युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 11:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सम्पन्न निर्वाचन र प्रतिक्रियाबारे घोत्लिंदा - तारा सुवेदी
Thursday, 12.05.2013, 01:51pm (GMT+5.5)

मंसीर ४ गते संविधानसभाको निर्वाचन हुनेमा धेरैलाई शंका थियो । तथापि सापेक्षमा स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न भयो । र “यस पहिलेका सम्पूर्ण निर्वाचनह्ररूको भन्दा निकै उत्साह र उमङ्गता साथ यसपटकको आमनिर्वाचनमा अत्यधिक प्रतिशतले मतदान गरेको” भनेर सबैजसो संचारमाध्यममा समाचार आयो । “निर्वाचन नै प्रजातान्त्रिक (लोकतान्त्रिक) शासनपद्धतिको सुन्दर पक्ष हो, र निर्वाचनको विकल्प निर्वाचन नै हो, त्यसको विकल्प हुन सक्तैन” भन्नेहरूका लागि यो निर्वाचन भलै आपैंmमा “औधी ठूलो र महत्वपूर्ण उपलब्धि” हुन ठहरिन, पनि सक्छ । 

तर संविधानसभाको निर्वाचन हुनु नै महत्वपूर्ण उपलब्धि होइन । निर्वाचन साध्य होइन, साधन वा माध्यम मात्रै हो । निर्वाचन आपैंmले उपलब्धि दिने नभई उपयुक्त वातावरण निर्माण गरिदिनेसम्म हो । पहिलो संविधानसभाको निर्वाचनले जस्तै यस (दोश्रो) ले पनि अपेक्षित प्रतिफल दिने वातावरण बनाउन  सकेन भने वा शाल्वको गर्भको मुसल जन्मायो भने सिक्किमीकरणतिर देशलाई धकेल्दै लैजान नै निर्वाचन गरेको ठहरिन्छ । 

२०६४ सालमा भएको संविधानसभा दोब्वर समयसम्म वचाइएपनि के दियो ?, थारै मर्याे र मात्रै हो । नभए त उसको गर्भस्थ त्यही भाषीय, क्षेत्रीय, उत्पत्तीय, वंशीय, अष्टावक्र वा जातीय, विखण्डन, विभाजनकारी मुसल नजन्माउने अभ्यास भइरहेको थियो । “चुच्चे नाक काट्ने र तातो रगत चाट्ने” सम्मका नाराले त्यसैको पूर्व संकेत दिएको थियो । 

जेहोस्
यसपटक ‘विगतको गल्ती सच्याउन पाउँ’ भन्ने सबै दलहरूको विनम्र अनुरोध आग्रह रह्यो । उता संविधान अन्य प्रकृयाबाट निर्माण हुँदाका आधा दर्जन पटकका अनुभव एवं दुष्परिणामको तीतो, अनुभव थियो । त्यही कारणबाट जनताले फेरि एकपटक संविधानसभाको निर्वाचनका माध्यमबाट नयाँ, टीम निर्माण गर्ने प्रयास भयो । आम नेपालीले त्यसमा सहमति जनायो । निकै उत्साहका साथ अर्को नयाँ टीमलाई संविधान निर्माणको जिम्मा सुम्पिने सोचाई बन्यो । त्यस्को संकेत प्रत्यक्षतर्फका निर्वाचन परिणामले दिएको छ । यद्यपि संविधानसभाको नयाँ कार्यटोलीको स्पष्ट स्वरूप समानुपातिक तर्फका ३३५ सीटको नतीजाले पनि प्रस्तुत गन सकेन । तर अहिले नै नयाँ टीमलाई जिम्मा दिन लाग्यो भनेर पुरानो टीम लिडरबाट “आपूm नयाँ कार्यटोली वा टीममा आप्mनो दल वल वा समूहले भाग नलिने” संचारमाध्यमबाट जेजस्तो संकेत वा संदेश दिइयो । त्यस्ले फेरि पनि अनिष्टको अर्को संकेत दिएको भन्ने धेरैको प्रतिक्रिया आएको छ । देश यसबेला त्यही स्थितिबाट गुज्रिरहेको छ । 

