युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.05.2019, 08:40pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
श्री झलनाथ खनाल नेतृत्वको अर्धवार्षिक सरकारको शव परीक्षण
Monday, 08.22.2011, 03:16pm (GMT+5.5)

२०६७ माघ २० गते वडो तिलस्मी शैलीमा प्रधानमन्त्री बने लगत्तै झलनाथ खनालले दिनुभएको वक्तव्यमा "कुनै अन्य कुराहरूको ख्यालै नगरी आफूले दुईवटा कुरामा अर्जुन दृष्टिले काम गर्ने कुरा उल्लेख गर्नुभएको थियो । यौटा, आफ्नै पार्टीका वरिष्ठ नेता श्री माधवकुमार नेपालले राजीनामा दिएलगत्तैको पहिलोपटकको प्रधानमन्त्री निर्वाचनमा ३९० को लिखित समर्थ एनेकपा माओवादीले पोल्टामा हालिदिँदा पनि सर्वसम्मतिको वा त्यो सम्भव नभए कम्तिमा दुई तिहाईको समर्थन प्राप्त नगरी प्रधानमन्त्री नबन्ने" जुन भीष्मप्रतिज्ञा गरेर उम्मेदवारी फिर्ता लिनुभएको थियो, यसपटक परिस्थितिको बाध्यताले बहुमतीय सरकारको नेतृत्व गर्दै सिंहदरबार प्रवेश गरे पनि यसै सरकारमा संसदका अन्य घटकहरूलाई पनि सामेल गरेर सकभर सर्वसम्मतिको नभए कम्तिमा दुई तिहाईको समर्थन प्राप्त गर्नेमा" अर्जुनदृष्टि केन्द्रित गर्ने थियो ।

अर्को, २०६३ मंसीर ५ गते तत्कालीन संसदवादी सात दल र दश वर्षीय सशस्त्र जनसंघर्षको नेतृत्व गरेर आएको विद्रोही माओवादीबीच संविधानसभाको निर्वाचन र त्यसका माध्यमबाट परम्परागत राजतन्त्रको अन्त्य र संवैधानिक प्रत्याभूति सहितको गणतन्त्र संस्थापना गर्ने "न्यूनतम शर्त" मान्न सात दल सहमत भएकोले उक्त दुवै कुरा पूरा नहुँदासम्म "आफ्ना जनसेनालाई अनमिनको रेखदेख र मध्यस्थतामा तोकिएका अस्थायी शिविर (क्याण्डोमेन्ट) मा राख्ने र उनीहरूका (जनसेनाका) हातहतियारलाई "कन्टेनर"मा राख्ने जुन सहमति, त्यसै अनुसार संविधानसभाको निर्वाचन २०६४ चैत्र २८ मा सम्पन्न भएको थियो । अब संविधानसभाले संविधान निर्माण गरेर गणतन्त्रलाई संस्थागत नगर्दासम्म माओवादीकै खटनमा रहेका जनसेना र हतियार राज्यअन्तरगत रहने गरी समाहित गर्ने । र "संविधानतः गणतन्त्रलाई संस्थागत गर्ने सात दलको वाचा पूरा भएको लिखत तत्कालीन विद्रोही र संविधानसभाको निर्वाचनबाट संविधानसभा संसदमा कुल सदस्य संख्या (६०१) को चालीस प्रतिशत करीबको सदस्य सहित ठूलो दलका रूपमा प्रवेश गरेको दललाई हस्तान्तरण गर्ने" थियो ।

मुख्यतः उक्त दुई आधारमा र सामान्यतया उहाँको अद्र्धवार्षिक (छ महिने) सरकारले देशको शासन सत्ता हत्याएपछि देश र जनताले पूर्ववर्ती विभिन्न कालखण्डका विभिन्न व्यक्तिको नेतृत्वको सरकारहरूको कार्यकालका तुलनामा के कति लाभ हानी प्राप्त ग¥यो भोग्न बाध्य भयो भन्ने लेखापरीक्षण गर्नुपर्ने भएको छ । अल्पजीवीखनाल नेतृत्वको समग्र मूल्यांकन सबैले सम्भवतः यस्तै आधारमा गरेका होलान् वा गर्लान् भन्ने लाग्छ । यदि यसबाहेक भक्तिवादी वा आग्रह पूर्वाग्रहपूर्ण रूपले मूल्यांकन गर्ने चेष्टा गरियो भने त्यसले खनाललाई उठाउने वा थेचार्नेभन्दा स्वयं (मूल्यांकनकर्ता)कैं क्षति पुग्ने वा छवि बिगार्ने छ । जेहोस् ।

