युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 05:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
यहाँ देशलाई सही नेतृत्व दिने कोही भएन
Monday, 08.29.2011, 02:02pm (GMT+5.5)

आज यहाँ अराजक राज्य चलाइएको जनताले दुई वर्षको म्याद दिएर पठाएको संविधानसभाले जनतालाई नसोधी आफूखुसी एक वर्ष तीन महिना म्याद थपेर पनि नपुगेर फेरि तीन महिना थप्न थालियो निश्चित म्याद तोकिएको संसद् या संविधानसभाको म्याद आफूखुसी थप्नु जनतालाई नसोध्नु अराजकता हो एकपटक गल्ती गरे पनि दोहोरिन हुँदैनथ्यो यस्तै हो भने निर्वाचन गर्नु प्रतिनिधित्व भन्नुको कुनै अर्थ रहँदैन एकपटक चुनिएपछि तिनले जे गरे पनि हुने, जतिपटक म्याद थपेर खाए पनि हुने हो भने किन जनताको नाम लिनु लोकतन्त्र-गणतन्त्र भनेर शब्द फेर्दै हिंड्नु ¥यो ? त्यसैले आजको स्थिति भनेको यहाँ अराजकताको चरम स्थिति हो

भ्रष्टाचार विरोधी लोकपाल विधेयक माग गर्ने अन्ना हजारेलाई जनताले, संसद्ले, विपक्षी दलहरूले संचार माध्यमहरूले समेत साथ दिनाले सरकार झुक्नुप¥यो हजारेका पक्षमा देखिएको व्यापक जनसमर्थनको यो ज्वलन्त उदाहरण हो भारत बाहिर बस्नेहरूले समेत हजारेलाई समर्थन गरिदिंदा सरकार अप्ठ्यारो स्थितिमा पुगेर आखिर निर्णय सच्याउनै ¥यो यो हो जनशक्तिको अजेयताको उदाहरण तर नेपालमा राजनीति गर्छौं भन्नेहरू जनशक्तिमा विश्वास गर्दैनन् जनशक्तिमा विश्वास गर्ने व्यक्ति या पार्टी आफैं अजेय हुन्छन्, जसरी हजारे देखिए यहाँ बलजफत जनतालाई थर्काएर, धम्क्याएर, हतियारले तर्साएर आफ्नो पक्ष बलियो देखाउने काम गरिन्छ हाम्रो दुर्भाग्य यही हो

क्षणिक दलीय स्वार्थका निम्ति सस्तो जनप्रियता हाँसिल गर्न खोज्नेहरूले आफ्नो देश, परिस्थिति परम्पराको ख्यालै नगरी संघीयताका नारा लगाएर खलबली मच्चाउन जति सजिलो मानेका छन् त्यसले देशलाई अनेक टुक्रा पार्ने उपक्रम थालेको संघीयता भन्न जति सजिलो , कार्यान्वयन गर्न दशौं गुणा कठिन आज तत्काल त्यसको असर नदेखिएला, तर त्यसले देशमा जाति जातिबीच विभेद विद्वेष फैलाएर देशवासीको एकता, सौहार्दता सद्भावका ठाउँमा जातीय संघर्ष अन्ततः विनाशलाई निम्त्याउने भन्ने कुरा हामीले आजै तुनामा बाँधेर राखे हुन्छ

संघीयता जनताले मागेका हुँदै होइनन्, नेताका दिमाखको अविवेकको उपज हो संघीयताका दुष्परिणामप्रति नेता सचेत छैनन् नेताहरू अहिले जसलाई जे भने खुसी हुन्छ त्यही भनिरहेका छन् जनतालाई सही कुराको जानकारी दिनुसट्टा उल्टै भड्काइरहेका छन्, भ्रममा पारिरहेका छन् तैपनि जनमोर्चाका चित्रबहादुर के.सी., नेमकिपाका विजुक्छे राप्रपा नेपालका कमल थापाले भने विरोध जारी राखेका छन् संघीयताको उद्देश्य स्वायत्त शासन हो अर्थात् जनतालाई पर्याप्त अधिकार दिने हो जसलाई हामी विकेन्द्रीकरण भन्छौं हाम्रो जस्तो सानो देशमा स्थानीय निकायहरूलाई पर्याप्त अधिकार दिएर केन्द्रले राम्रो सुपरिवेक्षण गर्नु नै पर्याप्त हुन्छ

झण्डै एक सय जनजातिका -आफ्नै धर्म, संस्कृति भए पनि एउटै धागोमा उनिएर रहेका नेपालीलाई संघीयताका कुरा उठाएर छिरल्नु आफैंले विनाश निम्त्याउनु हो ती सबै जातिलाई समेल्ने काम संघीयताले गर्दैन संघीयताले फुटाउने छिरल्ने काम मात्रै गर्छ अहिले नै यहाँ अराजक स्थिति देखिइसकेको भने भोलि एक जातिले अर्को जातिलाई हेप्ने, हियाउने अधिकार वञ्चित गर्ने स्थिति आउँदा जातीय संघर्षलाई रोक्नसक्ने छैन नेपालीहरू आपसमै काटमार गरेर सिद्धिने छन्