अर्थहीन प्रतिक्रिया
यद्यपि “गरीवी, विपन्नता; शिक्षा र चेतनाको न्यूनताले घाँटी अँठ्याई राखेको आममतदातालाई एकछाक खान वा एकदिनको राम्रो ज्याला दिएर, केही वर्षसम्म तिनै गरीव विपन्न अशिक्षित सोझा सीधा आमजनतालाई शोषण गर्ने काम कुरालाई वैधता प्रदान गर्ने प्रकृयाको अर्को नाम नै आम निर्वाचन हो ।” जस्लाई चलनतल्तीको भाषामा “खेल” पनि भन्ने र मान्ने गरिन्छ । सम्पूर्ण वयस्क नागरिकहरूको समूहलाई “परमाधिकार सम्पन्न सर्वोच्चभन्दा माथिको अन्तिम तहको न्यायालय” (अदालत) पनि मानिन्छ । त्यसरी “परम सर्वोच्च अदालत” मा गएर “कुन कुन दल र कुन कुन उम्मेदवारलाई (संविधान बनाउने सभामा होस् अथवा राज्य संचालन गर्ने संसदमा होस्) पठाउने ? त्यसको पैmसला गर्ने वा छनौट गरिदिने” भन्ने यकीन गरिदिन गैसकेपछि “आप्mनो अनुकूलको पैmसला वा छनौट भएन” भने आमनिर्वाचनको अर्थ र प्रयोजनीयता रहन्न । अझ नेपालजस्तो गरीव र विपन्नहरूको अत्यधिक संख्या भएको देशले कुनै न कुनै तरिकाले त्यही विपन्नतम वर्गकै थाप्लोमा अतिरिक्त खर्चको भारी बोकाएर निर्वाचन गराउनुको उपयोगिता र प्रयोजनीयता केही रहन्न । त्यस्तो आत्मपरक सोचाइ राख्ने, पाल्ने हो भने निर्वाचन पूर्व नै “यो यो पार्टीका उम्मेदवारले यतियति ठाउँमा निर्वाचित हुनुपर्ने, त्यस्मा अरूले उम्मेदवारी दिनै नपाउने” (कतिपय देशमा प्रचलित एकल उम्मेदवार हुने र उसले ५०% भन्दा कम मत प्राप्त गरेमात्र ऊ पराजित मानिने) जुन पद्धति छ, त्यसैलाई स्थापित गर्नु पर्दथ्यो, वा पर्छ भन्ने लाग्छ । 

यद्यपि निर्वाचनमा विजय पराजय हुन्छ । “खेल” को फाइनलमा हारजीत हुने गरे जस्तै । “दुखेष्वनुद्वग्नमना सुखेषु विगतस्पृह” (जय–पराजयमा र सुख, दुखमा हर्षित र विस्मित नहुने) महान व्यक्ति नेपालमा मात्रै होइन, संसारमा नै सायदै जन्मेको थियो वा जन्मेको होला । धर्मग्रन्थहरू पुराण र इतिहासमा ईश्वरीय वा दैवी अवतार र शक्तिस्वरूपहरू समेत प्रसन्न हुँदा वरदान दिने र क्रुद्ध हुँदा अभिशाप दिने गरेको कथा सबैलाई थाहा छ । राजनीतिक नेताहरू (महात्मा गान्धी, नेहरू) समेत ‘जालियाँवाग’ र ‘चौरीचौरा’ आम संहारका घटनाबाट केही समय अहिंसात्मक बाटो छोड्ने स्थितिमा पुगेका थिए । वी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता प्रजातन्त्रका पर्याय पुरूष र पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीहरू जस्ता साम्यवादी नेताहरू पनि जय पराजयमा उत्तेजित र उद्विग्न भएका थिए । इन्दिरागान्धीले इलाहवाद उच्च अदालतले १९७५ जुन १२ मा आप्mनो लोकसभा सदस्यता खारेज हुने गरी पैmसला गरेपछि र विपक्षी दलहरू र जयप्रकाश नारायण जस्ता राजनेताले राजीनामा गर्न बढी दवाव दिएकै रीसमा (२६ जून १९७५ मा) लोकसभाको विघटन र संकटकालको घोषणा गरिन् । उनले आप्mनो लोकसभा सदस्यता खारेज हुनुलाई राष्ट्रिय संकटको विषय बनाइदिइन् । 

