युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 10.18.2019, 05:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सभासद्ज्यूहरू म्याद थप हुन्छ, भविष्य जे होला नआत्तिनुहोस्
Monday, 08.29.2011, 01:59pm (GMT+5.5)

गएको हप्ता झण्डै एक दर्जन सांसदहरूसँग विभिन्न ठाउँका कार्यक्रममा भेट भयो इमान्दारितासँग भन्ने हो भने "विभिन्न टी.भी. च्यानलले संविधानसभा, संसदको बैठकको प्रत्यक्ष प्रसारण गर्दा सामूहिक रूपमा देख्नुभन्दा बाहेक मैले यस पटकको संसद्का सदस्यहरूसँग त्यति आमनेसामने भएर समूहमा कुराकानी गरेको नै पहिलोपटक हो" भन्ने हो गलत हुन्न भलै तीन वर्षसम्म संविधानसभामा आएर "संसदको सदस्यको समेत भूमिका निर्वाह गरिसकेका" व्यक्तिसँग यति पछि मात्रै भेटघाट कुराकानी गरेको यथार्थ सार्वजनिक गर्दा आफैँ अन्र्तमुखी स्वभाव चरित्र नाङ्गिएको पनि देखिनसक्छ भन्ने कुराको हेक्का नराखी यो कुरा लेखिएको भने होइन

यद्यपि संविधान निर्माण गर्ने कामभन्दा संविधान ऐन-कानून, विधिविधानले निर्माण गरीदिएको बाटो पछ्याउँदै देशको शासन सत्तालाई निर्दिष्ट गर्नेदेखि नियन्त्रण गर्ने सम्मको सार्वभौम संसदले गर्ने वा गर्दैआएको काम नितान्त पृथक प्रकृति वा चरित्रको हो तर पनि संविधानसभाको निर्वाचनमा जाँदा सबै दलबाट उही संसदीयकालका प्रतिनिधीसभाको निर्वाचनका लागि दुई चारजनाले मस्यौदा गरेर दिएका संभव असंभव कुराको ख्यालै नगरी लोभलाग्दा लालित्यपूर्ण शब्दावलीमा तयार गरिएका पुराना घोषणापत्रहरूका नयाँ संस्करणलाई नै संविधानसभाको पनि घोषणापत्र बनाएर जाने बाहेकको जाँगर कसैको भएन यौटा कुनै पार्टीले पनि "हाम्रो पार्टीलाई मतदान गर्नु भयो भने यस्तो संविधानप्रति तपाईको प्रतिबद्धता वा समर्थन स्पष्ट हुन्छ तपाई मतदाताले कस्तो संविधान चाहनुहुन्छ, प्रत्येक पार्टीसँग तिम्रो पार्टीले बनाउने संविधानको मस्यौदा वा प्रारूप दिनुुस्, हामी मतदाताले भोलि मतदान गर्दा कस्तो संविधानको पक्षमा मतदान गरेका थियौँ, भनेर हरेकले भन्नसक्ने हुन्छ" भनेर भनिदिएको हुनुपर्दथ्यो अथवा हरेक पार्टीले जनतासामु जाँदा सुन्दर घर दिने, स्थान, मान जागिरको संवैधानिक प्रत्याभूति दिने "जस्ता बेइमानी, धोकापूर्ण असम्भवकुराको आश्वासन दिएको हुँदैनथ्यो भने पनि संविधानसभामा आएका सभासद्हरूलाई आफ्नो उद्देश्य, लक्ष्य, भूमिका वा मूल दायित्वबारे यतिविघ्न अन्यौल, भ्रम दिशाशून्यता हुने थिएन

तर संविधानसभाको निर्वाचनमा जाने दलहरू कसैको पनि नियत सफा थिएन, जस्तो लाग्यो बरु "जे जस्तो मतदाता उस्ले जे माग्छ त्यहि पाउने प्रतिबद्धता जाहेर गरेर पनि मतदाताबाट मत तान्नुपर्छ" भन्ने फट्याईपूर्ण सोच दरिद्र चिन्तनले संविधानसभालाई "संसदभन्दा पृथक भूमिका निर्वाह गर्नका लागि स्थापित हुन गइरहेको सार्वभौम निकाय हो" भन्ने कुराको हेक्का राखेनन्

