युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ
Monday, 08.15.2011, 03:02pm (GMT+5.5)

शक्ति सत्ता, भत्ताको मात लागेपछि जनतालाई जन्तुभन्दा तलको हेय र तिरस्करणीय देख्ने होड चरमचुलीमा पुगेको देखिराखेका बेला यौटा मन्त्री "श्री गोकर्ण बिष्टले जनताको भावना अनुसार अघि बढेर स्याबासी पाउने काम गरे भनेर लेख्न पाउनु पनि कम सुखद् होइन ।

राजनीति यद्यपि पेशा व्यवसाय किमार्थ होइन, विशुद्ध समाजसेवा हो । तर हरेक दलका नेताले व्यक्तिगत विवरणमा पेशा व्यवसाय राजनीति भनेर उल्लेख गरिएको देखिँदै आएको छ । त्यस बाहेक श्रव्य दृश्य संचार माध्यमहरूमा सबैले "राजनीतिमा लागेको मन्त्री बन्न, सत्तामा जान नै हो, जोगी बन्न होइन" भनेको सुनेपछि उनीहरूलाई नेता नभनेर नमानेर "बिना पूँजीको र जोखिमरहित असीमित मुनाफाको पेशा व्यवसायी" भन्नुपर्ने लाग्यो ।

बहुदलीय बाह्र वर्षीय संसदीय कालखण्ड र त्यसपछिको आधा दशकको नेटो काट्न लागिसकेको लोकतन्त्रात्मक गणतान्त्रिक शासक व्यवस्थामा शासन सत्तानियन्ता नेताहरूको व्यवहार, आचरण र वैयक्तिक चरित्रको नग्न तस्विर चलचित्रको पर्दामाझै जसरी धारावाहिक रुपमा देखापरिरह्यो, त्यसले जनता दृष्टिमा घृणा, तिरस्कार र व्यामोह फैलाउने काम व्यापक र तीव्र रुपमा ग¥यो । यसमा कही कतै कसैले फरक मत जनाउन तयार देखिएन ।

अझ संविधानसभाको निर्वाचन सम्पन्न भएपछि "संविधासभाले नै अन्तरिम व्यवस्थापिका संसदको हैसियतमा समेत कामगर्ने" भन्ने उल्लेख छ । अन्तरिम संविधानको धारा ८३ को संवैधानिक प्रावधानको आधारमा संविधान निर्माण गर्ने मुख्य कार्यका अतिरिक्त जब अर्को भूमिका निर्वाह गर्ने अधिकार पायो, सिंगो संविधान सभा नै आफ्नो मूल जिम्मेदारी बिर्सेर वा छाडेर "प्रधानमन्त्री बनाउने, फाल्ने र आफू, आफ्नो दलकाभन्दा आफ्नो गूटका कार्यकर्तालाई कसरी सत्ता र शक्तिमा पु¥याउने, भजने, मण्डले, कुण्डले, र कुख्यात, अपराधी ग्याङ्का नाइकेहरूलाई सबैभन्दा बढी संख्यामा कसले संरक्षण गर्ने ?" भन्नेमा नै ठूला दलका ठूला हैसियतका नेताहरूको ध्यान केन्द्रित हुन पुगेको देखियो । जसको कारण संविधान बनाउनु पर्ने दायित्व नै बिर्सेका ठूलासाना दलका दर्जनौ हरूवा, चरुवा, खेतालाहरूलाई भने दुई पटकसम्म संविधानसभाको हो कि व्यवस्थापिका संसदको म्याद थपिएको थियो भन्नेसम्मको ज्ञान पनि रहेनछ । यसो भनेर भन्दा अतिशयोक्ति पूर्णभनाइ भन्ने पनि लाग्नसक्छ । तर "प्रत्यक्षे कि प्रमाणम्" भने झै स्वयं अनुभूत तथ्यलाई अन्य प्रमाण खोजेर पुष्टि गरी राख्नुपर्दैन ।

"शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउँछ र परमशक्तिको प्राप्तिले चरम भ्रष्ट बनाउँदछ" भन्ने उक्तिलाई अरुहरूले कति प्रतिशत सत्य सावित गरे ? तर नेपालको सार्वभौम सत्ताको निशेष प्रयोक्ता संविधानसभा संसदका सदस्यहरूमध्ये झण्डै ९९ प्रतिशतको हारहारीले निर्विवाद "ब्रह्मवाक्य" कै रुपमा पुष्टि गरिदिए । संविधानसभाको पहिलो बैठक (२०६५ जेष्ठ १५ गते) बसेर "परम्परागत राजालाई सत्ता च्यूत गरेको" घोषणा गरेको भोलिपल्टदेखि नै प्रत्येक दलका नेताले मात्रै नभई कार्यकर्ताले समेत आफूलाई संविधान, ऐन कानुनभन्दा माथिका "वेताजका नवमहाराजाको हैसियत वाला" भन्ने देखाउने होड मच्चियो ।

त्यसको पूर्ण फेहरिस्त भलै यहाँ समय र स्थानको सीमितताले सम्भव नहोला ? तर २०६५ जेष्ठको उत्तराद्र्धदेखि आजसम्मका ठूला साना पत्रपत्रिकादेखि श्रव्य दृश्य संचार माध्यमबाट प्रकाशित प्रसारित अपराधपूर्ण घटनाहरू केलाउनेले प्रत्येक गम्भीरतम अपराध कुनै न कुनै दलको कुनै गुटको नेता वा कुनै संविधानसभा÷संसद सदस्य संलग्न भएको वा सांसदको छाया परेको देख्नेछ । बार वा मसाज घरभित्रका नृत्यांगनादेखि बारांगनाहरूसँग निर्वस्त्र भेटिएका मध्येमा होस् वा पासपोर्ट बेच्ने, शासक प्रशासकमाथि जुत्ता चप्पल प्रहार गरेर जनतालाई विधि विधान। ऐन। कानुन। सामाजिक अनुशासन तोड्न बाटो खोलिदिने जस्तो सामाजिक अपराधपूर्ण कार्य गर्ने होस् । कुनै व्यक्तिको अपहरण गर्नेदेखि अबोध शिशुको अपहरण र हत्या गर्ने सीमान्त जघन्य अपराधपूर्ण कुकृत्यको घटनामा होस, वा कुनै सरकारी कर्मचारी र सेवाग्राही बीचको भ्रष्टाचारको दलालीमा होस् दृश्य-अदृश्य, स्पष्ट-अस्पष्ट रुपमा कुनै न कुनै नेता वा सांसदको संलग्नता वा आबद्धता भएको हुनुपर्छ भन्ने पूर्वानुमान जनताले गर्ने आमपरम्परा प्रचलन नै बन्यो ।

धेरैलाई लाग्नसक्छ, "लेखक २०६३ पछिको परिवर्तनप्रति नै निरपेक्ष र निषेधवादी नजरियाले हेर्न र विश्लेषण गर्ने गर्दछ, तीललाई, ताड मात्रै होइन, पहाडैको रुपमा देखाउनेगर्छ ।" तर धेरै पछाडिसम्म फर्केर हेर्ने वा नियाल्ने जाँगर र क्षमता नहुनेले विगत २-३ महिना यताका ठूला साना दैनिक साप्ताहिक पत्रपत्रिका र श्रव्यदृश्यमा आएका सूचनामुलक समाचारतिर ध्यान दिए "घटना आफैं बालेको साांक्षी दिएको र अपराधी को सक्कली अनुहार देख्न पढ्न सुन्न जान्न सक्नेरहेछ ?" भन्ने बुझ्ने छ ।

अझ त्यति पनि क्षमता नभए केही दिन पहिले मात्र कान्तिपुर दैनिकको मुख पृष्टमा प्रकाशित "कुन अपराधी नाइके डनसँग कुन दलका कुन वरिष्ठ नेताको नाइटो जोडिएको रहेछ, लगनगाँठो जोडिएको रहेछ र कसले कुन अपराधी समूहको बलमा राजनीति गर्ने गरेको रहेछ ! भनेर स्पष्ट बुझ्ने छ । अपराधी सरदार र राजनीतिक शीर्ष नेताका दाबेदारहरूको तस्वीर त्यसैमा खोजेर पढ्दा पुग्छ । बढी नै विस्तृत रुपमा जान्न बुझ्न चाहने हो भने हिमाल (खबर पाक्षिक) को वर्ष २१ अंक ८ पूर्णाङ्क २९२ मिति १६-३२ साउन २०६८ को अंकको पेज ३० देखि ३७ सम्मका गुण्डाको साम्राज्य" "गुण्डा पथमा राजनीति" अन्तर्गतका सबै विवरण र "राजधानीमा नेता संरक्षित गुण्डा" जस्ता बक्स भित्रका सूची पढ्दा धेरै कुरा खुलस्त हुनेछ ।