संघीयताको कुरा यहाँका नेताका मुखबाट भन्न लगाइएको मात्र हो, यो सबै नेपाललाई छिन्नभिन्न पार्ने भेदनीति हो विभिन्न जानजातिको एकतामा अडिएको यो देशको सद्भाव खलबल्याएर कमजोर पार्ने जालसाजी भैरहेको मिलेर बस्ने, बाँडेर खाने एकले अर्कालाई सहयोग गर्ने हाम्रो संस्कृतिमै प्रहार भैरहेको आफ्नो देशप्रतिको दायित्व नबिर्सिने हो भने हामी नेपाली संघराज्यको भुलभुलैयामा पर्न हुँदैन नत्र पृथ्वीनारायण शाहले एकीकरण गर्नुभन्दा अघिको भुरे टाकुरेको अवस्थाभन्दा पनि नराम्रो स्थिति आउन सक्छ त्यसैले संघीयता विदेशीको बहकाउ हो, हामीलाई फुटाउने षड्यन्त्र हो भन्ने बुझ्नु जरुरी

यहाँ नेतैनेता छन्, तीमध्ये अधिकांश भँडुवा नेता मात्र भए, पार्टीका नेता मात्र भए, देशको नेता हुने कोही निस्केन भोलि घोषित रुपमै संघ राज्य निर्माण भए भने पनि नेताको स्वार्थसिद्धिका लागि हुनेछन् विभिन्न पार्टीमा बाँडिएका जनता आपसमै लड्ने-भिड्ने, मार्ने-मराउने स्थिति ल्याउने छन् त्यसैले जनतालाई एक्ल्याउने होइन, एकमुष्ट बनाएर राजनीतिक, सामाजिक, आर्थिक सबै दृष्टिबाट अधिकार सम्पन्न, शिक्षित सचेत बनाउनु आजको आवश्यकता हो भन्ने कुरा नेताहरूले बुझिदिए कति राम्रो हुन्थ्यो यहाँ जनताका चाहना मर्म एकातिर नेताका स्वार्थ अर्कातिर भएर पो सबै कुरा विग्य्रो !

यहाँ नागरिक अगुवा हौं भन्ने हजारौं छन् तर अन्ना हजारे जस्तो एउटा पनि निस्केनन् ती अगुवा पनि कोही स्वतन्त्र कम्युनिष्ट, कोही स्वतन्त्र कांग्रेस, कोही स्वतन्त्र राप्रपा रे ! पार्टीका पुच्छर भिरेर पनि कोही स्वतन्त्र हुन्छ ? त्यस्तै स्थिति आफूलाई अधिकारकर्मी भन्नेहरूको पनि सबै एकएक पार्टीका पछि दगुरेका छन्, नेताको चाकडी गर्छन्, तर आफूलाई स्वतन्त्र नागरिक भन्न पनि छोड्दैनन् यहाँ शिक्षक विद्यार्थी पार्टी पार्टीमा विभाजित लालमोहरिया छँदैथिए, डाक्टर-इञ्जिनियर, प्राज्ञ, उपकुलपतिहरू पनि ब्राण्डेडभएर गए त्यसै गरी प्रशासनिक कर्मचारी पनि पार्टीहरूकै पुच्छर भिरेर आफ्नो स्वतन्त्र प्रशासनिक चरित्र अस्तित्वमै प्रश्नचिन्ह लगाएको देख्दा आश्चर्य लाग्छ मूल कुरा देशलाई सही नेतृत्व दिने यहाँ कोही भएन, भँड्याउने मात्रै भए

बहुसंख्यक मन्त्री सांसदले आफू देशका लागि मन्त्री सांसद भएका हौं भन्ने नै नसोची ती पदलाई मफतको जागीर सम्झेजस्तो अर्को खराबी के देखिएको भने सहमतिका नाममा सबै दल मिलेर भागवण्डा गरेर खाने प्रजातन्त्र भनेको पक्ष-विपक्षको सन्तुलनमा विकसित हुने व्यवस्था हो सत्ता पक्षमाथि निगरानी राख्ने काम विपक्षको हो, तर यहाँ दुबैथरि या सबैथरि मिलेर चुस्न थालेपछि प्रजातन्त्र समाप्त भएर लुटतन्त्र सुरु भएको राष्ट्रप्रतिको जिम्मेवारी कसैले पूरा गरेनन्- नेताले, सांसदले मन्त्रीले दलहरूले नै त्यसैले आज हामी पर्नसम्म पछि परेका छौं



Rating (Votes: )   
Share     Print


Other Articles:
सभासद्ज्यूहरू म्याद थप हुन्छ, भविष्य जे होला नआत्तिनुहोस् (08.29.2011)
राष्ट्रवादी सोच भए असम्भव केही छैन (08.22.2011)
सदावबहार संक्रमणकाल ः तरमार्ने मौका (08.22.2011)
श्री झलनाथ खनाल नेतृत्वको अर्धवार्षिक सरकारको शव परीक्षण (08.22.2011)
जनताका आशा, भरोसा र विश्वास टुट्दैछ (08.15.2011)
लोकतन्त्र र निर्वाचन ः एक टिप्पणी (08.15.2011)
हिजो र आज : जनताले भोगेको अनुभव (08.15.2011)
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)



 
::| Latest News

 
[Page Top]