ने.क.पा. एमालेका यौटा वरिष्ठ नेताको नेतृत्वको सरकारलाई उसै दलका अध्यक्षले भत्काएर आफ्नै नेतृत्वमा अर्को सरकार गठन गर्न सफल भएकोमाभन्दा संसदमा रहेको झण्डै ६२ (वयसठ्ठी) प्रतिशत वामपन्थी चोंगाधारी बहुरुपिया कम्युनिष्टहरूलाई फुटाएर रजाईं गर्दै आएका दक्षिणपन्थी दक्षिणमुखी पार्टीहरूलाई दरकिनार गराउन एनेकपामाओवादी जसरी सफल भयोे, त्यसलाई चतुरतापूर्ण खेलभन्ने ठानेको थिएँ ।

हुन पनि कम्युनिष्टको झण्डा बोक्नेहरूको सुस्पष्ट बहुमत भएको संविधानसभा संसदमा गैरकम्युनिष्टहरू सत्तानियन्ता बनेर यौटा कम्युनिष्ट पार्टीको नेतालाई अगुवा बनाइ हिड्नु सहज र सुहाउँदो पनि देखिएको थिएन । त्यस स्थितिमा झलनाथ खनालले भित्र जो जेजस्ता भए पनि देख्दा यौटै झण्डा बोक्नेहरूलाई समेटेर वामपन्थीहरूकै बहुमतको सरकार जुन गठन गर्नुभयो, त्यस दृष्टिबाट यौटा नयाँ प्रयोगको सफलताको जीवन्त प्रतीक र पर्याय भन्ने मूल्यांकन गरेको थिएँ । त्यसै कारणले उहाँले शपथ ग्रहण गरेको दोस्रो तेस्रो दिन नै यसै स्तम्भमा "कमरेडहरूलाई स्वार्णिम इतिहास लेखाउने अन्तिम अवसर" शीर्षक दिइ लेखियो । किनकि कतिपय देशीविदेशी शक्ति र उनका गोटी बनेका राजनीतिक नेताको रूपमा परिचय दिने व्यक्तिहरूका लागि झलनाथको नेतृत्वमा कूटनीतिक कौशलतापूर्वक बनेको सरकार अनभिप्सित, अनपेक्षित, र अवाञ्छित थियो, असहज र अस्वीकार्य थियो । आफ्नो हैकम र हालीमुहालीको सरकारलाई दरकिनार गरेर आफ्ना प्रबल र सशक्त विरोधी दलको बलमा अर्को सरकार गठन सहज मात्रै होइन किमार्थ स्वीकार्य नहुनु स्वाभाविक नै थियो ।

कसैका लागि अस्वीकार्य र अवाञ्छित भए पनि झलनाथ खनाल जेजस्तो शक्तिको बलमा सिंहदरबारभित्र प्रवेश गर्न सफल हुनुभयो त्यसरी नै उहाँ सामु धेरै नयाँ चुनौति र संकटहरू पनि थपिने देखिने निश्चित थियो । त्यसलाई चानचुने संकल्प, अठोट, चाहना र साहसिकताले छिमेल्न र पन्छाउन सम्भव थिएन । सरकार गठन गर्दाको ऐक्यबद्धता, प्रतिद्धता र "कि मरिछाड्यो, कि गरिछाड्यो" भन्ने हठ सरकारमा सहभागी सबै दलका नेताले गरेको हुनु अपरिहार्य वा अनिवार्य थियो । तैपनि कम्युनिष्टका नामधारी प्रधानमन्त्री भएको नाताले सबैलाई त्यस्तो मिलिजुली दरिलो मन, मुटु र संकल्प साथ अघि बढिहाल्छन् कि भन्ने लागेको थियो । नेपालीले स्वेच्छा र स्वतन्त्र रूपमा गठन गरेको सरकार भएको नाताले नैतिक रूपमा साथसमर्थन प्रदान गरेको प्रदर्शन गर्न उक्त "स्वर्णिम इतिहास लेखाउने अन्तिम (?) अवसर" भनेर २०६७।१०।२५ को स्तम्भमा भनिएको थियो ।