नेपालको यो सबै राजनीतिक दल बलका आडमा संरक्षित अपराधिक शक्ति र त्यही अपराधिक शक्तिको भरमा सत्ता नियन्ता बनेका, देश हाँकेका नेताहरूको गोल चक्कर वा चक्रव्यूहमा परेको देश र जनताको भविष्य के कस्तो होला ? त्यस संकटबाट राष्ट्र र नेपालीलाई पार लगाउन झलनाथ बबुरोले त के पशुपतिनाथले पनि सक्लान् नसक्लान् ? भन्ने भइरहेको बेला "यसरी संकट मोचन हुनसक्छ" भनेर यो अनाथले भन्न सक्दैन । त्यसैले त्यता पट्टी बढी नजाउँ ।

तिनै "अपराधको राजनीतिकरण र राजनीतिलाई अपराधीकरण" गरेर दुवैको संयुक्त शक्तिका आडमा निर्धक्क, भ्रष्टाचार, दुराचार, कदाचार गरी राज्यका विधि विधान, ऐन कानुनका प्रावधानहरू र राष्ट्रको अस्तित्व, अस्मिता र सार्वभौम स्वतन्त्रता माथि सामूहिक बलात्कार गर्दै गरेका "श्वेतपोशी अपराधीहरूले" आज आफूले गरेका खुनी अपकृत्यको कस्तो परिणति र नियति भोग्नु पार्ला ? यो कुराले धेरैको मन मर्थिंगल सायद विथोलिरहेको होला भन्ने लाग्छ ।

त्यस्तै कहालीलाग्दो कोलाहलपूर्ण निष्पट्ट अँध्यारो भविष्यतिर नियाल्दै गर्दा एकातिर रामप्रसाद श्रेष्ठ, गोकर्ण बिष्ट, भगवती काफ्ले जस्ता दुई चारजनाले जुनकिरीको रुपमा आआप्m्नो बलबुताले भ्याएसम्म झल्याक झुलुक उज्यालो छर्दै गरेको जस्तो देखिन्छ । अर्कोतिर लाटोकोसेरा जस्ता नशाचरहरू जुनकिरी टिप्न सक्रिय भइरहेको जस्तो पनि लाग्छ । "सतीले सरापेको देश"मा लाटोकोसेराहरू र जुनकिरीहरू कस्को कस्तो भविष्य होला त्यसबारे पनि सबैलाई थाहा छ । त्यस पाटोतिरको चर्चा पनि आवश्यक छैन त्यतितिर पनि नजाउँ । किनकि रामप्रसाद विनिवृत्त भएकोले विलिन भइसके । भगवती विचरालाई सुडानमा अडान लिन र छोड्न दुवै नसकेकोले आफ्नै अस्तित्व बच्ने नबच्ने चिन्ताले घाँटी अँठ्याए जस्तो लाग्छ । गोकर्ण बिष्ट एक्लैले प्रधानमन्त्रीले स्वयं सामूहिक मृत्यु घोषणा गरेको बेलामा पनि "कानुन सबैका लागि समान रुपमा लागु हुनुपर्छ" भनेर लागू गराएरै छाड्ने र "विधि, विधान, ऐन, कानुनका प्रावधानहरूलाई लत्याउने र माथिका अख्तियारवालाहरूलाई घिच्याएर कानुनका सीमाभित्र समेट्नेमा लागेको सुधार र उदारताको जुन संकेत दिएका छन्, त्यसलाई समेत सस्तो लोकप्रियता (पपुलिष्ट) भन्ने देखिए । यस्तो नकारात्मक नजरियाले मात्र हेर्ने समाजले भविष्यमा राम्रो गर्न ताम्सेनेलाई स्याबासी देला, कि खुट्टा तान्ने र भीमसेन थापाझै सेरिएर आत्महत्या गर्न बाध्य पार्ला ? समयले उत्तर दिनेछ जेहोस् ।