तथापि राजनीति गर्ने व्यक्ति जो जति दूरदर्शी, उदार, सहनशील, धैर्यवान् छ, त्यो त्यति नै हदको ठूलो नेता मानिन्छ । वी.पी.कोइरालाले २०३७ सालमा जनमत संग्रहमा वहुदल पक्षको पराजयलाई सहज स्वीकार्नु भएको, थियो । २०४८ को आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पराजित हुँदा त्यसलाई ‘ईश्वरीयकृपा’ भनेर भन्नुभएको थियो । २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा दुवै ठाउँबाट पराजित भएपछि नैतिकताको कारण जनाई एमाले महासचिव माधवकुमार नेपालले स्वेच्छ्या पदत्याग गर्नुभएको घटनालाई यसबेला सबैले स्मरण गर्नु पर्दथ्यो । 

तर दुर्भाग्य ! त्यस्ता जय–पराजय हुँदा, पाउँदा र गुमाउनु पर्दा नउत्ताउलिने र नअत्तालिने राजनीतिक अगुवाको अवशान भैसकेको छ । त्यस्को स्पष्ट संकेत गिरिजाप्रसाद कोइराला नेपालको राजनीतिको निर्विकल्प ‘मियो’ बने बनाइएपछिदेखिबाटै पाउन थालियो । आप्mनो पार्टीको स्पष्ट वहुमत हुँदाहुँदैको प्रतिनिधिसभा विघटन (२६ असार २०५१) गर्ने, नेपाली कांग्रेसका सर्वोच्च नेतालाई पार्टी परित्याग गर्न बाध्य पार्ने, २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा “भावी प्रधानमन्त्री” को रूपमा जनतासामु पेश गरिएका सन्त–नेता कृष्णप्रसाद भट्टराईलाई अपमानपूर्वक ९ (नौ) महिनामा नै राजीनाममा दिन वाध्य पार्न निर्लज्जरूपमा आप्mना अनुचर सांसदहरूबाट अविश्वास प्रस्ताव पेश गर्न लगाउने, र शेरबहादुर देउवालाई पनि त्यही नियति भोगाउने जुन काम उनी (गिरिजाप्रसादबाट) भयो, त्यो कुनै राजनीतिक चरित्रको र नैतिकताको अंश भएको व्यक्ति सुहाउँदो कुरो थिएन । 

त्यतिमात्रै होइन । नेपाली कांग्रेसका संस्थापक नेता वी.पी.कोइलाराले नेपालको इतिहास, परम्परा, सामजिक संरचना, संवेदनशील भू–अवस्थिति एवं वाह्य (विश्व) परिस्थिति, परिवेशलाई दृष्टिगत गरी नेपाली कांग्रेसको अपरिवर्तनीय मूल नीति निर्माण गरेर गएका थिए । त्यसको अर्थ र मर्मबोध नगरी सत्ता, शक्ति र स्वार्थलाई केन्द्रीय विषय बनाई, सशस्त्र जनविद्रोहको बाटो समाएका माओवादीसँग कार्यगत एकता गर्ने जुन कार्य गिरिजाप्रसादबाट भयो । त्यस्ले उनको राजासँगको क्रोध, आक्रोश र आवेश जनित प्रतिशोधको लक्ष्य त पूरा गर्याे । तर “नेपाली कांग्रेसलाई नेपालको राजनीतिक इतिहासमा सधैं सुरक्षित र मर्यादित सर्वोच्च ठाउँबाट झार्याे । र मर्यादाहीन ठाउँमा पुर्यायो” । त्यो कुरा अहिले पनि यसबेला, हेक्का राख्नु श्रेयस्कर हुन्थ्यो । 
त्यति मात्र पनि होइन । पहिला संविधानसभाले दुई वर्षभित्रमा संविधान बनाई जारी गर्न सकेन । त्यसैले दोव्वर समयसम्म म्याद बढाउँदै लगियो । अन्ततोगत्वा (चारवर्षपछि) रित्तो हात निस्केका ती हिजोका सभासदका मार्पmत ठूलो दल र उनका नेताहरूलाई संविधानसभाका लागि खर्चिएको वहुमूल्य समय, बीसौं हजारका सपूतहरूको अमूल्य जीवन, र प्रत्यक्ष अप्रत्यक्ष गरी सयौं अर्व रकम जसरी हिसाव किताव मागेका छन् । 