तर "दिनको लक्षण बिहानीले देखाउँछ" (मर्निङ्ग सोज द डे) "हुने विरुवाको चिल्लो पात", अथवा "कुचो बाँट्नु लच्छिन विचार गर्नु" भन्ने उखानले झलनाथको पहिलो पाइला नै लखडाएको अलच्छिनको संकेत ग¥यो । महान् संकल्पसाथ अछि बढ्नुपर्ने चुनौतीको भारी बोकेका झलनाथ खनालजी सत्तामा पुगे लगत्तैदेखि झिना मसिना कुरामा अल्झिने, अपरिपक्क, अल्लारे, आलाकाँचा झल्लाहरूको भारी भडकम दस्ताको झण्डा लिएर बालुवाटार पसेको भोलिपल्टदेखि नै "खोलो तरिसकें अब लौरोको के अर्थ ?" भन्ने विपर्यय मतिले उहाँलाई दुर्नियतिको बाटोतिर डोहो¥याएको लक्षण देखाउन थाल्यो । झलनाथजीका हितैषी र आफ्नै गुटका अन्तरङ्ग मित्र बनेर बालुवाटार घुस्न सफलभएका कुमित्रहरूको सञ्जाल र छलकपटले उहाँको बुद्धि, विवेक र ठीक बेठीक छुट्याउनमा प्रयोग गर्नुपर्ने विशिष्ट चिन्तन शक्तिको तारलाई बडो चतु¥याईपूर्वक खुस्काइदिएको वा छुटाइदिएको सत्य र तथ्यबोध उहाँका खास हितैषी, तर उहाँबाट धेरै टाढा ठानिए मानिएकाहरूले महसुस गरे ।

एक हप्ताभित्रै त्यस्ता पूर्व संकेत पाएर नै "खनाल खलनायकसावित हुने कि महानायकबन्ने ? भनेर उहाँलाई सतर्क गराउँदै २०६७ फागुन ३ गतेको स्तम्भमा सार्वजनिक रूपमा विकल्प देखाइयो । देशको प्रधानमन्त्रीलाई नै लक्षित र केन्द्रित गरी पत्रपत्रिकामा प्रकाशित समाचार, लेख, समीक्षा, आलोचनापरक सामग्रीहरूलाई उहाँको प्रेस, सूचना सम्बन्धी फाँट हेर्ने सल्लाहकारहरूको र निजी सचिवालयको जम्बो टोलीले संकलन गर्ने र कटिङ्ग क्लिपिङ्ग गरेर प्रधानमन्त्रीज्यूमा जाहेर गर्ने" न्यूनतम दायित्वको पनि ख्याल गर्दैनन् र नाम चलेका र भय सिर्जना गरी दाम र नामका लागि सबै कुरा छाप्ने ठूला घरानियाका प्रकाशन र आफ्नै पार्टीका वा बाहिरका भजने पत्रपत्रिका पेश गरेर प्रधानमन्त्रीको हजूरिया हुनपाएको अवसरको अधिकतम लाभ लिने नितान्त अनैतिक सोचाई पालेर बसेका हुन्छन्भन्ने किमार्थ सोच्न सकिन्न । त्यसैले प्रकाशित उक्त दुई विकल्प उहाँले हेर्नु पढ्नु भएको हुनुपर्छ भन्ने विश्वास गरिएको छ ।

