखावटी हुन्, गोहीका आँसु हुन् भन्ने कुरा उनीहरूका व्यवहारबाटै बुझ्न सकिन्छ । सरकार र गैरसरकारी संस्थाहरूले गर्ने विज्ञापन र तारे होटलहरूमा गोष्ठी भाषण गरेर तयार पारिने र प्रतिवेदनमा गरिने खर्चको दशांश मात्र ती बालबालिकाको जीवनयापन र शिक्षामा लगाइदिने हो भने पनि ठूलो काम हुन्थ्यो । केबल काममा नलगाउ भनेर उपदेश दिएर मात्रै हुन्छ कि काम पनि गर्नुपर्छ ? काम नगरेर के खाएर बाँच्छन् ती ? गरिब, असहाय, द्वन्द्वपीडित, टुहुरा बालबालिकाका नाम बेचेर बाहिरबाट ल्याएका रकमबाट ठूलाबडाले आफ्नै महल ठड्याएका छन् भने तिनैले बालश्रम निषेधको भाषण गर्छन् ।

जसका नाममा ठूलठूलो रकम भित्र्याइएको छ, तिनै अनाथ केटाकेटी कतै होटेलमा जुठा भाँडा माझेर त कतै तिनै भाषण गर्नेका घरमा नोकरका रुपमा बसेर पेट पाल्न बाध्य छन्. । कोही सडकमा अलपत्र छन् भने कतिलाई विदेश पु¥याएर बेचेका पनि छन् । सहाराहीन बालबालिका कसैका लागि कमाउने साधन भएका छन् भने कसैका लागि सित्तैमा नोकर । ज–जसले बालश्रम शोषणविरुद्ध भाषण गर्छन् तिनैका घरमा अधिकांश बेवारिसे दूधमुखे बालबालिकालाई निष्ठुरताका साथ दलेर काम गराइएको हुन्छ । त्यसबाहेक बस, टेम्पोहरूमा झुण्डिएर कामगर्ने एकथरि छन् भने अर्काथरि वर्कशपहरूमा देखिन्छन् । त्यसैले यी भाषण गर्नेहरू इमान्दार छन् भने तिनका नाममा आउने पैसाबाट तिनैको खाने बस्ने र पढ्ने लेख्ने  व्यवस्था मिलाएर देखाउन् । व्यवस्था पनि नगरिदिने र काम पनि नगर भन्ने प्रचारवाजी गरेर ती कसरी के खाएर बाँच्छन् ? खोई नेताको इमान्दारी र विवेक ? खोई सरकारमा बस्नेहरू र गैरसरकारी संस्थाहरूमा काम गर्नेहरूको भनाइ र गराइको तालमेल ?

आफ्नो कर्तव्य गर्ने संस्कार यहाँ देख्नै पाइँदैन, सबै अर्कैलाई उपदेश दिने मात्रै भए । आफूलाई कानुन पनि नलागोस्, कानुनको पालना पनि अरुले मात्रै गरुन् भनेर ठूलाबडाहरू असनका साँढे (अब त असन होइन, संसद् भन्नुपर्ला जस्तो छ) जस्ता भएर हिंड्न पाइयोस् भन्नेखालको व्यवहार देखाउँछन् ।

सामान्य मान्छेले त अर्कालाई काम गराउदैन, आफैं गर्छ । नोकर, गोठाला राख्ने त ठूलाबडाले नै हो । त्यसैले बालबालिकाको श्रम शोषण यहाँ हुनेखाने र नेतृत्व तहकाहरूले नै बढी मात्रामा गरिरहेको पाइन्छ । उनीहरू ने फेरि बालश्रम शोषण नगर भनेर उपदेश छाँट्छन् । काठमाडौंका धेरैले गरिबका छोराछोरीलाई पढाइदिन्छौं भनेर ल्याएर सित्तैमा घरधन्दामा दलाएका हुन्छन्, पढाइ भन्ने कुरा चाहिं नमोनारायण । यही हो यहाँका ठूलाबडा जान्नेसुन्ने नेता हुनेहरूको चालचलन । कुरा एउटा, काम अर्को ।

