युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 05:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजनीति शुद्धीकरणका लागि युवालाई अवसर
Monday, 08.29.2011, 02:03pm (GMT+5.5)

मुलुक राजनीतिक रन्थमोलले ग्रस्त सत्ता संघर्षको चरम खेलले अस्थिरता राजनीतिक द्वन्द्वलाई झनै बढाइरहेको मुलुकको आर्थिक-सामाजिक रुपान्तरणका लागि त्याग गर्नसक्ने कोही नेता उपस्थित हुन सकेका छैनन् उनीहरू युवा पुस्तालाई अवसर नै दिन चाहिरहेका छैनन् अवकाश लिने बेला बितिसक्दा पनि सत्ता स्वार्थको खेलमा ज्यान फालेर बुढा नेताहरूले युवाहरूको ऊर्जालाई मार्ने काम मात्र गरिरहेका छन् उनीहरू राजनीतिक शद्धिीकरणका लागि युवालाई अवसर दिनुपर्छ भन्ने मान्यतै राख्दैनन् सत्तास्वार्थको घनचक्करमा घुमिरहेका नेताहरूले मुलुकलाई नयाँ दृष्टिकोण दिन सके, नयाँ बाटोबाट हिंडाउन नै सके विगत तीन वर्षयता सत्ताको फन्को लगाइरहेका नेताहरूको चरित्रमा अहिलेसम्म कुनै सुधार छैन बारम्बार एउटै फलाको हालेर जनतालाई झुक्याइरहेका छन् बाह्र वर्ष कुकुरको पूच्छर ढुंग्रामा हाले पनि बांगाको बांगैभनेझैं जतिपटक जनतासामु माफी मागे पनि नेताहरूको चरित्रमा कुनै सुधारको संकेत छैन यतिबेला आम जनतामा पुराना नेताहरूको सोच, संस्कार व्यवहार पुरानो भैसकेकाले अब उनीहरूले सन्यास लिएर युवा वर्गलाई नेतृत्व सुम्पने बेला आइसकेको बताइरहेका छन् यदि त्यसो हुँदैन भने युवा नेताहरूले राष्ट्रिय जिम्मेवारीबोध गरेर पार्टीभित्र विद्रोह गर्न तयार हुनुपर्छ मुलुकको राजनीतिमा थुप्रिएको फोहरको डुंगुर सफा गर्न युवा पुस्ताले नेतृत्व लिन अग्रसर हुनुपर्छ आफूले गर्न नसकेपछि पाका नेताहरूले पनि काम गर्नसक्नेका लागि ठाउँ छाडिदिनुपर्छ भन्ने धारणा बलवती हुनथालेको

बुढाले ठाउँ नदिए पनि मुलुकको राजनीतिमा युवा पुस्ताको प्रवेश विस्तारै बढ्न थालेको यति हुँदाहुँदै पनि युवाहरू पार्टी निर्देशनबाट बाहिर निस्केर समग्र मुलुकको हित गर्ने दिशातिर अग्रसर हुन अझै सकिरहेका छैनन् संविधान निर्माण गर्ने गहन दायित्व बोकेको संविधानसभालाई सत्ता स्वार्थको माध्यम मात्र बनाइएकोमा धेरै युवा सभासद्हरूको चित्त दुखाइ तर उनीहरू आफ्ना पार्टीका नेताहरूलाई यो कुरा बताउन सकिरहेका छैनन् अर्कोतिर युवाहरू, जुनसुकै पार्टीका किन नहुन्, एकजुट भएर रचनात्मक भूमिका निर्वाह गर्न अग्रसर भए भने पनि पार्टीले नै अंकुश लगाउने गरेको तथ्य पनि सार्वजनिक भएकै विषय हो युवाहरू संचार माध्यमा आफ्ना कुण्ठा ओकलिरहेका हुन्छन् तर राष्ट्रहितका लागि सबै दलमा आवद्ध युवाहरू एकजुट हुने साइत अझै जुरेको छैन यो पनि गम्भीर समस्या हो मुलुक बनाउने एउटै सूत्र बनाएर हिंड्ने विभिन्न विचारधाराका युवाहरूको समूह अहिले मुलुकले खोजिरहेको