यसपटकको संविधानसभा निर्वाचनका समयमा “जनता सर्वशक्तिमान्, अजेय हुनुको साथै ज्यादै विवेकशील र न्यायवेत्ता पनि हो रहेछ” भन्ने थप स्पष्ट भएको छ । उस्ले “एकपटकलाई” भनेर चेतावनी र अन्तिम मौका समेत दिएर उस्ले (जनताले) जस्लाई जे जति उपयुक्त देख्यो, त्यही हदमा जिम्मेवारी दिएर संविधानसभामा प्रतिनिधि छान्यो । तर त्यसको परिणाम सार्वजनिक हुँदा नहुँदा नै जेजस्तो प्रतिकृया भट्टी पसले राजनीतिक उपबुज्रुकदेखि राष्ट्रिय राजनीतिका शीर्षस्थ केन्द्रीय व्यक्तित्वसम्मबाट आयो र आउँदैछ; संभव त्यस्ले अनिष्ट र अँध्यारो भविष्यकै संकेत गरिरहेछ भन्ने लाग्छ । 

संविधानसभाको हिजोको संरचना र दलहरूको भूमिकामा सार्वभौम भनिए मानिएको आममतदाताले केही परिवर्तन गरिदिनु पर्ने निकर्ष निकाले । सायद नयाँ किसिमको परिवर्तित पदस्थापन विधिबाट हिजो बन्न नसकेको संविधान निर्माण हुने आम नेपालीले विश्वास गरेको हुनुपर्छ । यद्यपि अहिले निर्वाचनको परिणाम मात्र आएको छ । अझ ठूलो समस्या सरकार गठनको देखिएको छ । कुन कुन पार्टी वा समूहबाट कस्को कति व्यक्ति सरकारमा सामेल हुन आउने हो ? संविधानसभाको आगामी दिशा र स्वरूप कस्तो हुने ? स्पष्ट हुन, देखिन समय लाग्नेछ, थाहा छ । 

तर त्यति जान्दाजान्दै पनि निर्वाचनमा आप्mनो दल केही अगाडि देखिंदा, नदेखिंदै “हिंसा र हत्या नेपालीको चाहना नभएको कुराको प्रसङ्ग ल्याएर “हिजो अस्तीका हत्या हिंसाका शिकार भएका सपूतहरूको चिहान खोज्दै, गाडिएका लाश सडकमा ल्याई हत्यारा खोजेर, सजाय दिने” जस्ता प्रतिशोध लिई छाड्ने दम्भ विजयको उन्मादसँगै जुन सुनियो देखियो । त्यसैसँगै गाँसिएर निर्वाचनका माध्यमबाट अभिव्यक्त जनादेशलाई अस्वीकार गर्ने, आममतदाताले तोकिदिएको वा देखाइदिएको स्थान (हैसियत) नस्वीकार्ने” अर्को प्रति प्रतिक्रिया आयो भन्ने लाग्छ । 

उता भट्टी पसलदेखि हरेक संघ, संगठन, सरकारी, गैरसरकारी कार्यालय, निकायमा सरकारको स्वरूप मन्त्रिपरिषद्को नेतृत्व सरकार, र उस्का कार्यशैली, कार्यादेशका स्वरूप निर्माण र निर्धारण गर्ने “खाली दिमागका आवारा शैतानहरू” को यत्रतत्र लाप्पा खेलाई पनि अर्को उत्ताउलो र अभिष्टकै संकेत हो भन्ने लाग्छ । 

लक्ष एकातिर, पाइला अर्कोतिर
“संविधानसभाको निर्वाचनमा जाँदा त हरेक दलले आप्mनो दलको तर्फबाट संविधानसभामा पेश गर्ने संविधानको मस्यौदा र त्यसमा परिवर्तनीय र अपरिवर्तनीय बुँदा (दलीय अडान) समेत स्पष्ट गरी लैजानु पथ्र्यो । संसदको निर्वाचनको बेला जस्तो हुँदा नहुँदा आश्वासनका पुलिन्दाको भारी बोकेर जानु भनेको दल र उम्मेदवार आपैंm संविधानका मर्म, मूल्य, भावना र निर्माणका विधि, प्रकृयाबारे पटक्कै केही ज्ञान नभएको देखिने हो” भनेर २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन हुनुभन्दा पहिलेदेखि लगातार यस स्तम्भमा लेखियो । 