उहाँले उक्त दुई विकल्पमध्ये कुनै एक विकल्प रोज्नुको पनि विकल्प थिएन । उहाँलाई आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जसरी आआफ्ना दलका निर्णायक नेताहरूले गराएको डाँक बढाबढमा जितेर आएका अतीतदेखि नै चरम भ्रष्टाचारी, दुराचारी, अनाचारी, कदाचारीहरूका राष्ट्रिय सूचीमा शीर्ष स्थानमा नाम लेखाएका र पंचायतकालदेखिकै पतीत भनेर दाम र वदनाम कमाएका अपकीर्तिमानीहरूको डेढ दर्जन दलका प्रतिनिधीको दल बल लिएर २२ दलको सहमति समर्थनको "पातको साँघु"बाट सरकार हाँकेर सुरक्षित रूपमा जतिसक्यो बढी दिन सरकार चलाउनुपर्ने समस्या र चुनौति थिएन । माओवादी अथवा अध्यक्ष प्रचण्ड नै उहाँका लागि एकता सर्वेसर्वा थिए । त्यसैले उहाँ (खनालजी)ले "जस्ले ताज पहि¥याउँछ, उसैका हातमा त्यो ताज झिक्ने शक्ति निहीत भएको हुन्छ ।" भन्ने भनाइको राम्ररी हेक्का राख्नुपर्दथ्यो । तर उहाँ स्वयं र उहाँबाट सल्लाहकार, हल्लाकार, (गुणानुवर्णनकारी भजने) का मानपदवीधारी हनुमान दस्तालाई त्यस्तो तथ्य राम्ररी थाहा भएको थिएन भन्ने हदमा सोच्नु सायद ठीक हुँदैन होला ।

जनअपेक्षाको कदरभन्दा मानमर्दन भयो

उहाँले उम्मेदवारी दाखिल गर्नु पहिले नै "आफू प्रधानमन्त्री कार्यालयमा फोटो थप्ने मात्रै उद्देश्य र लक्ष्यका साथ उम्मेदवार हुन तयार भएको होइन" भनेर भन्नुभएकोले उहाँले त्यस बेला सिंहदरबार पसेर ठूलै उल्लेखनीय काम गरेको इतिहास लेखाउनुपर्छ भन्ने अर्जुन दृष्टिले सिंहदरबार प्रवेश गर्नुभएको थियो होला भन्ने विश्वास गरिएको थियो ।

तर उहाँलाई माओवादीले हालिदिएको त्यति बलियो "बेली वृज"बाट अघि बढ्दा र सिंहदरबार छिर्दा मनमथिंगलमा बोकेर राखेर गएको "योजना, अवधारणा र दूरदृष्टि" कसले कसरी कहिले मेटाइदियो ? "संविधानसभा संसदभित्र स्याल हुइय्याँ मच्चाइरहने" विरोधीहरूले, या बल्खु दरबारभित्रका प्रतिपक्षीहरूले ? देशी तत्वले कि विदेशी शक्तिले ? अथवा योग्यता, क्षमता, प्रतिबद्धता, इमान्दारिताको भरमा नभई पार्टीका नेतादेखि नातागोताका फरियाको फेरो समाएर, बालुवाटार घुसेका आफ्नै सल्लाहकारहरूले चुसेर वा दिमाग चाटिएकोले अशक्त अपांग बनाइदिए ?, कि "किन रोइस मङ्गले आफ्नै ढंगले" जन उक्ति समर्थक भएकोले ?

अतिततिर फर्केर हेरौं । उहाँलाई जति स्वर्णिम र सहज अवसर सायद लोकतान्त्रिक र गणतान्त्रिक शासन व्यवस्था प्रारम्भ भएपछि मात्रै होइन संसदीय बहुदलीय प्रजातान्त्रिक प्रणालीका कालखण्डका कुनै पनि प्रधानमन्त्रीलाई नसीवथिएन । माओवादीले साथ समर्थन दिँदासम्म जो जति उफ्रेर भित्तामा टाउको बजारे पनि उहाँलाई कसैले छुन र लछार्नसक्ने स्थिति थिएन । माओवादीले साथ र हात झिक्दा एक मिनेट पनि टिक्नसक्ने परिस्थिति र अवस्था किमार्थ बन्दैनथ्यो । यो कुरा यौटा सामान्य हिसाब जानेको निहायत निठल्ला गोठ, जुठेल्नो, रिक्का, हलो, कोदालो छोडेर सांसद बन्न आएका विभिन्न पार्टीका चरुवा हरूवा, खेतालालाई समेत थाहा थियो भने कांग्रेसभन्दा केही मात्र कम सभासद भएको एमालेको संसदीय दल र पार्टी अध्यक्ष समेत भएको व्यक्तिलाई पटक्कै हेक्का थिएन, भएन र उहाँ महनायकको सट्टा खलनायकको पगरी गुत्ने बाटो रोज्नुभयो भनेर कसरी भन्ने ?