या "संविधानसभाको निर्वाचनबाट नयाँ संविधान ल्याउने त्यस्का माध्यमबाट गणतन्त्र स्थापित गर्ने मुद्दा माओवादीको मात्रै हो, त्यसैले नयाँ संविधानको राग अलाप्ने माओवादीले नै आफ्नो संविधानको मस्यौदा जनसमक्ष लैजाओस्, हामीहरूले २०४७ मा नै विश्वकै उत्कृष्ट संविधान बनाइसकेको छौँ माओवादीका केही सभासद् आए छन् भने उनीहरूलाई ह्याकुलाले मिचेर त्यहि २०४७ को संविधानमा ÷ कुरा मिलाइदिएर ल्याप्चे लगाउन बाध्य पार्छौ, सायद माओवादीको तर्फबाट जितेर आउने पनि कोही नहुन सक्छन् देशी विदेशी गुप्तचरदेखि तमाम संचारमाध्यमको पूर्वानुमान वा प्रक्षेपण गलत हुने छैन, यस्तो स्थितिमा नयाँ संविधानको मस्यौदा लगेर जनतालाई बढी महत्वाकांक्षी बनाउनु भनेको धेरै दिने प्रतिबद्धता जनाउनु हुनेछ त्यस्तो गर्नु आफ्नै लागि प्रत्युपादक सावित हुनेछ आफैले बनाएको संसदीय व्यवस्थाको अनुकुल २०४७ को संविधानको विकल्पमा जानुसरह हुनेछ" भन्ने संसदवादी पुरानै संकीर्ण घेराबाट बाहिर नदेखेको वा जानबाट डराएको कारणले हो ? कसैले पनि आफ्नो दलको उक्त बमोजिम पुरानै घोषणापत्रको नयाँ संस्करण लिएर गए

संसदवादी परम्पराका हिमायती सात दल उही बहुदलीय संसदीय संवैधानिक राजतन्त्रात्मक शासन प्रणालीमा रमाएका थिए त्यसबाहिरको क्षितिजको परिकल्पना नै नगरेकाले उनीहरूले पुरानै प्रतिनिधिसभाको निर्वाचनकै रूपमा संविधानसभाको निर्वाचनलाई लिनु, एक हदसम्म स्वाभाविक सहज मान्न सकिन्थ्यो

तर पुरानो शासन प्रणाली (संसदीय पद्धति)का विरुद्ध सशस्त्र जनयुद्ध गरेर "संविधानसभाको निर्वाचन गराइ त्यस्का माध्यमबाट नयाँ संविधान निर्माण गरप् गणतन्त्रात्मक शासन व्यवस्था स्थापित गराउने" आफ्नो न्यूनतम शर्तमा संसद्वादी सात दललाई सहमत गराइ हतियार थाँती राखेर संविधानसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न गइरहेको ने..पा. माओवादीले समेत आफूले भन्दैआएको "नयाँ नेपाल" कस्तो संविधानका माध्यमबाट बनाउने हो ? त्यस्को स्पष्ट प्रारूप नलगी संसदवादीकै सिको गरेर घोषणापत्र लिएर जान्ने गल्ती जुन ¥यो, त्यसले संविधानसभामा कसैले पनि आँक्न सोच्न नसकेको परिणाम आएपछि सबै नै "मध्यसागरमा कम्पास (दिशासूचक यन्त्र) विग्रेको जहाजका नाविक" जस्ता हुन पुगे