युवाहरूको जोस होसको प्रसङ्ग आउँदा ऊर्जा मन्त्री गोकर्ण बिष्टले प्रमाणित गरिदिनुभएको कि- युवाहरूले अवसर पाएमा छोटै समयमा सकारात्मक नतिजा दिने गरी काम गर्न सक्छन् भनेर तर अझै पनि युवाहरूले आफूलाई राजनीतिक दलको सीमित घेराबाट बाहिर निकालेर मुलुकको समग्र हितका लागि प्रयासको थालनी गर्दा कतै कतैबाट अवरोधको सामना गर्नुपरिरहेको त्यसकारण युवा पुस्ता राजनीतिमा शक्तिशाली हुन सकिरहेका छैनन् बुढाले ठाउँ नछोड्ने ठिटाहरू अधिकार खोस्न नसक्ने भएपछि मुलुक पुरानै सोच संस्कारबाट पीडित बनिरहेको गोकर्ण बिष्टले निराशाका काला बादलले घेराबन्दी गर्दैगएको नेपाली समाजमा जुनकिरीको काम गरेको उहाँको सक्रियता भ्रष्टाचारमा डुबुल्की मार्न चाहनेहरूका लागि ठूलो सकसको विषय बनेको त्यस्तै अन्य युवा सभासद्हरू पनि राजनीतिलाई पेशा नबनाएर सेवाको माध्यम मात्र बनाउन आफ्नो जीवन संचालनका लागि वैकल्पिक पेशा अपनाउन थालेका छन् यो मुलुकका लागि सुखद् कुरा हो

युवाहरूको उपयोग राजनीतिक स्वार्थका लागि खुबै भयो हरेक परिवर्तनका लागि युवाहरू नै निर्णायक भूमिकामा रहे तर अवसर भने बुढाले नै पाए ६० वर्ष नाघेकाहरूले अवकाश लिनुपर्नेमा लाजै नमानी सत्ताको खेलमा लागिरहे राष्ट्रसेवा सुरक्षा तथा निजामती कर्मचारीहरूलाई ५८ वर्षमा काम गर्न असमर्थ हुन्छ भनेर अवकाश दिने तर नेताहरू चार बीस नाघिसक्दा पनि योग्य नै ठहरिने ! भेन्टिलेटरमा रहँदा पनि नेतृत्व छाड्न नचाहने यसले मुलुकको राजनीतिमा सक्रिय अहिलेका युवाहरूले आफ्नो क्षमता राष्ट्रको हितमा उपयोग नै गर्न नपाई पलायन हुनुपर्ने नियति कायमै अर्कोतिर स्वयं युवाहरू आफ्नो भूमिका स्थापित गर्न सामूहिक रुपमा अग्रसर हुने प्रवृत्तिको विकास हुन सकेको छैन राजनीतिक दलहरूको भातृ, भगिनी संगठनमा आवद्ध भएर पार्टीका नेताहरूलाई सत्तामा पु¥याउने भूमिकामा मात्र युवा पुस्ता केन्द्रित भएको देखिन्छ त्यसै भएर युवा पुस्ता बुढाहरूको सत्तारोहण गर्ने खुड्किला भएका छन् हरेक निर्णायक आन्दोलनमा युवा पुस्ताको माग नाराहरूलाई दलका नेताहरूले आगामी दिनमा सम्बोधन गर्ने भनेर प्रतिवद्धता व्यक्त गर्दछन्, तर उनीहरूको सत्ता आरोहणसंगै त्यो नारा ओझेलमा पर्दछ यसमा गल्ती कसको ? युवाहरूको कि युवालाई परिचालन गर्ने नेतृत्वको ? यो अहम् सवालमा निकै छलफल चलेका छन्, विचार प्रवाह भएका छन् विश्लेषण तथा टिप्पणीहरू पनि थुप्रै आएका छन् तर परिस्थितिमा कुनै सुधार छैन त्यसैले अहिले राजनीतिमा सक्रिय मात्र होइन स्वतन्त्र रुपमा राष्ट्रको चिन्तन गर्नेहरू युवाहरू पनि भ्रमित छन्