अरु त अरु, माओवादीले नै श्यालले खोरबाट कुखुरा थुतेर लगेझैं घरघर र स्कूल स्कूलबाट केटाकेटी टिपेर लगेका र बन्दुक बोकाएर लडाइँमा होमेका कथा पनि ताजै छन् । आज तिनै माओवादी सरकारमा छन् । विज्ञापन गर्छन् सरकारी पैसा खर्च गरेर उमेर नपुगेका बालबालिकालाई काममा नलगाऔं भनेर । त्यो विज्ञापन गर्ने पैसाले हल्ला नगरिकन बाल कल्याणकारी कार्यक्रम किन संचालन गरिंदैनन् ? आफैंले पालन नगर्ने कुरा अरुलाई उपदेश दिन सुहाउँदो हो त ? आज अबोध बालबालिकालाई समेत पैसा कमाउने र राजनीति गर्ने माध्यम बनाइएको छ । यो लाजमर्दो होइन ?

पञ्चायतकालमा बरु राजपरिवारका सदस्यहरूको प्रयासबाट जनसहयोग जुटाएर पचहत्तरै जिल्लामा बालमन्दिर संचालन र अन्ध अपांग संस्था, कुष्ठरोग निवारण संस्था, तिनका बालबच्चाका लागि शिक्षादीक्षा र आवासीय विद्यालयका साथै सडक बालबालिकालाई समेत पाँचखालमा खाने, बस्ने, पढ्ने र तालीम दिने व्यवस्था गरिएको थियो । तर तिनै संस्थामा समेत राजनीति गर्न थालेर अस्तव्यस्त पारिएको छ । सामाजिक सुधारका लागि लैनचौरमा त्यत्रो बिल्डिङ बनाएर सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् मार्फत अधिराज्यभरिका सामाजिक संस्थाको सुसंचालनको व्यवस्था मिलाइएको थियो । तिनै संस्थाको स्थिति भताभुङ्ग छ ।

बिचल्लीमा परेमा असहाय बालबालिकाका नाममा बाहिरबाट आउने सहयोग सम्बन्धित गैरसरकारी संस्थाले कसरी खर्च गरेका छन् ? केवल गोष्ठी, सेमिनार र विदेश भ्रमणमा खर्च भएको त छैन ? भनेर अनुगमन गरेर त्यस सहयोगको सदुपयोग गराउनु त कताकता, त्यस्ता संस्था कति छन् र के गरिरहेका छन् भन्ने समेत भरपर्दो अभिलेख सरकारसित छैन । यथार्थमै बालबालिकाका समस्या समाधान गर्ने हो भने सरकारले निश्चित नीति नियम र कार्यक्रमका आधारमा ती संस्थालाई नियमन गरे गराएर साधन स्रोतलाई सदुपयोग गर्ने ठोस र कल्याणकारी योजना व्यवहारमा लागू गरेर अलपत्र परेका अनाथ बालबालिकालाई समेत पैसा कमाउने र राजनीति गर्ने साधन बनाउनबाट रोक्न सक्नुपर्दछ ।

तर यहाँ राजनीति गर्छौं भन्ने र सरकारमा बस्नेहरू भने दाइँमा मियोका वरिपरि गोरु रिंगेझैं कुर्सीकै वरिपरि रिंगिरहेका छन्, देशका जल्दाबल्दा समस्याप्रति कुनै चासो नै भएजस्तो छैन । ओठ निचोरे दूध आउला जस्ता केटाकेटीलाई आफैंले सित्तैमा काममा जोतेर श्रम शोषण गर्ने र अरुलाई उपदेश दिने काम छोडेर आफूले राम्रो गरेर देखाउनु प¥यो, रित्तो भाषण र विज्ञापन दिएर मात्रै भएन । यथार्थमै बालबच्चाको उद्धार हुने काम गर्नुप¥यो । सम्बन्धित मन्त्रालयले एनजीओ, आईएनजीओहरूलाई स्थिति र अनुशासनमा राख्नुप¥यो । आज उनीहरूले नै राज्य चलाएजस्तो छ । त्यस्तो हुनुभएन । जताबाट आएको पैसा भए पनि त्यसबाट लक्षित वर्ग र समुदायले फाइदा पाउनुप¥यो । हिजोकोभन्दा आजको स्थिति सुध्रेको र सप्रेको जनताले देख्न पाउनुप¥यो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]