अथवा अर्को शब्द र शैलीमा भन्नुपर्दा झलनाथ खनालले कहाँनिर पुग्दा वा टेक्दा चिप्लिनु भयो र "खलनायक" को दुर्गन्धी ढलमल भरिएको भड्खारोमा जाक्किनु भयो ? अब राजीनामा दिएर बालुवाटारमा झिटी गुण्टा बाँधेर बाहिर जाने साइत कुर्दै गरेको बेला त्यसको आत्मसमीक्षा गर्ने वा फर्केर हेर्ने हो भने सायद गल्ती भएका कुरालाई बुँदागत रूपमा यसरी सूचीबद्ध गर्न सक्नु हुनेछ ।

खनाल कहाँ कहाँ चुक्नु वा चिप्लिनुभयो ?

१. माओवादीकै काँधमा बोकिएर सिंहदरबार छिरेपछि गृह मन्त्रालयतिर चियाउनै दिन्नबरु फकाएर, छकाएर, थकाएर संचार माध्यमदेखि आफ्ना भजनेहरूको दस्ताबाट थुकाएर, झुकाएरै छाड्छुभनेर असम्भव जिद्दी गर्नु नै पहिलो दुस्साहसिकता र मूर्खतापूर्ण कार्य ठहरियो । नयाँ कालिदासदेखिने चेष्टा गरेको देखियो

२. जब सर्वसम्मति गराउन वा ठूला सबै दललाई सरकारमा ल्याउन सम्भव भएन, दुई तिहाई बहुमतकै समर्थनमा पनि संविधान संशोधन र निर्माण गर्ने साहस सामथ्र्य थिएन, त्यस स्थितिमा मधेशी मोर्चाबाट फोरमका अध्यक्ष उपेन्द्र यादवलाई फोरेर ल्याउनुको के अर्थ थियो ? दिल्ली दरबारलाई रिझाएर पटकपटक सत्तामा पुग्न सफल भए पनि उहाँबाट (यादवबाट) के उपलब्धी हात लाग्यो, मधेशी दललाई चिढाउने भन्दा ?

३. राज्यका सबै संवैधानिक अंगहरूमा कुनै पनि पदाधिकारी वा नेतृत्व गर्ने प्रमुख नहुँदा ती निकायहरू निस्प्राण वा निष्प्रभावी भएको लामो कालखण्ड पार गरेपछि पूर्ववर्ती प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले संवैधानिक अंगका पद सत्ता साझेदार दलबीच एकलौटी जसरी भागबण्डा गरियो त्यसमा प्रक्रियागत रूपमा नमिलेको भनि सर्वोच्च अदालतले उक्त निर्णयलाई खारेज गरिदियो । त्यो नियुक्ति सम्बन्धी सिफारिस गर्ने निर्णय भलै अनुचित र सर्वथा सर्वसत्तावादी थियो भन्नेमा शंकै थिएन ।

तर पनि माधव नेपालले आफ्ना सत्ता सहभागी साझेदार दललाई सहमतिमा लिएर गरेको भागबण्डामा आफ्नो नेतृत्वको सरकारको मूल आधार दल (माओवादी)लाई उसले मागे चाहेको संवैधानिक निकायमा माओवादीले सहमति जनाएको व्यक्तिलाई राख्ने गरी संवैधानिक परिषद्को आधा दर्जन पटकको बैठक (प्र.मं.कै वक्तव्यबाट स्पष्ट भएको) लाई आफ्नो स्वार्थको खाँबो समाएर जसरी निष्कर्षविहीन गराउने क्षुद्रतापूर्ण गरिबी र वनिया चरित्र प्रदर्शन गर्नुभयो, त्यो समग्र राष्ट्रिय परिप्रेक्ष्य वा सन्दर्भमा त्यति अर्थ राख्ने नमानिएला ? तर झलनाथ खनालको "सम्पूर्ण दलबीच ठूलो छाती बनाएर सहमति सहकार्य गर्ने" भनाइ र संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस सम्बन्धी निर्णयमा देखाइएको सानो छाती र घटिया सोच र प्रवृत्तिले नराम्ररी नंग्याइदियो । सिंहिनी र उसको धर्मपुत्र स्यालको उक्तिको पुनरावृत्तिमा समेल दिनुभयो ।