राजनीतिक चेतना नै मानिसको पहिलो आधारभूत चेतना भएको मान्ने हो भने अबको समय स्वतन्त्रतापूर्वक आफ्नो मत व्यक्त गर्ने, निर्भयपूर्वक सहभागिताको वातावरण सिर्जना गर्ने जनता चाहनालाई वस्तुनिष्ठ ढंगले विना राजनीतिक पूर्वाग्रह सार्वजनिक गर्ने काम गर्नुपर्छ शहर बजारमा बसेका पढेलेखेका, राजनीतिक रुपमा सक्रिय भएका नेताहरूको अघिपछि फन्को मार्ने युवाहरूले मात्र अवसर पाउने दिनको अन्त्य हुनुपर्छ क्षमता भएकाहरू जुनसुकै राजनीतिक विचारधारा वा दलसंग आबद्ध भएका किन नहोउन् उनीहरूलाई विना पूर्वाग्रह अवसर दिनुपर्छ प्रधानमन्त्रीका प्रबल दावेदार डा. बाबुराम भट्टराईले ऊर्जा मन्त्री गोकर्ण बिष्टको सक्रियतालाई सम्मान गर्दै आगामी सरकारमा पनि उहाँलाई मन्त्री बनाइनुपर्छ भन्ने धारणा सार्वजनिक रुपमै व्यक्त गर्नुभयो गोकर्ण बिष्ट सम्बद्ध एमालेले यो कुरा स्वीकार गर्न सक्ला ? अवश्य पनि त्यस्तो काम एमालेले गर्दैन किनभने बिष्टको कामले एमालेकै धेरै नेताहरूलाई पिरोलेको

सबै राजनीतिक दलहरूमा युवावर्गको प्रतिनिधित्व हुने गरी राजनीतिक सिद्धान्त आस्थाको लेप लगाएर शक्ति संचय गरिएको पाइन्छ उनीहरूको काम समाज सुधारतिरभन्दा माउ पार्टीको राजनीतिक अस्तित्वसंग बढी सम्बन्धित रहेको वास्तविकता हाम्रा सामु छन् समग्रमा युवावर्गको नेतृत्व गर्ने स्वतन्त्र विचार अभिव्यक्त गर्ने शक्तिको जन्म नै हुन सकेको छैन राष्ट्र, राष्ट्रियता स्वतन्त्रको पक्षमा आवाज उठाउँदै देशको समग्र विकासमा केन्द्रित हुने युवा शक्तिहरू एकढिक्का भएर अगाडि बढ्नुपर्ने समयको माग भए पनि त्यो हुन सकिरहेको छैन युवाहरू पनि विभाजित छन् यति हुँदाहुँदै पनि निराशाका बादलहरू हटाउने प्रयास भने नभएका होइनन् संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका युवा सभासद्हरू एकै ठाउँमा उभिएर राष्ट्रलाई संकटबाट मुक्ति दिलाउन अग्रसर भैरहेका सुनिन्छ तर नेतृत्वले त्यसको सुनुवाई नै गर्दैन उनीहरूमा युवाहरू अगाडि बढे हाम्रो अस्तित्व समाप्त हुन्छ भन्ने मानसिकताले जरा गाडेको राजनीतिक लाभहानीको खेलमा मात्र युवावर्गको परिचालन गर्न पल्केका नेताहरू आफ्नो वर्चश्वका लागि भने युवा शक्तिको दुहाई दिइरहेका छन् यो उनीहरूको फटाइ मात्र हो युवाहरूलाई आफ्नो स्वार्थमा उपयोग गर्नका लागि विभाजनको रेखा कोरिदिएर त्यसैमा खेल खेल्ने नेताहरूले युवावर्गलाई दिग्भ्रमित पारिदिएका छन् यही विभाजन दिग्भ्रमले मुलुकमा अशान्ति मच्चिएको अपराधले संरक्षण पाएको यसैको जाँतोमा मुलुकको भविष्य पिसिइरहेको

