युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 08:54pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
यथार्थ बुझेर पनि नेता किन बहकिएका ? महेश्वर शर्मा
Wednesday, 08.14.2013, 12:18pm (GMT+5.5)

देश आज अनेकथरि समस्याबाट ग्रस्त छ । सबैभन्दा ठूलो समस्या गरीबी र रोजगारीको अभावा हो । गरीबीको कारण चाहिं अशिक्षा हो । गरीबी र अशिक्षा यी दुबैको कारण सामाजिक–राजनीतिक अव्यवस्था हो भने त्यसको पनि कारण स्वार्थान्ध राजनीतिक नेतृत्व हो । तर अशिक्षित–गरीब जनतालाई आफ्नो पछौटेपनको वास्तविक कारण भने थाहा छैन । अधिकांश जनता अझै पनि गरीब अथवा धनी हुनु पूर्व जन्मको कमाइ हो भन्ठान्छन् । उनीहरूलाई परम्परदेखि त्यस्तै भनिंदैआएको छ । शोषणको यो परम्परा आजको युगमा पनि नेताहरूले चलाइरहेका छन् । त्यसकारण जनतालाई शिक्षित र सेत बनाउनु राजनीतिकर्मीको पहिलो कर्तव्य हो तर उनीहरू त्यो काम गर्दैनन् । किनभने जनता जान्ने भएमा नेताहरूको ठगी धन्दामा बट्टा लाग्छ । त्यसैले उनीहरू राजनीतिक स्वार्थ हेरेर काम गरिरहेका छन् । त्यो स्वार्थ भनेको चुनावी स्वार्थ हो ।

चाणक्यको भनाइ छ– ‘दुर्बलस्य बलं राजा’ अर्थात् कमजोर जनताको बल राजा हुनुपर्छ । आजका सन्दर्भमा राजा भन्नाले सरकार सम्झनु पर्दछ । लुच्चा, लफंगा, फटाहा, टाठाबाठाले निर्बल जनतालाई दुःख दिन, ठग्न नपाउन् भनेर नै त्यस्ता कमजोरको रक्षा राज्य व्यवस्थाले गर्नुपर्ने भन्ने आशय थियो तर आज सरकारमा भएका सुरे पाँडेहरूले नै दुर्बललाई निचोर्ने र हुनेखाने बाहुबी ठालूहरूकै पक्ष लिएको हुनाले सामान्य दुखी–पीडित जनताले गुहार नपाएको स्थिति छ आज । सरकार चलाउनेहरू नै बलशाली र अपराधीका संरक्षक बन्छन् भने कमजोर जनताले साथ पाउने स्थिति हराइसकेको छ । यहाँ त हिजो आज भाषण जनताका पक्षमा र काम चाहिं हुनेखाने शोषक फटाहाका पक्षमा भैरहेको छ । सरकार मूल समस्यालाई बेवास्ता गर्दै असमर्थप्रति दया देखाए जस्तो गरेर आरक्षण, कोटा जस्ता क्षणिक टालटुले काम गरेर पीडित जनताका आँखामा छारो हाल्ने काम गर्दैछ ।

यदि यस्तै गरेर जनतालाई अन्धकारमा राख्ने हो भने धनी र गरीबबीचको खाडल बढ्दै गएर सर्वप्रथम नेता, हुनेखाने, धनीमानी भनिएकाहरूलाई नै पिर्नेछ । काम, रोजगारी र खान नपाएपछि समाजमा चोरी, डकैती, लुटपाट, अपहरण, हत्या समेतका अपराध वृद्धि हुँदै जाँदा हुने खानेहरूले नै सुखसंग खान, सुत्न पाउने छैनन् । सामाजिक अव्यवस्थापले कसैलाई पनि बस्न खान दिने छैन । त्यस्ता लक्षण अहिले नै देखिन थालेका छन् । सम्भवतः त्यही डरले हो कि केही बदनाम पूर्व मन्त्री र नेताहरू विहान घुम्दा पनि २।४ गार्डको घेरामा देखिन्छन् । अब पनि सामाजिक विभेद र असमानता हटाउँदै लानेतर्फ काम नगर्ने र बेलैमा गरीबी, अशिक्षा र बेरोजगारी हटाउन सार्थक काम नहुने हो भने समाज नै भ्रष्टाचार र अपराधीकरणको भासमा पर्न बेर लाग्ने छैन । त्यसकारण नेताहरूले राजनीतिलाई सही बाटोमा ल्याएर आजको अव्यवस्था र अराजक स्थितिलाई नियन्त्रणमा ल्याउन कति सार्थक काम गर्न सक्छन्, त्यसैमा भोलिका दिनको स्थिति निर्भर रहनेछ ।