तर दुर्भाग्य ! अहिलेको दोस्रो संविधानसभाको निर्वाचनमा आम मतदाताहरूसामु कुन दलले कस्तो संविधानको पक्षमा उभिने हो ? “जातीय विशेषाधिकारसहितको आत्मनिर्णयको अधिकारसम्पन्न स्वायत्त संघीय राज्य“देखि” संघीयता बिनाको परम्परागत पूर्णतः विरोधाभासी एकात्मक राज्यस्वरूप कायम राख्ने” सम्मका प्रश्नदेखि निर्वाचित, सर्वाधिकारसम्पन्न राष्ट्रपतीय शासन प्रणाली वा आलंकारिक राष्ट्रपति कि ?, सार्वभौम अधिकारसम्पन्न प्रधानमन्त्रीय शासकीय पद्धति कि संवैधानिक राजतन्त्रतात्मक हिन्दूराष्ट्र नै पुनस्थापित गर्नें ? भन्नेसम्मका सबै विवाद र अन्यौलबीच कुन दललाई कस्तो संविधानप्रति आप्mनो चाहना र समर्थन अभिव्यक्त हुन्छ ? त्यो कुनै अत्तोपत्तो छैन । यसैबीच मतदाताको घर आँगनमा चाँदीको खाँवोमा लैनोगाई बाँधिदिने र सुनको थालमा मिष्ठान्न भोजन गराइदिने जस्ता विकासका हावादारी आश्वासनका भरमा सबैले मतदान गरेको देख्नु, सुन्नु, भोग्नु पर्याे । यस्तो स्थितिमा सरकार गठनको हडवडी जुन देखिंदैछ, त्यो “उही बिहेको लगनका बेला मातमी धून” सुनाए सुन्नु परे जस्तो लाग्छ ।

यसरी गन्तव्यको दिशासूचक यन्त्र (कम्पास) नभएको वा बिग्रेको जहाजमा चढेका यात्रीको जस्तो स्थितिबाट गुज्रिएको देशको यौटा सापेक्षमा केही सचेत नागरिकले जे जस्तो चिन्ता बोकेर बाँचिरहेको हुन्छ, ठीक स्थितिमा अहिले आपूm र सिङ्गो देश रहेको अनुभूति भैरहेछ भन्ने लाग्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
गम्भीरमान श्रेष्ठको सम्झना - युवराज पाण्डे (12.05.2013)
निर्वाचनः प्रयोजनीयता, परिणाम र परिणति -तारा सुवेदी (11.19.2013)
भेडाको बथानले संविधान बनाउला ? - महेश्वर शर्मा (11.19.2013)
संविधानसभाको दोस्रो निर्वाचन : युवराज पाण्डे (11.19.2013)
दलका घोषणापत्रमा महिला र शिक्षाका विषय (10.30.2013)
मेरो मनको उम्मेदवार - महेश्वर शर्मा (10.30.2013)
संविधानसभाको निर्वाचन र लहर शून्यताको प्रश्न -तारा सुवेदी (10.30.2013)
राष्ट्रका लागि बाँच्ने नेता चाहियो - महेश्वर शर्मा (10.08.2013)
संचारग्राम निर्माणका क्रममा उत्पन्न समस्या - युवराज पाण्डे (10.08.2013)
नेपाल र नेताको कीर्तिमान - तारा सुवेदी (10.08.2013)
जातिभेद मान्ने कम्युनिष्ट नेपालमै निस्के - महेश्वर शर्मा (10.02.2013)
वैद्यजीलाई “रिङ्ग आउट गर्ने” खेलको परिणाम के ? - तारा सुवेदी (10.02.2013)
भारतको सहयोग, चीनको हस्तक्षेप ! - यादब देवकोटा (09.18.2013)
अराजक जातिवादी संकीर्णता - महेश्वर शर्मा (09.18.2013)
विधि विधान र कानून कसका लागि ? - तारा सुवेदी (09.18.2013)
संचार ग्रामलाई जग्गा - युवराज पाण्डे (09.18.2013)
युवालाई चुनौं मुलुक बनाऔं - यादब देवकोटा (09.10.2013)
निवृत्त अनुभवी जनशक्तिको सदुपयोग खै ? - तारा सुवेदी (09.10.2013)
प्रचण्डको प्रवचनमाथि विवेचना - महेश्वर शर्मा (09.10.2013)
सम्वेदनाहीन राजनीतिक स्वार्थको मात्र बढोत्तरी - यादब देवकोटा (09.04.2013)



 
::| Latest News

 
[Page Top]