मुलुकका लागि श्रम गरेर आर्थिक उपार्जनको ढोका खोल्नुपर्ने युवाहरू मुलुकमा कामै नपाएर गास, बास कपासको खोजीमा अरबको बालुवामा पसिना चुहाइरहेका छन् ज्यानको पर्वाह नगरी इराक अफगानिस्तान जस्ता युद्धग्रस्त मुलुकमा अवैध तरिकाले समेत पुगिरहेका छन् यो समग्र नेपालको युवा शक्तिको मूल्यांकनको विषय हो अर्कोतिर केही सीमित युवाहरू नेताको पछि लागेर आफ्नो भूमिका स्थापित गर्ने होडवाजीमा छन् यिनै अवसरवादी युवाहरूले सिंगो युवा जमातको प्रतिनिधित्व गरिरहेको भ्रम उनीहरूले छर्ने गरेका छन् मुलुकमा रहेको यो असमानता अवसरवादको अन्त्य गर्न राजनीतिक नेतृत्वले नै पहल गर्नुपर्छ त्यसको अगुवाई युवा नेताहरू, जो पदमा पुगेका छन् उनीहरूले गर्नुपर्छ विभाजित दिग्भ्रमित युवा शक्तिलाई सही बाटोमा ल्याउने उनीहरूको जिम्मेवारी महसुस गराएर राष्ट्र निर्माणमा केन्द्रित गराउने पहल युवा नेताहरूको काँधमा आएको अर्कोतिर शान्ति संविधान तथा राजनीतिक स्थिरताका लागि संविधानसभाभित्र रहेका युवा नेताहरू एकजुट भएर आफ्नो पराइको भन्ने भावना हटाएर एकै ठाउँमा उभिने हो भने नेताहरूलाई सही बाटोमा ल्याउन सकिन्छ भीरैमा पुगेको मुलुकलाई उद्धार गर्न सकिन्छ

युवाको दुहाई दिने, युवाको सामथ्र्य क्षमताको गुणगान गाउनेहरू युवाशक्तिलाई नै विभाजित गरिरहेका छन् सिद्धान्तका नाममा, आस्थाका नाममा, क्षेत्रका नाममा, जातिका नाममा, सम्प्रदायका नाममा नेता विशेषका नाममा समेत युवाहरू विभाजित छन् यसरी विभाजित कतिपय युवाहरूले हतियार उठाएका छन् उनीहरू आफ्नो अधिकार स्थापित गर्न हतियार उठाएको दावी गर्छन् एकथरि हतियारले बिश्राम लिएको छोटै समयमा मुलुकमा अनेकथरि नाममा हतियार उठेका छन् यस दिशातर्फ युवावर्गको ध्यान कत्तिको खिचिएको ? विश्लेषणकै विषय हो



Rating (Votes: )   
Share     Print


Other Articles:
यहाँ देशलाई सही नेतृत्व दिने कोही भएन (08.29.2011)
सभासद्ज्यूहरू म्याद थप हुन्छ, भविष्य जे होला नआत्तिनुहोस् (08.29.2011)
राष्ट्रवादी सोच भए असम्भव केही छैन (08.22.2011)
सदावबहार संक्रमणकाल ः तरमार्ने मौका (08.22.2011)
श्री झलनाथ खनाल नेतृत्वको अर्धवार्षिक सरकारको शव परीक्षण (08.22.2011)
जनताका आशा, भरोसा र विश्वास टुट्दैछ (08.15.2011)
लोकतन्त्र र निर्वाचन ः एक टिप्पणी (08.15.2011)
हिजो र आज : जनताले भोगेको अनुभव (08.15.2011)
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)



 
::| Latest News

 
[Page Top]