यस्तो रनभुल्लको अवस्था आउँदै गरेको देखेर नै २०६४ फागुन १८ गते यस स्तम्भमा "आउँदो संविधानसभाको निर्वाचनलाई कसरी हिजो भन्दा फरक ठान्ने ?" भनेर लेखियो त्यसमा "संविधानसभाको निर्वाचनमा जाने दलहरूले जनता झुक्याउने पुरानै संसदीय शैलीमा जुन मतदाताले जे शर्त मानिदिँदा मतदिने देखिन्छ, उसको त्यहि शर्त मान्ने वाचाकसम खाने परम्पराको बिँडो धान्दै जाँदा जनताले खाली सेतो कागजमा (लिफामा) ल्याप्चे लगाउनु सरह हुन्छ यस्मा सरासर फ्टयाइ, बेइमानी, धोकाधडीको कपटपूर्ण नियत घुसेको स्पष्ट देखिन्छ, यदि यही रूपमा जाने हो भने अन्त्यमा अन्तरिम संविधान २०६३ को धारा ६४ ले निर्धारण गरेको अवधिभित्र के दशौं वर्षमा पनि सबैलाई ग्राह्य वा स्वीकार्य संविधान बन्न किमार्थ सक्दैन" भनेर लेखिएको थियो

तर दुर्भाग्य ! "ठूलो दल"को नेताको पगरी गुतेका राजनीतिक पेशा व्यवसायीहरूका अगुवाहरूका मन-माथिङ्गलमा यस्ता कुरा या घुसेन या उल्टै कुनै छट्टु स्यालभन्दा पनि चतूरहरूको नियत कलुषित स्वार्थ प्रदुषित भएकोले त्यस्तो इमान्दारितापूर्ण तरिकाले आफ्नो स्वार्थ साध्य नहुने ठाने क्यार ! उक्त स्तम्भका कुरालाई कसैले ध्यान दिएनन्

त्यतिमात्रै होइन, अन्तरिम संविधान जारी भएलगत्तै यस स्तम्भमा २०६४ भदौ ११ गते "संविधान निर्माणका लागि न्यूनतम संवैधानिक ज्ञान, सीप योग्यता दक्षता आवश्यक पर्छ, त्यसैले

संविधानसभाको निर्वाचनमा उम्मेदवार हुन न्यूनतम पनि कानून स्नातक वा कुनै पेशा व्यवसाय बौद्धिक कार्यक्षेत्रमा (जस्तै, शिक्षा, प्रध्यापन, प्रशासन, पत्रकारिकता, रक्षा, सुरक्षाको समादेशक (कमाण्डर), कृषि, इञ्जिनियरिङ, वाणिज्य, औद्योगिक, बैकिङ्ग, वा यस्तै यस्तै) क्षेत्रमा कम्तिमा २० वर्षको अनुभव भएको प्रमाणपत्र भएको नेपाली नागरिक हुनुपर्ने शर्त उम्मेदवार हुनेका लागि तोकिएन भने संसद निर्वाचनको लागि जस्तै सबैलाई खुला गरियो भने संविधानको नजान्ने औँठाछापको भीड लाग्ने बन्नसक्छ" भनेर "संविधानसभाका लागि समस्या नपरोस्, सिङ्गो संविधानसभा कुनै ठूलो निर्माण कम्पनीले घर ढलानको लागि जम्मा गरेको ज्यामीहरूको भीडको रूपमा नदेखियोस् भन्ने कुरा समयछँदै किन नभन्ने ?" भन्ने लाग्यो "आउँदो निर्वाचनमा संविधान रोज्ने कि संविधान निर्माता ?" भन्ने शीर्षकमा लेखियो

तर यस स्तम्भमार्फत् "गणतन्त्रका नव महाराजाहरूमा चढाएको" सबै सुझाव व्यर्थ गए, निरर्थक भए त्यसैले पनि आफूले जे जस्ताको भीड परिकल्पना गरेको हो त्योभन्दा आलाकाँचा ठेठ्नाहरू हलो, कोदालो, जुठा भाँडा, रिक्सा मात्रै नभई नौटंकी देखाउने समाजमा विकृति विसंगतिका पर्यायको प्रतीक अपकर्मी भनेर अस्वीकृतहरूको समेत भीड लागेको टी.भी. च्यानलहरू मार्फत देख्दा उसैबेला (जुन बेला संविधानसभागर्भमा नै थियो) अर्थात् निर्वाचनको मिति घोषणा गरिँदै सारिदै गर्दा गरिएको प्रक्षेपण सही सावित भएको थियो तर त्यो आफ्नो प्रक्षेपण ठीक भएको देखेर दङ्ग नपरी दुःखित भएको थिएँ त्यसैले पनि संविधानसभाका सदस्यहरूप्रति एक प्रकारको व्यामोह, वितृष्णा (घृणा चाहिँ नभनौँ) थियो यिनीहरूले संविधान बनाउनु भनेको उही पञ्चतन्त्र कथामा सिंहनीले आफ्नो धर्मपुत्र जवान स्याललाई यस्मिन् कुले स्वमुत्पन्न गजस्तत्र नहन्यते" भनेर भनेको जस्तो, अथवा फिस्टाले "आमा मैले चुच्चोले हात्तीलाई च्याप्प समाएर बाँसको टुप्पोमा पु¥याउँछु" भनेर गुड्डी हाँकेको थियो रे भन्ने लौकिक्ति जस्तै लागेको थियो सभासद्को परिचय दिने निहायत निरीह अबोध मानव कृतिलाई देख्दा