४. सत्ताको एक मात्र प्राणआधार माओवादीले आफ्नो पार्टीबाट सरकारमा पठाएका मन्त्रीहरूलाई शपथ ग्रहण नगराउँदा सरकारलाई बचाउन जब सम्भव थिएन त्यति सजिलो र स्पष्ट कुरा पनि नबुझेझैँ गरी दुई चार दिन आलटाल गरेर, नचाहिँदो मोलतोल गरेर अन्त्यमा शपथग्रहण गराउन जसरी तयार हुनुभयो त्यो पनि उहाँको अन्त्यको प्रमुख कारण थियो ।

उहाँले पहिलो दिनमा नै आफ्नो पार्टीभित्रको परिवेश परिस्थिति प्रतिकूल हुँदै गएको, र प्रतिपक्षीहरूले संसद अवरुद्ध गरिराखेको स्थितिमा या त माओवादीका मन्त्रीहरूलाई सूची प्राप्त भए लगत्तै शपथग्रहण गराई आफ्नो पार्टी र संसदभित्रका विरोधीहरूलाई "म कुनै हालतमा विरोधका स्याल हुइय्याँबाट भाग्ने र छोड्नेवाला छैन, हटाउनै चाहन्छौ र सक्छौ भने लोकतान्त्रिक संवैधानिक र पार्टीका विधि, प्रक्रिया र प्रावधान छँदै छन् । त्यसैअनुसार गरेर देखाउ हटाऊ" भनेर पहिलेदेखि पटक पटक रट्दै आएको "चट्टानी अडान" लिएर चुनौती दिने साहसिकता देखाउने आँट गर्नुपर्दथ्यो या त उसैबखत राजीनामा दिने आँट गर्नुपर्दथ्यो तर दुवै काम गर्नुभएन । त्यो पनि सत्ताच्यूतिको र खलनायकसावित गराउने बलियो आधार बन्यो ।

५. माओवादीबाट सिफारिस गरिएका मन्त्रीहरूलाई शपथग्रहण गराउन जाँदा आफ्नो पार्टी मुख्यालयले बिथोलिदिएर तातेको मनमथिंगलबाट जे जस्तो रीस र आवेशमा आक्रोश अभिव्यक्त गर्न "२८ गते राजीनामा दिने" उद्घोष गर्नुभयो । त्यो माओवादी मित्रहरूलाई शत्रु बनाउने अभिव्यक्ति थियो । "शीर झुकाएर ढोगी सकेपछि लत्याउने" पनि गर्नु हुँदैनथ्यो ।

यी यावत् कमी कमजोरीहरूको वृहद् सूची बनिसकेको हुँदाहुँदै पनि उहाँको मन्त्रिपरिषद्का उर्जामन्त्री गोकर्ण विष्ट यौटाले जति स्याबासी पाउनलायक काम गरे, ज्यादै बदनाम वन मन्त्रालय पुगेका भानुभक्त जैशीले कर्मचारी नियुक्तिमा कमी कमजोरी गरे पनि दाम र बदनाम कमाएको सुन्न परेन । तर ती दुई बाहेकका अरु मन्त्री त्यति नै निष्कृय र कार्यदक्षता प्रदर्शन गर्न असक्षम देखिए । बूढा अर्थमन्त्रीले योग्य सचिवसँग लप्पा खेल्ने र संसदमा पेश गर्नु पहिले सडक र ठूला घरानियाँ व्यापारी कहाँ पु¥याउने जून बचकाना काम गरे, दामभन्दा बदनाम बढी कमाएको हल्ला चल्यो ।

तथापि खनाल सरकारलाई इतिहासमा "भ्रष्टाचारीहरूको बोलावाला र बिगबिगी भएको" भनेर हरेक पूर्ववर्तीलाई जस्तो गरी आरोप आक्षेप लगाउने मौका भएन । सायद कसैले पनि औला ठड्याउन सकेन । नेपालमा यस्तो इतिहास छोड्नु पनि कम प्रशस्ती गाउन लायक होइन । यसर्थमा झलनाथ खनाल जी महानायकबन्न नसके पनि नालायक नै भन्नुपर्ने देखिनु भएन । बधाइ दिन लायक पक्कै हुनुहुन्छ भन्ने लाग्छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
जनताका आशा, भरोसा र विश्वास टुट्दैछ (08.15.2011)
लोकतन्त्र र निर्वाचन ः एक टिप्पणी (08.15.2011)
हिजो र आज : जनताले भोगेको अनुभव (08.15.2011)
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]