प्रसङ्ग "सुन्दर, शान्त, विशाल भनेर पूर्खाले जिम्मा लगाएर गएको देशलाई अपराधीकरण, भ्रष्टीकरण र ध्वस्तीकरण गर्न प्रतिबद्ध र कटिबद्धहरूले कुन भड्खारो वा भासमा लगेर जाक्छन्" भन्ने हो । र सँगै जनताले जसरी हिजो प्रचण्डको पछि लागेर" परम्परागत् जर्जर सामन्ती शासन व्यवस्थाको प्रतिनिधि" भनिएको राजासँगै राजतन्त्र फाल्न दश वर्षसम्म सशस्त्र ग¥यो, झण्डै १५ हजार सन्तानको बलिदान ग¥यो । झण्डै १५ हजार सन्तानको बलिदान ग¥यो । हजारौलाई बेपत्ता गरिएको, अपाङ्ग बनाइएको पीडा भोग्यो । "बेदना नै शक्तिको उपादान तत्व हो" । कथं कदाचित् आजको निमुखो जनताले फेरि जागेर कुनै ताज भिरेको वा बेताजको हिट्लर, नेपोलियन, कमाल पाशा जन्माएर वर्तमान विरुद्ध शान्तिपूर्ण वा रक्तपातपूर्ण संघर्षमा उभियो भने यी माथि उल्लेख गरिएका अपराधीको बलमा सिंहदरबारको कुर्सी हत्याएकाहरूको भविष्यको के होला ?

यस्तै कुरा घोत्लिँदै र कल्पना गर्दै जाँदा कतिसम्मको दृष्परिणामको तस्वीर अगाडि आउँदो रहेछ ? एकजना मित्रले पनि ठीक यस्तै सोच्दै गर्दा आफैं झल्याँस्स हुन पुगेको कथा व्यथा सुनाए । उनले माथि उल्लेख गरेका बारेमा प्रश्नात्मक प्रतिक्रिया यसरी जनाए "कदाचित् जनता फेरि २०४६ को जनआन्दोलन २०५२-६२ बीचको दश वर्ष सशस्त्र जनसंघर्ष, र २०६२÷६३ को जस्तो दोस्रो जनआन्दोलनमा जाग्यो र यी अपराधको साम्राज्य नै कायम गरेका बग्रेल्ती नव-सम्राट्हरू"लाई हिजोका राजाको जस्तो सत्ता र शक्तिबाट मात्र विस्थापित गर्लान् कि त्यति मात्र नगरी सन् १९१७ का बोल्सेविकले निकोलस् जार द्वितीयको जस्तो नियति भोगाउलान् ? जार द्वितीयको नियति भोगाइ दिए भने के यिनीहरूको लाशलाई चित्तामा पु¥याउलान्, कि सडकमा छोडिदेलान् ?, के त्यस्तो स्थितिमा भुस्याहा कुकुरहरूले पनि धमिजा, लाउडा चेजएयरदेखि पुरातात्विक सम्पदा (हतियार) र सुडानको डार्फरका एपीसी खरिदसम्मको कमिशनको ठूलो अंश खाएका ने.का.का. महानायक गिरिजाको तस्वीरसँगै आजका श्वेतपोश अपराधी, घुस्याहरूको लाश सुँघेरे मात्रै छोड्लान् कि, तुक्र्याएर समेत छोड्लान ?" उनको आक्रोशको आगोको लप्काभरि प्रश्न यसरी नै निस्क्यो । त्यो सुनेपछि लाग्यो, सायद सम्पूर्ण प्रदूषित पर्यावरणको प्रभाव परेर हो कि ? मान्छेको मनमर्थिंगल र चिन्तन धारालाई नै कलुषित पारिदिने रहेछ ।