राजतन्त्रले गर्दा देश पछिपरेको भन्नेहरूले गणतन्त्र घोषणा गरेका सात वर्षमा जनतालाई के दिए खै ? राजतन्त्रकालमा आजको जस्तो अराजक स्थिति थियो ? जनताको विचली थियो ? आज त त्यो बेलाकोभन्दा सयौं गुणा भ्रष्टाचार र अनाचार बढेको छ । स्वयं सत्ताधारी नै भ्रष्टाचारका आहालमा पौडी खेलिरहेका छन् । आज गरीबी र बेरोजगारीले गर्दा दैनिक हजारौंको संख्यामा युवाशक्ति कामको खोजीमा विदेशिन वाध्य भएका छन् । मित्र राष्ट्रहरूले अनुदानमा बनाइदिएका कतिपय उद्योग, कलकारखाना गिरिजाले कमिशन खाएर बेचिदिएका थिए भने बाँकी पछिआएकाले पैसाका निम्ति बन्द र हड्ताल गर्दागर्दा बन्द गराए । औद्योगिक क्षेत्रहरूमा आज सिस्नु उम्रेको छ । वास्तवमा देशले उन्नति गर्न नसक्नाको मूल कारण नेताहरूकै दरिद्र मानसिकता हो । यिनीहरूकै स्वार्थले गर्दा देश अधोगतिमा छ । यिनीहरूकै भरपर्ने हो भने नेपाल आज नेपाल आज जुन स्तरमा छ त्योभन्दा निकै तल झर्नु निश्चित छ । जे रोपिन्छ त्यही फल्ने हो । नेताहरू विष रोपेर अमृत खोज्छन् भने कहाँ पाइन्छ ? कुतीतिर लाग्ने, अनि काशी पुगिएन भनेर हुन्छ ? नेताकै बेइमानीले गर्दा देशले धेरै क्षति व्यहोरिसकेको छ । नेताकै भरपर्दा पर्दा ६ दशक सित्तैमा खेर गए । अब त्यसको बेजो उठाउन कस्सिनुपर्छ, नत्र समयले पर्खदैन ।

हाल विवादमा रहेको संघीयताकै कुरा गरौं । यो सानो देश र थोरै जनसंख्यालाई टुक्रा टुक्रा पार्ने हो भने के बाँकी रहन्छ ? आफ्नो देशको भौगोलिक अपस्थिति, मौलिक स्वरुप र ऐतिहासिक–सांस्कृतिक पृष्ठभूमिलाई ध्यानमा राख्ने हो भने हाम्रो आफ्नै प्रकारको विशिष्ठ पहिचान छ । यस्तो अवस्थामा राज्यको स्वरुप सम्बन्धमा वादविवादमा अल्झिरहनुको औचित्य छैन । निष्पक्ष र निरपेक्ष भएर विचार गरेर पचहत्तर जिल्ला, चौध अञ्चल र पाँच विकास क्षेत्रको विभाजन कुनै व्यक्ति, जाति वा समुदायको नभएर सामूहिक रुपमा राष्ट्रको स्वार्थ र समृद्धिलाई हेरेर वैज्ञानिक रुपबाट भएको छ । आज भने नेताहरू चुनावी स्वार्थमा जनतालाई विचलित पार्न खोजिरहेका छन् संघीयताका नारा उरालेर । यसबाट देशको पछोटेपनलाई नेताहरू अझ लम्ब्याउन खोज्दैछन् । जहाँसम्म जनताको कुरा छ, उनीहरूलाई चाहिएको विना भेदभाव अवसर र अधिकार हो । त्यो कुरा ७५ जिल्ला, १४ अंचल, ५ विकास क्षेत्र, ५८ नगरपालिका र ३९१२ गाविस मार्फत स्वायत्त शासनको अधिकार दिन सकिन्छ भने विवाद झिकेर अझ दुखद् स्थिति किन निम्त्याउने ? जनताले विभाजन होइन, विभेदको अन्त्य र अधिकार खोजेका छन् र त्यो भएकै संरचना मार्फत दिन सकिन्छ भने यसमा के खोट छ र हुँदैन भन्ने ? नदी, हिमाल र राष्ट्रिय विभूतिका नाममा राखिएका अञ्चल, जिल्लाका नाम सबैका सामूहिक पहिचान होइन्न र ? नेताहरूले निरपेक्ष भएर जनतालाई वास्तविकता बुझाउनुपर्छ नत्र केको नेता ? यहाँ त उल्टै जनतालाई फुटाउने कुचेष्टा पो गरिहेका छन् । योभन्दा पीडादायक स्थिति अरु के हुन्छ ? वास्तविकता बुझेर पनि नेताहरू किन बहकिएका हुन् ? कुन स्वार्थले बहकाएको हो ? यसका पछाडि के बाध्यता छ ? किन शत्रु हँसाउने काम हुँदैछ ? जनताले पनि थाहा पाउनुपर्याे नि ?