सभासद् नै म्याद थपबारे अस्पष्ट

गएको हप्ता भेटभएका ती संविधानसभा÷संसदका सदस्यलाई "उहाँ यौटा स्तम्भकार हो" भनेर मेरा मित्रहरूमध्ये कसैले चिनाइदिनेवित्तिकै बडो निष्कपट रूपमा अनिश्चियपूर्ण चिन्तन आशंकाको गोलचक्करबाट क्षणिक उन्मुक्ति सन्तुष्टिका आशाभरी नजरले एकजना अग्रसर भएर "तपाई पत्रकारहरूले भन्न सक्नुहुन्छ अब के हुन्छ, देश कता जान्छ, संसदको म्याद थपिन्छ कि थपिन्न ?" यी त्यस्तै प्रश्नावली तेर्साइन् उनका लम्वेतान प्रश्नसूची सुन्दै गर्दा एक मन "तपाई सभासद्हरूले हामीजस्ता सडकछाप जनतालाई सोध्ने कि जनताले तपाईहरूलाई ? अहिले यहाँ तपाईहरूले तेर्साउनु भएका प्रश्नावली अरु मजस्तै सामु पनि राख्नुभयो भने हुन सक्छ, कुनै झोकी हक्की देवीप्रसादले तपाईलाई पनि झलनाथ खनालजीलाई जस्तै गाला चड्काउन सक्छ, अब तपाई सभासद्हरूले सांसद चिन्ह (लोगो) लगाएर सडकमा हिंड्नु भयो भने जनताको पिच्काइदिन सक्छन् त्यसको छीटा तपाईहरूको मुखमा पर्नसक्छ" भनेर भनिदिउँ कि भन्ने पनि लागेको थियो

तर उनीहरूको निहायत निरीह, अबोध नितान्त सरल स्वभाव मुखाकृति देखेपछि लाग्यो, "विचरा कुन दलका कुन चरित्रका नेताले यी भर्खर वैंशको संघारमा पाइला राख्दैगरेका देख्दै "भामिनी विलासमा वर्णित "नवनीत कोमलाङ्गी" जस्तालाई स्कूल कलेजबाट घिसारेर संविधानसभा भवनभित्र ल्याइदियो होला ? कुनै उचित अनुुचित स्वार्थ नभई यस्ती अबोध सोझा सुदाहरूलाई नत्र कुनै स्कूल कलेजबाट संविधानसभा भवनभित्र प्रवेश गराउनुको अर्थ उद्देश्य प्रयोजननीय अरु केही हुन सक्तैन ? उनीहरूलाई देख्दा उनका स्वभाव कुरा बुझ्दा सुन्दा डर पनि लाग्यो कुनै गलत तत्व वा ग्याङको हातमा परेको भए यिनीहरूलाई मुम्बइतिर पनि पु¥याइन सक्थ्यो होला