उनको त्यस्तो तीव्र प्रतिक्रियाबाट झल्यास भएर झस्किँदा कुनै विद्वान्ले भनेको भनाइ सम्झिन पुगें । भलै नाम बिर्सेको किन नहोस्, उनीहरू अलग अलग थिए र पूर्व र पश्चिम विपरित दिशातिरका महादेशका उपज थिए भन्ने थाहा छ । एकजनाले भनेका थिए "मनमथिङ्गलमा उब्जेका वा आएका कुरालाई अपराध ठान्ने हो भने प्रत्येक मान्छेले प्रत्येक दिन सयौं अपराध गर्छ" । अर्काले भनेका थिए "संसर्गजा दोष गुणा भवन्ति" (संगति अनुसारको मति हुन्छ) । लाग्यो मेरा मित्रको मनमथिंगलमा आएको विद्रूप र विभत्स चिन्तनको गंगोत्री म र ती मित्र आफै बाँचेको देशको परिवेश नै हो ।"

यद्यपि हल्का फुल्का रुपमा हेर्ने सोच्नेहरुले "हरेक ठूलो ऐतिहासिक परिवर्तनपछिको संक्रमणकालमा यस्तो अवस्था देखापर्नु कुनै अनौठो विषय होइन" भनेर भन्ने गरिएको पनि सुनिएको छ । तर माथि उल्लेख गरिएझैं देशलाई उन्नति, प्रगति र समृद्धिको शिखर पु¥याउने डिङ हाँकेर सधैं सत्ता नियन्ता बनेका शीर्ष नेता गिरिजाप्रसाद कोइराला जस्ता लोकतान्त्रिक-गणतान्त्रिक शासन प्रणालीका महानायक मानिएका नेता जसरी जीवनकालभर धमिजा, लाउडा र चेज एयर, संस्थानहरुको निजीकरणमा दाम र बनाम कमाउनेमा गनिए, त्यसरी नै उनको देहावशान भएपछि नेपालको राष्ट्रिय एकीकरणको गौरवपूर्ण इतिहासका ठोस साक्ष्य बनेका २५०-३०० वर्ष पुराना हातहतियार बेच्ने र सुडानको डार्फरमा पठाउने एपीसी खरीद प्रकरणको पाश्र्व निर्देशकको रुपमा पनि नाउँ जोडिएको देखियो । यसबेला परिस्थितिले एउटा लोकोक्ति सम्झना गराइरहेको छ "धोती लगाउनेको त यो गति, लँगौटी लगाउनेको कुन गति" । जुन देशमा शीर्षस्थ र महानायकले नै गलत राजनीतिको बाटो बनाएर गए, अपराध र राजनीतिलाई एक अर्काका अभिन्न विषय हुन् भनेर गए, त्यस देशमा उनैका अनुगामीहरुले राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गरेकोमा आश्चर्य पनि कसरी मान्ने ? तर लामो कालखण्डसम्म अविच्छिन्न रुपमा यस्तै अपराधीहरुको अपकृत्यलाई चिरफार गरेर हेर्दाहेर्दै आफ्नो सोच र चिन्तनमा पनि नजानिंदो गरी त्यस्तै अपकृत्य कार्यको छाप परेको र चिन्तनधारा, सोच र शैली पनि निषेधवादी र सबैलाई कालो कलुषित देख्ने हुँदोरहेछ ।

तर त्यो सबैलाई एकातिर राखेर बुद्धले भनेको र गीतामा पढेको कुरा सम्झिन मित्रलाई आग्रह गर्दै थिएँ । दुवैको सार यौटै हो । "कुसंगति, कुविचार, कुसंस्कार र कुभोजनले मान्छेको मन मस्तिष्कलाई दुषित गर्छ, त्यसैले त्यस्ता कुरालाई देखेपछि तुरुन्त बिर्स, मन र चिन्तनको विषय नबनाऊ ।" तर चारैतिर डँढेलोले घेरिएको बनबीचको मान्छे चिन्ता मुक्त भएर त्रिपिटक, गीता, बाइबल र कुरान शिरानी हालेर निश्चिन्त निदाउन सम्भव हुँदो रहेनछ । सायद कोही यसको अपवाद भए त्यसलाई महायोगी नै भन्नुपर्ला जीवन र जगत्बाट निवृत्त भन्नुपर्ला ?



Rating (Votes: )   
Share     Print


Other Articles:
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]