केन्द्रको नियन्त्रण नहोस् भनेर संघ खोजिएको हो भने पनि पाँच विकास क्षेत्रलाई संघ मानेर अधिकार विकेन्द्रित गरे त भैहाल्छ नि । राज्य व्यवस्था संचालन गर्न आवश्यक नियन्त्रणात्मक अनुशासन त जहाँ पनि चाहिन्छ, नत्र त आजकै जस्तो अराजक स्थिति हुन्छ । इमानदारीका साथ सुशासनका निम्ति काम गर्ने स्वच्छ मनसाय हो भने भएकै संस्था पर्याप्त छन् । दलहरू आपसी विग्रहमा अल्झिँदा केन्द्रको आवश्यक निगराजी र नियन्त्रण चाहिन्छ भनेर नै प्रान्तीय सरकारहरूले केन्द्रको स्वीकृति वेगर गर्न नसक्ने भनी केही प्रावधान राखिएका हुन्छन् । धेरै टुक्रे राज्यहरू बनेको अवस्थामा साधन स्रोतको कमी भएर कमजोर हुन जाँदा कि त केन्द्रले नै धान्नुपर्ने हुन्छ, कि त कतै विलीन हुने स्थिति आउन सक्छ, इत्यादि धेरै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ, अर्काको देखासिकी वा नक्कल गर्न खोजेर पार लाग्दैन भन्ने पनि हामीले बुझ्नुपर्छ । सपारे सप्रने र विगारे विग्रने कुरा हाम्रै हातमा छ । बेला छँदै बुद्धि, विवेक पुर्याएर काम गर्ने सोचाइ राखौं । सबैको जय हुने काम गरौं ।



Rating (Votes: )   
Share     Print


Other Articles:
पूँजीवादको उपहार : वातावरणीय समस्या - यादब देवकोटा (08.06.2013)
सहअस्तित्वको समाजमा जातिभेदको पैरो ! - महेश्वर शर्मा (08.06.2013)
ध्रुवीकरणको भ्रूण ! तारा सुवेदी (08.06.2013)
समृद्धिको आधार : जल, जंगल र जडिबुटी - यादब देवकोटा (07.30.2013)
जनताको नाम जप्नु–राष्ट्रको सम्पत्ति आफ्नु ! - महेश्वर शर्मा (07.30.2013)
संधै सबैलाई झुक्याउन सकिने छैन - तारा सुवेदी (07.30.2013)
जलवायु परिवर्तनबाट बच्न मोर्चाबन्दी आवश्यक - यादब देवकोटा (07.24.2013)
प्रजातान्त्रिक तत्वबिनाको रित्तो गणतन्त्र - महेश्वर शर्मा (07.24.2013)
अख्तियारवालाको ध्यानाकर्षणका लागि - तारा सुवेदी (07.24.2013)
राष्ट्रिय निर्णयको अधिकार मुलुक बाहिर - यादब देवकोटा (07.17.2013)
गणतन्त्रको नाम : हरिबिजोकको स्थिति - महेश्वर शर्मा (07.17.2013)
“अख्तियार” वालाको ध्यानाकर्षणका लागि (२) - तारा सुवेदी (07.17.2013)
खै आफ्नो दायित्व सम्झेर कर्म गरेको ? यादब देवकोटा (07.09.2013)
बेकाइदा र बेथितिको पराकाष्ठा - महेश्वर शर्मा (07.09.2013)
“अख्तियार” वालाको ध्यानाकर्षणका लागि (१) तारा सुवेदी (07.09.2013)
मुलुकको आर्थिक–सामाजिक विकासको आधार : जनअपेक्षित विकास योजना - यादब देवकोटा (07.05.2013)
समस्याको मूल जरो मनको प्रदूषण -महेश्वर शर्मा (07.05.2013)
सिक्किमीकरणको गज्याङ् गुजुङ प्रक्रिया - तारा सुवेदी (07.05.2013)
शैक्षिक गुणस्तरमा निरन्तर ह्रास : युवाहरूलाई विदेशप्रति आकर्षित गर्ने मेसो - यादब देवकोटा (06.26.2013)
जनताको नाम लिएर जनताकै ढाड भाँच्नेहरू - महेश्वर शर्मा (06.26.2013)



 
::| Latest News

 
[Page Top]