तथपि यस्तै अन्तद्र्वन्द्वपूर्ण सोचबाट पनि मनमा लागेको कुरा इमान्दारिपूर्वक भनिदिएँ क्षणिक नै सही मनोसन्तुष्टिका लागि "बचने कि दरिद्रता" युक्ति पनि सम्झे भने "सभासद् ज्यू ! ने.का.को उम्मेद्वार प्रधानमन्त्री बनेको भए संविधानसभाको म्याद नथपिने धेरै सम्भावना थियो कदाचित् थपिएको भए भने पनि मंसिर १४ गते उता किमार्थ थपिनेवाला थिएन कारण स्पष्ट नै संविधानसभा÷संसदमा (ने.का.)भन्दा दोब्बर मात्रै नभई हिजोको संसदका सबै ठूला दल (नेपाली कांग्रेस एमाले रा.प्र.पा) को कूल सदस्य संख्याभन्दा पनि बढी ठूलो संख्या भएको "पाइलैपिच्छे भाँचो हाल्ने" माओवादीलाई सडकमा पठाएर "तिमीहरू सडका मात्रै जे रडाको मच्चाउनु मच्चाऊ" भनेर संविधानसभा भवनमा भोटे ताल्चा लगाउनेमा प्रतिबद्ध हुन्थ्यो

किनकि राष्ट्रपति प्रधानमन्त्री दुवै हत्याएको ने.का. अनन्तसम्म निष्कटक राज्य हाँक्ने अवसरको उपभोग गर्दै माओवादीलाई गलहत्याउने पक्कै साहस गर्ने थियो यो कुरा भलै तपाई जस्तो (उनीहरू दुई दर्जनमध्ये कुन दलका खेताला हुन् ? थाहा थिएन, जान्न पनि चाहिँन) संसद्लाई थाहा नहुन सक्छ " हो माओवादी खुदे्र, खाते (खाओवादी)हरूले सरकार बनाउने भएकाले सर्वोच्च अदालतले जे फैसला देओस् त्यसलाई पन्छाएर अझै पनि एक दुई वर्ष म्याद थप हुनेछ किनकि निश्चित माओवादीलाई संविधान नलिइ तमु, ताम्सालिङ, ने.वा. थारुवान्, लिम्बुवान्का गाउँ जाँदा जातीय राज्यको लालपुर्जा नलिइ गएका माओवादीमाथि ती जातीय राज्यका पक्षपातीका आवरणमा माओवादी विरोधी कसैले पनि आक्रमण गर्नसक्ने वा हुर्मत काट्नसक्ने प्रबल सम्भावना खतरा थियो

त्यसवाहेक दश वर्षे सशस्त्र जनसंघर्षमा आफ्ना सन्तान गुमाएका सहाराविहीन बाबुआमा बाबुआमा गुमाएर टुहुरा बनेका अबोध सन्तानहरूले "-आफ्नो बाबु वा सन्तानको मृत्यु वा बलिदानको अर्थ प्रयोजनीयताको हामीलाई उनीहरूको मरवटवापत के दियौँ संविधान कि गणतन्त्रको लालपुर्जा ?" प्रश्न गर्दा माओवादीले समुचित उत्तर संविधान नदिई दिनसक्ने स्थिति छैन सात संसदवादी दलहरूलाई २०४७ को संविधान विश्वकै उत्कृष्ट संविधान छँदैछ रह्यो राजाको प्रश्न ? अब माओवादीलाई कुन्नि ! अरुका लागि माओवादीभन्दा राजाहितकर सहज स्वीकार्य हुने सम्भावना बढ्दो

जहाँसम्म "देश कता जाला"? भन्ने तपाईंमार्फत् यहाँ उपस्थित सदस्यहरूको जिज्ञाशा वा प्रश्न , देश यहीं रहन्छ, काठमाडौँ, सगरमाथा, स्वयम्भू, नदी, पहाड, कुनै कतै जाँदैनन् महाप्रलयङ्कारी भूकम्प नआउँदासम्म तर परिचय, पहिचानको जहाँसम्म प्रश्न अब कोही तमु, कोही नेवाः, कोही मगर, कोही मधेशीको अलगअलग परिचय पक्षधारी भएपछि हिन्दी भाषालाई नयाँ नेपालको संसदीय भाषा मानेपछि पुरानो यो नेपालमुलुक कस्को लागि ? नयाँ नेपालका "नवसम्राट" चौधरी खेतान, केडिया, अग्रवाल त्रिपाठी, यादव, शुक्लाहरूले नेपालीको ताज भिरेपछि नेपालीमानिएकाहरू खाडी मेलसियादेखि बेलायत, अमेरिका, अष्टे«लियामा बसाई सर्न थालेपछि झण्डै दशकदेखि पहाडका गाउँ यसै पनि रित्तिइसकेकै थिए अब नेपाल सरहद्रको सीमाभित्रको भूखण्ड खाली गरेर गए भने यहाँ हैकम कायम गर्न नवसम्राट्हरू मार्फत् यो भु-खण्डमा आफ्नो साम्राज्य गर्न विभिन्न अस्वाभविक नैतिक अनैतिक षड्यन्त्रपूर्ण खेल झेल गर्दै आएका भित्री बाहिरी शाक्ति तत्वलाई सफलता प्राप्त गर्न समस्या पर्नेछैन हाम्रा कतिपय दलहरूको चाहना पनि सायद यसभन्दा देखिएको बाहेक छैन

अँध्यारो भोलिबाट नडराउनुहोस्

तर यी सबै कुरा गर्दागर्दै पनि यौटा अवश्यंभावी कुरा के हो भने तपाईहरूले कथचित् संविधान बनाउनुभयो भने त्यसले देशको कुनै समस्याको समान गर्नेछ त्यो संविधानलाई अकाल मृत्यु हुनबाट कुनै शक्तिले नै बचाउने चिरञ्जीवी बनाउन सक्ने संविधान नबन्दाको द्वन्द्वले नयाँ संविधान जन्माएछ भने त्यो संविधानको पिठ्यूँमा बोकिएर वा शीरबोझा बनेर नयाँ रक्तपात वा युद्धको लागि चुनौती दिएर देखापर्ने सशस्त्र जनयुद्धका लागि १० औँ वर्षको समयावधि झण्डै १५ हजार नेपाली सपुतहरूको बलिदान दिनुपरेको थियो त्यस्ले नै बुद्धको पिता राजा शुद्धोदनको राज्यकाल पूर्वदेखिको कुनै कुनै जातिको अधिवंशवादी एकात्मक शासन व्यवस्थाको निवच्छिन्न वा अुक्षप्ण परम्परालाई अन्त्य गरी गणतन्त्रात्मक लोकतान्त्रिक संघीय शासन व्यवस्थाको जग राखेको थियो

त्यसपछि नै संविधानसभाको निर्वाचन गर्ने नयाँ नेपालको संविधान निर्माणको राजमार्ग निर्माण गर्न सम्भव भएको हो तर त्यसैबेला हेक्का राखिएको भए, संभवतः रक्तापातपूर्ण भावी जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकगत -आफ्नो प्रभुत्वको आत्मनिर्माणको अधिकारसहितको स्वायत्त राज्यको महत्वकांक्षाको भ्रुण देशको गर्भमा महाभारतको युद्धको कारण बनेको मुसलको रूपमा स्थापित भएको हुने थिएन

दुर्भाग्य ! देशको गर्भमा हजारौँ नभई लाखौँ नेपालीको संहार गर्ने द्वन्द्वको मुसल तपाई ६०१ लाई संविधानसभामा पु¥याउने तपाईंहरूका दलका नियन्ता नेताहरूबाट तपाईहरूको मन माथिङ्गलमा स्थापित गरियो तथापि अब त्यो मुसललाई नष्ट गर्ने साहसी अहिले कोही छैन तर पनि अब सबैले श्री पशुपतिनाथसँग सामुहिक प्रार्थना गरौँ, यो देशलाई नयाँ महाभारतको नियति भोगाउने द्वन्द्वको धुन्धुकारीको गर्भपतन गरुन्



Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रवादी सोच भए असम्भव केही छैन (08.22.2011)
सदावबहार संक्रमणकाल ः तरमार्ने मौका (08.22.2011)
श्री झलनाथ खनाल नेतृत्वको अर्धवार्षिक सरकारको शव परीक्षण (08.22.2011)
जनताका आशा, भरोसा र विश्वास टुट्दैछ (08.15.2011)
लोकतन्त्र र निर्वाचन ः एक टिप्पणी (08.15.2011)
हिजो र आज : जनताले भोगेको अनुभव (08.15.2011)
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)



 
::| Latest News

 
[Page Top]